Home » » नयन राज पाण्डेको उपन्यास " लू " - Download

नयन राज पाण्डेको उपन्यास " लू " - Download

NepaliTalim | 10:09:00 AM | 0 comments
स्रुति संबेग  श्रीङ्खला 
(SHRUTISAMBEG)

विधा : उपन्यास
लेखक : नयान राज पाण्डे
प्रकाशन : शाङ्ग्रिला बुक्स्
पृष्ठ    : २५६

मुल्य : रु. ३००   





 



































" NOVEL "LOO" BY NAYAN RAJ PANDEY " - SHRUTISAMBEG"
 उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
 
 आज मिति २०६९ बैशाख ५ गते तदनुसार १७ अप्रिल २०१२, आजदेखी रेडियो उज्यालोबाट हरेक मंगलबार ९.१५ देखि श्रुतिशंबेगमा नयनराज पाण्डेको उपन्यास लू उपन्यास पूरै बाचन लिएर उपन्यास बाचक अत्युत घिमिरे उपस्थित हुनुभएको छ । आउनुस हामी पनि सुनौ नयनराज पाण्डेको उपन्यास लू । 




उपन्यासको श्रीङ्खला अनलाईन वा डाउनलोड गरेर सुन्नुहोस ।
LISTEN AND DOWNLOAD ALL EPISODES


Episode 1 (One) - (2069-01-05/2012-04-17)

Download Link : Click Here to Download Episode 1
Episode 2 (Two) -  (2069-01-12/2012-04-24)
Download Link :  Waiting..............




लेखक नयनराज पाण्डेको ब्लगमा पाईएको लू उपन्यासको बारेमा लेखिएको कान्तिपूरको लेख यसप्रकार छ । 
Source : http://nayanrajpandey.blogspot.com
लू पश्चिम तराईको बाँके जिल्लाको सीमावर्ती क्षेत्र होलिया र जमुनाहाका सीमान्तीकृत नागरकिको बाँच्ने उपक्रममा गरिएका संघर्षको दुर्घटनाजन्य नियतिको जीवन्त औपन्यासिक आलेख हो। राज्यको वाञ्छित दृष्टिबाट अलग्याइएको त्यो कष्टमय नेपाली समाज चरम अन्धविश्वास र दुर्घटनाका कतिपय तिलस्मी लाग्ने कथा-उपकथाले भरएिको छ। उपन्यासकारद्वारा तिनै क्षेत्रका बस्तीका सामान्य लाग्ने तर असामान्य तुल्याइएको जीवनपद्धतिका जटिलतालाई विभिन्न कथावाचकका माध्यमबाट साधारणीकरण गरिएको छ।
कुनै पनि समाजमा पानीभूत प्रकारका विभिन्न खाले विश्वास जीवित हुन्छन्, जुन नेपालका तराईमा पनि छन्। सचेत नेपालीलाई थाहा छ, होलियाजस्ता गाउँ लक्ष्मणपुर बाँधले डुबानमा पाररिहने राप्ती किनारका अभिशप्त गाउँ हुन्। र, त्यहाँ राप्तीमा पानीभूत रहनु लाक्षणिक रूपमा स्वाभाविक छ। त्यस दुःखसँग लड्ने मानिसका आकांक्षाहरू पनि छन्, जुन उपन्यासमा इलैयाका आरम्भिक जीवनको माध्यमबाट सांकेतिक रूपमा प्रकट भएका छन्। उसले पानीभूतलाई मार्न राप्तीमा हाम फाल्नु, त्यहाँबाट ऊ अलप हुनु, उसको साथी रेडियोलालले उसलाई पानीभूतले खाएको ठान्नु, आफूलाई इलैया मार्‍यो भन्ने बात लाग्ला भनेर डराउनु तर इलैया भने नानपारा, बहराइच हुँदै हप्तौँपछि आफ्नो अन्तिम संस्कारका दिनको श्राद्धभोज खाइरहेका बेला अचानक घरमा प्रकट हुनु र सारा मानिसलाई चकित तुल्याउनुबाट उपन्यास अघि बढेको छ। इलैया, नुसरत, रेडियोलाल, देवकी, महेशर, बजरंगी, वृजलाल, नन्दु, हरदेई आदि पात्रको सृष्टि कसरी हुन्छ, तिनका जीवनपद्धतिको निर्धारण गर्ने कारक तत्त्व कुन हुन् भन्ने बुझ्नका लागि त्यस समाजका मूल्य, मान्यता, अर्थतन्त्र, न्यायपद्धति बुझ्नु र समग्रमा त्यस समाजको परविेशको सूक्ष्म पर्यवेक्षण गर्नु आवश्यक हुन्छ। इलैयाको अराजक र उद्दण्ड चरत्रिको निर्माण गर्ने त्यसै समाजले उसका हृदयमा आमाप्रतिको उत्कट प्रेमभाव, नुसरतप्रतिको अनहत आकर्षण र सर्पदंशले मरेकी आफ्नी आमाको क्षतिपूर्तिका लागि अर्की स्वास्नी ल्याउने बाबु नन्दुप्रतिको घृणाभावको बीज पनि सुरक्षित राखेको छ। प्रचण्ड गरबिीको महाकालबाट जोगिनका लागि सर्कसमा ससाना छोरी बेच्न विवश आमाबाबु, स्वार्थी नेताहरूको प्रपञ्चमा परेर ससाना असहमतिलाई साम्प्रदायिक रंग दिने शठहरू र तिनले अँध्यारो गर्तमा छिराइदिएको बस्तीको दुर्भाग्यको प्रभावशाली औपन्यासिक प्रस्तुति हो, लू। आफ्नो अस्तित्वरक्षाका लागि देहाती विश्वासलाई भजेर जीवन धानिरहेको टुटे पण्डित हाम्रो समाजको त्यस्तै एक जिउँदो यथार्थ हो। त्यस यथार्थलाई नजिकैबाट अनुभूत गर्न लू पढ्नैपर्ने कृति हो।
लूमा पश्चिम नेपालको देहाती समाजमा विद्यमान सामाजिक मूल्य, तिनले निर्देशित गरेका व्यवहार, तिनले सायास वा अनायास सिर्जित गरेका घटना, दुर्घटना र त्यसका परण्िााम र सामाजिक जटिलतालाई निकै कुशलतापूर्वक उत्खनन गरएिको छ। उसो त काठमाडौँका, काँठका वा पूर्वेली नेपाली समाजका पाठकलाई यहाँका पात्र र परघिटना अलि नाटकीय लाग्न सक्छन्। तर, त्यो समस्या उपन्यासकार वा त्यस समाजको होइन, पाठकभित्र घर गररिाखेको तिनका आफ्नै विशिष्ट सामाजिक मूल्य, तिनले बनाइदिएको दृष्टिकोण र ज्ञानको सीमाको समस्या हो। उपन्यासकारले स्थानीय सांस्कृतिक विम्ब र प्रतीकहरूलाई तिनका आफ्नै विशिष्ट सोच, शैली र संवादमार्फत नेपाली भाषामा 'ब्लेन्ड' गरेर भिन्नै स्वादको सृष्टि गरेका छन्। यस वर्णसङ्कर भाषाले नेपालगन्ज सहर र त्यसका देहातको सजीवतालाई अझ बढी निखारििदएको छ र नयनराज पाण्डे पश्चिम तराईको जनजीवनलाई आधिकारकि तवरले उपन्यास कलामा प्रवेश गराउन सफल भएका छन्।

सीमाक्षेत्रका बासिन्दाले भारतीय सीमा सुरक्षा बलको अत्याचार कतिसम्म खप्नुपर्छ भन्ने दृष्टान्त दसगजापारबिाट पत्थरपुरवामाथि गरएिको हेपाहा व्यवहार र कमलाले अवाञ्छित शिशु बेहोर्नुपर्ने बाध्यताजस्ता उपकथाबाट मार्मिक ढंगले प्रस्तुत भएको छ। हाम्रो आफ्नै सामाजिक मूल्य कतिविघ्न कृतघ्न र अमानवीय चरत्रिको छ भन्ने कुरा कमला र उसकी अबोध छोरी जानकीको बलात् निर्वासनबाट व्यक्त भएको छ। इलैयाहरू तिनै सामाजिक विश्वास र अमानवीय मूल्यबाट निर्देशित भएर केकस्ता कृत्यसम्म गर्न सक्छन् र समाजको भयले जीवनलाई कतिसम्म नारकीय कष्टमा पुर्‍याउँछ भन्ने दृष्टान्त 'प्रेमको शत्रु इलैया....' शीर्षक अध्यायले दिएको छ।
प्रेम र सौन्दर्यले जातीय र धार्मिक सीमालाई कसरी अस्वीकार गर्छ र नेपाली समाजलाई अन्तरजातीय र अन्तरधार्मिक सद्भावको दिशातिर जान संकेत गर्छ भन्ने यथार्थबोधका लागि रामललवा र इलैया, अजय र देवकीका प्रेमप्रकरण नै पर्याप्त छन्। यस प्रकारका विद्रूपताका बीच उनीहरूमा जीवित मानवीय मूल्यको शक्ति यस उपन्यासबाट झन् प्रखर भएर देखा पर्छ।
पाण्डेका आख्यानका भाषाको सबैभन्दा आकर्षक पक्ष सरल र छोटा वाक्यमा कथ्यलाई प्रस्तुत गर्नु हो। यस प्रकारको शिल्पले पाठकलाई पाठको अन्तिमसम्म पुग्न आकषिर्त गररिहने क्षमता राख्छ। आफ्नो समयका स-साना घटना र प्रपञ्चलाई पाण्डे बडो सूक्ष्म दृष्टिले पर्यवेक्षण गर्छन्, स्पर्श गर्छन् र तिनलाई आधिकारकि तवरले प्रस्तुत गर्छन्। उनले यस उपन्यासमा तराईका सीमावर्ती क्षेत्रका सामाजिक मनोविज्ञानको सूक्ष्म पर्यवेक्षण गरेका छन्, जसले पाठकलाई त्यस क्षेत्रको अत्यासलाग्दो र कष्टकर जनजीवनलाई नजिकबाट बुझ्न प्रेरति गर्छ।
उलार प्रकाशनको १३ वर्षपछि पाण्डेको पाँचौँ उपन्यास लू आकर्षक कलेवर र प्रवाहमय भाषाका साथ नेपाली पुस्तक बजारको शीर्ष भागमा देखिएको छ। एक-दुई वर्षको मात्र अनुभव सँगाल्न पाएको सांगि्रला प्रकाशन व्यावसायिक दृष्टिले अब सफलतातिर उक्लँदैछ भन्ने कुराको संकेत पनि हुन सक्छ, यो पुस्तक। आवरण तथा पाठसज्जा, कागजको गुणवत्ता र मुद्रणका दृष्टिले यो पुस्तक नेपालको किताबी दुनियाँको उच्च कोटिको संस्करण बन्न पुगेको छ। उपन्यासको अन्त्यतिर पाठकको मनमा सहसा प्रश्न उठ्छ, दयासिंहलाई पत्थरपुरवावासीले चिनेझैँ हाम्रो राजनीतिक वृत्तले कहिले चिन्ला ?

(कान्तिपुर पब्लिकेशन्सको  "नेपाल"( राष्ट्रिय साप्ताहिकमा मिति २०६९ बैसाख ३ आइतवार प्रकाशित)
- श्यामल

Note :

उपन्यास उत्पादकले यो उपन्यास बाचन नगर्न दवाव दिएको हुँदा हामी दुःखका साथ आगामि भागहरु प्रकाशन गर्न असमर्थ छौं ।


प्रस्तोता अच्युत घिमिरे ज्यूले राख्नुभएको फेसबुक स्टाटस 
DEAR LISTENERS, I'M EXTREMELY SORRY !!!
सांग्रीला प्रकाशनका जिम्मेवार व्यक्तिले लू उपन्यास लिन बोलाउनुभयो । बागबजारदेखि फोनबाट निर्देशन गर्दै पुस्तक पसलसम्मको बाटो उहाँले नै देखाउनुभयो । त्यहाँ पुगेपछि उहाँले लू उपन्यास रेडियोमा वाचन गर्न उपहार स्वरुप निःशुल्क प्रदान गर्नुभयो । लेखक नयनराज पाण्डको मोबाइल पत्ता लगाएर फोन गरें र भनें – म “श्रुति संवेगमा तपाईंको उपन्यास वाचन गर्दैछु ।” उहाँले पनि खुशीसाथ आत्मीयता प्रकट गर्दै स्वीकृति प्रदान गर्नुभयो । एक हप्ता अघिदेखि प्रोमो बजाएं, फेसबुक लगायत बलबुताले भ्याएसम्मका माध्यमबाट प्रचार गरें । सारा श्रोताले अगाध खुशी प्रकट गरेको मात्रै पाएं । कसैले विरोध गर्नुभएन ।
बज्ने ४ घण्टा अघिसम्म पनि फेरि लेखकलाई फोन गरेर सुन्न आग्रह गरेको थिएं । उहाँले खशी नै प्रकट गर्नुभएको थियो । हिजो श्रुति संवेगमा पहिलो श्रृंखला वाचन भयो । चारैतिरबाट राम्रो भन्ने प्रतिक्रिया आयो । राम्रो पुस्तक छानें भनेर आफैंलाई गौरव लागिरहेको थियो । आज बिहान १०ः१० बजे साँग्रीला प्रकाशनको नम्बरबाट फोन आयो । सोचें – स्याबासी दिन फोन गर्नुभएको होला । तर मलाई पुस्तक दिएर पठाउनुहुने महानुभावले नै भन्नुभयो – “अच्युतजी, हाम्रो पुस्तक वाचन नगरिदिनुहोला । मार्केटिङ, शुभचिन्तक र लेखकले नै भने अनुसार तपाईंले पढेपछि बिक्रीमा असर पर्ने भयो । त्यसकारण यो रोक्नुपर्ने भयो ।”
मैंले इन्टरनेटमा डाउनलोड गर्न नमिल्ने गरिदिन्छु बरु । तर रोक्नलाई नभन्नुस् । रेडियोमा पहिलो श्रृंखला बजिसकेपछि फेरि बजाउँदिन भन्नु बेइमानी हुनेछ मेरो । यसो गर्न अप्ठेरो हुन्छ । कृपया त्यसो नभन्नुस् । कि तपाईंले हिजो नबज्दै रोक्नुपथ्र्यो । अब त मिल्दैन । तर उहाँले – “मलाई माफ गरिदिनुहोला । म आफ्नो वचन फिर्ता लिनुपरेकोमा क्षमा याचना गर्छु तर वाचन नगरिदिनुस्” नै भनेपछि अन्ततः म बाध्य भएं । अब मैंले यो पुस्तक वाचन गरेर सुनाउने अधिकार छैन । यसपछि मैंले लेखकलाई पुनः फोन गरेर सोध्नुको औचित्य देखिन र गरेको छैन । न म यसको लेखक हो न यो प्रकाशन गर्ने धनवान व्यक्ति । एउटा सामान्य प्रस्तोता तपाईं समस्त श्रोतामाझ क्षमा याचना गर्दछ ।
लू निःसन्देह राम्रो उपन्यास हो । नारायण वाग्लेको “पल्पसा क्याफे ”, कृष्ण धराबासीको “राधा र आधा बाटो ”, आनी छोइङको “फूलको आँखामा ”, झमककुमारीको “जीवन काँडा कि फूल ”, जगदीश घिमिरेको “अन्तरमनको यात्रा” लगायतका पुस्तकहरुका एकाध कोणमा आलोचनाका विश्लेषण देखिए पनि अत्यन्त बिक्री भएका पुस्तकहरुमा पर्छन् । ती सबै पुस्तक मैंले चरम चर्चामा भएका बेला वाचन गर्दा पनि लेखक वा प्रकाशकले बिक्रीमा असर परेको नबताई बिक्रीलाई थप टेवा दिएको भन्ने प्रतिक्रिया पाएको थिएँ । १३ वर्षको वाचनको इतिहासमा मैंले पहिलो पुस्तक यसरी बिक्री घट्ने डरले बीचमै रोक्नुपरेको छ । यसर्थ म सबै श्रोता, पाठकलाई “लू" किनेर पढ्न आग्रह गर्दछु ।
Articles Source : https://www.facebook.com/ghimireachyut/posts/219427614833488



Chisapani Nepal Would like to say so sorry to all listeners
Thank you,
Chisapani Nepal

 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger