Home » » Muktak Madhurima- 2069-01-07 - Download

Muktak Madhurima- 2069-01-07 - Download

NepaliTalim | 9:06:00 AM | 0 comments
Muktak Madhurima Episode of 19-04-2012 (2069-01-07) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download

(आजको मुक्तम मधुरिमा नयाँ वर्ष २०६९ विशेष रहनेछ ।)
आज मिति 2069 बैशाख 07 गते तदनुसार 2012 April 19  तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen & Download 

Download Link: Click Here to Download - 2069-01-07
  

यो भागमा बाचन भएकामुक्तकहरु



01-Anupa Wasti
त्यो बोलीले मलाई मोहित पारेउ र त लेखे ..
दिलको डेरा येतैतिर सारेउ र त लेखे ..
मनमुटु को कुरा छाड्देउ देउ , बोलीमा छ जादु ..
मुक्तक ले नै छड्के तिर हानेउ र त लेखे ..

02-Rju Adhikari
आऊ बात मारौ भन्दा रोयर पो गई
लाज का आशु बगाई दिल छोयर पो गई
खै के सोची मलाई न हेरेरै उठी
भित्रि रहर ति आशु ले धोयर पो गई


03-Pramod Dhakal (spandan)
padampur 8

एक्लो थिए लरबराउदा साथ् दीइन उनले
मेरो हात माथि आफ्नो हात दिइन् उनले
२०/२२ को उमेर हाम्रो मनमा केके जाग्दो रैछ
मन लाइ खुसि पार्न सिंगो रात दीइन उनले .

04-तिलक निष्कर्ष
अनायासै पाइला मोड्यौ,अतितले पोल्छ अचेल,
अश्रुजलको बाटो बनाइ, मनले पिडा बोल्छ अचेल,
म त उही पुराना दिनमा हराउदै छु ,
मुखले केहि बोल्दिन आँखा ले पिडा, खोल्छ अचेल

05-श्रीकान्त कहेराज
मरेर के लानु छ र आखिर जुध्छन मान्छेहरु
जिन्दगीलाई सस्तो रुपमा बुझछन मान्छेहरु
सबै असल अनि सबै खराब पनि छैनन् यहा
कोहि लात मार्छन कोहि ढुंगा पुज्छन मान्छेहरु

06-Nepali Thito
रिसाउदा ओठ टोक्ने बानि कति राम्रो
च्याट्ट च्याट्ट आँखा मार्ने नानि कति राम्रो
सानो तिनो दुख हरु तेसै भुलाउने
दिल भित्र सजियकी रानी कति राम्रो
ganesh paudel SAMIP
r.n.t 3 belsi


07-Deepak Ghimire
आज म एउटा चिहान खोज्दै छु .
जहा आफ्नै पहिचान खोज्दै छु .
सधै अश्रुधारा संगै यो निशा ढलेपछि
जिन्दगीमा नया बिहान खोज्दै छु
Deepak ghimire'Alpavaasi'
sunwal-1,nawalparasi
(now-maitidevi ktm)


08-ß-kash Neupane
तिमी फेरी आउछु भन्छौ रे
म सँग माया लाउछु भन्छौ रे
माया पलाउन थाल्यो कि कसो
मेरो बाटो धाउछु भन्छौ रे


09-Preety Sharma
चोखो मायाको बदलामा ,लात बरु सहिदिउला ..
मुटु घोच्ने काँडारुपी ,बात बरु सहिदिउला ..!
मान्मुतुको माया दिनु ,धनसम्पति चाहीदैन भो
अमृत सम्झी बिषको ,मात बरु सहिदिउला ..!!!!
-सुजिता पौडेल ''प्रीति'' chainpur jyamire study at shaheed smiriti multiple campus.

10-Guru Dahal
खान्न भन्यो खानै पर्ने झोल तिनपानेको
हिजोआज ह्वात्तै बढ्यो मोल तिनपानेको॥
साथिहरुको बिश्वास गरी खोले मनको कुरा
नखोल्नु ल कसैसामु पोल तिनपानेको॥
guru dahal
now jalandhar,india


11-uram Paudel
सपनीमा मात्र होइन, बीपनीमा आय हुन्थ्यो!
साथ दीन्छु जीबन भरी, चोखो माँया लाए हुन्थ्यो!!
जीन्दगानी यस्तै रैछ, हासीखुसी बसौँ साथी!
नछुटीने भन्दै अब, चोखो कसम खाय हुन्थ्यो!!

12-Bikalpa babu
किन ठुली बन्छौ मैयाँ नाउँ पो सोध्या हो
प्यासी मनको तिर्खा मेट्न गाउँ पो सोध्या हो
तिमीलाइ देखी अचेल बल्झीदियो मुटु भन्यौ
ल्याछु मलम सन्चो पार्न घाउ पो सोध्या हो
by bikalpa babu
gitanagar-1,chitwan


13- Bikram Arpan Mgr 'MUKTAK
SAWAL-JAWAF'


{Sawal};-Bikram Arpan

स्वदेशबाट दुर देश यात्रा मोडी आय
के नै होला ,सपनाका महल ओढी आय
प्रवास भन्नु बिवसताको कडी रैछ आखिर ,
के पाय र ?'तिमि संग साथ छोडी आय

#BIKRAM ARPAN
PRANGBUNG PANCHTHAR
NOW:MALAYSIA

Jawaf;-GANESH OLI

बाध्यताले दुर देश मोड्यौ छिटै आऊ है
कहाँ पूर्ण हुन्छ ? सपना ओड्यौ छिटै आऊ है
जाल-झेल दुख कष्ट उस्तै न हो प्रवास ,
मर्दैन माया केहि पल छोड्यौ छिटै आऊ है
#GANESH OLI
LALPUR KAILALI
NOW:MALAYSIA

15-Surya chemjong
कसको माया मुटु भीत्र चलमलायो फेरी .
आन्धेरिमा जुन आयो झल्मलायो फेरी .
पुग्न धेरै टाढा थियो तिमीलाई देखे .
मलाई तिम्रो मुहारले ,अल्मलायो फेरी .....

16-Ram Sharan Shrestha
एउटा हातको तालि भयो, तिम्रो मेरो मायाँ ।।
खै कहाँ बाट जाली भयो, तिम्रो मेरो मायाँ ।।
मन मुटु चोरी लग्यौ, बेच्यौ कता कता
शंकट यसै पालि भयो , तिम्रो मेरो मायाँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/

17-Rohit Rana "मुक्तक"
भावना आज प्रेमको,रोगमा लेखें
बसेरै उनको घरछेंउ,चोकमा लेखें
आखिर अन्मिएर,गईन पराई संगै
वियोगमा पागल भई,शोकमा लेखें

18-Raag Gazmer Raz
वचनवाण तिम्रो रोकिन्न पाइला मेरो
काँडेबार बाटैभरि छेकिन्न पाइला मेरो
भुक्ने कुकुरलाई ढुङ्गा हान्न भनि
गन्तव्य प्रेमी म मोडिन्न पाइला मेरो
राग धरान

19-Som Thapa
सोच्दै नसोचेको दिन् , आयो साथीहरु ...
जिन्दगि ले धरै धोका पायो साथीहरु ...
आज म छक्क छु ,यस्तो पनि हुदो रहेछ ,,,
नाखायाको बिष ले पनि लायो साथीहरु .....
SOM THAPA
DHORPHIRD 8 BANGRANG
TANAHUN...


20-Ratan Bdr Bk
पाईला अघि नजर् पछि,फर्काउँछ्यौ र शंका लाग्छ।
मलाई देखि खाटी कुरा तर्काउँछ्यौ र शंका लाग्छ।।
खोकी हाछ्युँ बढ्न थाल्यो,तिम्लाई देखी टोलै भरी,
झ्यालमा बसी सधैँ जुल्फी लर्काउँछ्यौ र शंका लाग्छ।।
~रतन बहादुर बि.क.
मनाउ-१ बर्दिया
हाल-अहमदाबाद

साथमा भूबन भट्ट ,रिता सिलवाल ,अर्चना सिलवाल , र भावना सिलवालको मुक्तक पनि प्रसारण हुनेछ ......


.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://mohanbihani.blogspot.com/
http://chisapaninepal.blogspot.com/

Thank you, 
Ram Sharan Shrestha
Chisapani Nepal
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger