Home » » Muktak Madhurima- 2068-12-30 (New Year 2069 Special Episode-Download)

Muktak Madhurima- 2068-12-30 (New Year 2069 Special Episode-Download)

NepaliTalim | 8:52:00 AM | 4comments
Muktak Madhurima Episode of 12-04-2012 (2068-12-30) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
(NEW YEAR 2069 SPECIAL EPISODE  )
(आजको मुक्तम मधुरिमा नयाँ वर्ष २०६९ विशेष रहनेछ ।)
आज मिति 2068 चैत्र 30 गते तदनुसार 2012 April 12  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । 

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
आजको मुक्तम मधुरिमा नयाँ वर्ष २०६९ विशेष रहनेछ । 
नयाँ वर्ष २०६९ सालको सुषद उपलक्षमा मुक्तक मधुरिमा परिवार तथा चिसापानी नेपाल ब्लग तपाई सम्पूर्ण नेपाली दाजुभाई दिदिवहिनी स्रोताहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
 
Listen

Download Link : Click Here to Download - 2068-12-30
 नोट
यो भागमा बाचन भएका मेरा मुक्तक
मुक्तक
न त यहाँ पत्रकार सुरक्षित छ ।।
न त उस्को विचार सुरक्षित छ ।।

कलमहरु भाँच्ने होडबाजी देख्दा
लाग्छ बढी तरवार सुरक्षित छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
Share this article :

4 comments:

https://mohanbihani.blogspot.com/ said...

यो भागमा बाचन भएका मेरा मुक्तक

थाहा पाई नपाई अनायास,उनलाई मन पराउछु,
खै किन हो कुन्नि उनीसामु,मनको भाव पोख्न डराउछु,
हर रात दिनमा मेरो यहि दैनिकी बनिसक्यो ,
यादमा दुब्छु म सधै उनको,उनकै कल्पनामा हराउछु।

#मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही#

NepaliTalim said...

निम्न मुक्तकहरु बाचन भएका थिए
.........................
01-Ratan Bdr Bk
नव बर्षले सबैको भलो गरोस् भन्ने कामना छ।
यस ताका कसैले रुनु नपरोस् भन्ने कामना छ।।
लाको लाएरै डाँडा कटाउँनु पर्छ पखण्डी haru लाई,
दुरात्मा सज्जनहरु देखि डरोस् भन्ने कामना छ।।
साथै मुक्तक मुधुरीमा परिवार र तमाम नेपालीहरुलाई नया बर्षको शुभ कामना ब्यक्त गर्दछु र बिशेष गरि संचाल महेदय ज्यु लाई..
मनाउ १ बर्दिया
हाल~अहमदाबाद भारत
***************************
02-Krishna Paudyal
शुभकामना छ सबैलाई, सगरमाथा चुम्नु पर्छ।
स्वदेशमा त पाईदैन रोजगार, बिदेशतिरै घुम्नु पर्छ॥
रोदन दु:ख पिंडा ब्याथा, जस्तो सुकै परे पनी।
आंशुलाई अमृत सम्झी, खुसियालिमै झुम्नु पर्छ॥
नव बर्ष २०६९ सालको पावन अवसरमा हजुरहरुको सुख शान्ती सम्वृद्दि र उत्तर-उत्तर प्रगतिको कामना गर्दछु ।
कृष्ण पौड्याल बम्घा एक गुल्मी हाल मुम्बई बाट !
**************************
03-ß-kash Neupane
जिवन झरयो अनी आयौ के अर्थ रह्यो र
आशा मर्यो अनी आयौ के अर्थ रह्यो र
तिम्रो माया को शितलताको आशामा थियो जिवन
खडेरि मा पर्यो अनी आयौ के अर्थ रह्यो र
बिकाश न्यौपाने,बारा ,हाल uae
*********************
04-Surya Chemjong
एक्लै म छु,एक्लो तिमि,साथि आउदैछु .
घाम अस्ताएको बेला ,राति आउदैछु .
नया परिवेश नया ,ठाउ पर्खिराख .
तिम्रो पास बादलुको ,माथि आउदैछु ..
************************
05-Nirdoshi Pokhrel
नेपालिले विदेशमा, गर्नै पर्ने सामना।
हासी सबैको हुनु पर्छ, उच्च भावना॥
विस्वभरी रहनु हुने, सम्पुर्णलाई।
आगामी २०६९ सालको, शुभकामना॥
लोक बहादुर पोख्रेल (निर्दोसी) बेनिमडिपुर 07 शर्दी नवलपरासी हाल मुम्बई बाट
************************
06-Bishalkumar Thapa
कस्तै रैछ जिन्दगी यो सिउछु , भनि आसा राखे ।
हजार जुनि तिमी संग जिउछु , भनि आसा राखे ॥
अचानक हुरि बताश तुफान, आयो मै माथि ।
आसु सित बियोगलाई पिउछु , भनि आसा राखे ॥
बिशाल कुमार थापा ,घाचोक 8 मितेरी टोल कास्की पोखरा हाल मुम्म ई बाट
***********************

NepaliTalim said...

07-Bikalpa Babu 
खुशिहरुको एक बिज सारीदेउन नयाँ बर्ष
पिडा सरी खोलाहरु तारीदेउन नयाँ बर्ष
इर्ष्या गर्ने धेरै छन् नि मेरो जिन्दगीमा
शत्रु झुक्ने मेरै सामु पारीदेउन नयाँ बर्ष
@saroj mijar(bikalpa babu)
gitanagar 1 ujjwolnagar chtwn
*********************
08-Binod Adhikari
नयाँ बर्ष सगैँ पाईला रुक्ने छैनन अब...
कसैको सामु शिर झुक्ने छैनन अब...
धेरै ठूला सपना बोकी पुग्नु छ गन्तव्य..,
अन्तर मनका चाहाहरु चुक्ने छैनन अब...
-विनोद अधिकारी
बिरेन्द्र बहुमुखी क्याम्पस,भरतपुर
*********************
09-Saroj Dhital
धक धक,गर्ने मुटु पनि, चल्न गाह्रो भो..
कुहिएको,जिवन अझै, गल्न गाह्रो भो..
खुशीहरु,नयाँ होलान्, नव वर्ष, उत्सवमा..
तिम्ले जस्तै,दुनियालाई,छल्न गाह्रो भो..
डाँछी-3 काठमाडौ
*************************
10-Anil Mijar
आयो नयाँ बर्ष, हर्षोउल्लास लिएर
बसन्त यो रितु सँगै, सुबास लिएर
अन्धकारमा हराइराथ्यो मेरो जिबन
संसार हेर्न अलिकति, प्रकाश लिएर
anil mijar
narayani ma.vi, bharatpur
************************
11-Rohit Kumar
बन्द हडताल चक्काजाम नहोस है नँया बर्ष,
मुखले मात्र ठिक्क काम नहोस है नँया बर्ष,
जे गर्नु छ आजै गरौ भोली कसले देख्या छ र,
डाँडा माथिको झुल्के घाम नहोस है नँया बर्ष !
साथै रेडियो चितवन सुनेर बस्नुहुने चिर परीचित सम्पुर्ण आफन्तजन हरुलाई नँया बर्ष 2069को हार्दिक मँगलमय शुभकामना
बिशेष-क्रायक्रम सञ्चालक रामु आचार्य जि र प्राविधिक सहक्रमी लाई पनि !
'अबोध' रोहित कुमार खत्री,
हस्तीचौर-३गुल्मी,हाल-मरभुमिको छाति
************************
12-Ram Sharan Shrestha
न त यहाँ पत्रकार सुरक्षित छ ।।
न त उस्को विचार सुरक्षित छ ।।
कलमहरु भाँच्ने होडबाजी देख्दा
लाग्छ बढी तरवार सुरक्षित छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
www.chisapaninepal.blogspot.com
************************
13-Anita Rijal
के कमि हुदा मेरो यो प्रेम ले गन्तब्य भेटेन . . . !
दशा ले छुदा मेरो यो प्रेम ले गन्तब्य भेटेन . .
मुस्काउथे होला म पनि आज मायाको संसारमा . . . ,
हर भुलमा रुदा मेरो यो प्रेम ले गन्तब्य भेटेन . .
(anita rijal from bachhauli)
****************************
14-Samiksha Adhikari
बसन्ती फूल पाखाभरी आयो नयाँ बर्ष !
कोहीलीको भाकाभरी आयो नयाँ बर्ष !!
एउटा नयाँ उंमगको क्यानभास मा रङ छर्दै..,
सजाई सपना आँखाभरी आयो नयाँ बर्ष !!
-समीक्षा अधिकारी बालकुमारी कलेज, नारायणघाट
***************************

15-Bikram Arpan Mgr Aatmiya
muktak manjarika maharuma hardik Namaskar & Naya barshko suvekxa sangai Muktak 6ode hai ta.
'MUKTAK'
नया संम्बिधान्को खाका साथ बनोस नया बर्ष,
उत्सब र उमंगको प्रभात बनोस नया बर्ष !
हत्या,हिंसा काटमार जरै बाट उखालेर ,
जनताका आवाज बोल्ने खात बनोस नया बर्ष !!
#Bikram Arpan
Panchthar Prangbung
Now; Johar Malaysia bat...
**********************
16-A.p. Suman
फेरी एउटा बदनामी भिर्न पुगेछु,,
आफ्नै नजर बाट आफै गिर्न पुगेछु,,
अध्यारो को झटारो पनि के लाग्थ्यो र ,
आफ्नै खुट्टा बन्चरो ले चिर्न पुगेछु,
-A.P. Suman
Koilapani, Nawalparasi,
************************
17-Deepak Kafle
छोड्यौ तिम्ले जबर्जस्ती,म अरुको बन्नु पर्यो
प्यारी तिमी कुनै दिन, मेरी थियौ भन्नु पर्यो
कति आँशु दिएँ मैले,कति खुषी लिएँ तिम्रो
पुर्पुरोमा हात राख्दै,घोत्लीएर गन्नु पर्यो।।
प्यारी २०६८ तिमी संगको अन्तीम चुम्बन।।
सुरुंङा २,झापा
************************
18-मोहन बिहानी
थाहा पाई नपाई अनायास,उनलाई मन पराउछु,
खै किन हो कुन्नि उनीसामु,मनको भाव पोख्न डराउछु,
हर रात दिनमा मेरो यहि दैनिकी बनिसक्यो ,
यादमा दुब्छु म सधै उनको,उनकै कल्पनामा हराउछु।
#मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही#
*******************************
19-तिलक निस्कर्ष
हर भेटमा एउटा नया नौलो, याद छोड्ने गर्थियौ
मै संगको सल्लाहामा मात्र, बाटो मोड्ने गर्थियौ
तर आज नया सालको संघारमा पराइ भयौ ,
संगै हुदा फाटेको मेरो मन हरु जोड्ने गर्थियौ .....
-तिलक निस्कर्ष , रत्ननगर ७
******************************
20-श्रीकान्त कहेराज
नया बर्ष तिमि आउदा खुसि लियर आउनु
सबै लाइ बराबरी हासो दियर आउनु
कोहि हासोमा अनि कोहि आसुमा नपरुन है ,
बरु दुखीको फाटेको मन सियर आउनु ......
-श्रीकान्त कहेराज ,कृष्ण मन्दिर
***********************

NepaliTalim said...

Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger