Home » » Muktak Madhurima- 2069-01-14 - Download

Muktak Madhurima- 2069-01-14 - Download

NepaliTalim | 2:24:00 PM | 0 comments
Muktak Madhurima Episode of 26-04-2012 (2069-01-14) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
(प्राविधिक कारणबस यो भाग ब्लगमा राख्न ढिला भएकोमा क्षमा चाहन्छु । )


आज मिति 2069 बैशाख 14 गते तदनुसार 2012 April 26 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and  Download 

Download Link : Click Here to Download Episode -2069-01-14



Thank you,
Chisapani Nepal

आज अर्थात २०६९-०१-१४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
*******************
मुक्तक मधुरिमा २०६९-०१-१४ गते
01-Hari Aryal Anupam
तिम्ले छोड,मर्दैन माया मेरो
नाता तोड,मर्दैन माया मेरो
म बाँझोको,तिमि मल कि बोट
जरै गोड,मर्दैन माया मेरो
-हरि अनूपम अर्याल,ग्वालिचौर,बाग्लूङ

02-Ratan Bdr Bk
जुनेलीमा नजर पर्दा तिम्ले बोलाए झैँ लाग्यो..
जगमगाउँदो जुनै हैन तिमी टोलाए झै लाग्यो..
नफुल्नु त्यो कमल आज हृदयमा फुली सक्यो,
जुन्मै आज तिम्रा नयन,हेरी लोलाए झैँ लाग्यो..
-रतन बहादुर बि.क.
मनाउ १ बर्दिया,हाल-अहमदाबाद

03-ß-kash Neupane
साथ चाहांथे नाइ भनेर बाटो लाग्यौ !
जिवन देउ भने बाइ भनेर बाटो लाग्यौ !!
रमाउला सानु हाम्रो माया को संसार मा
मिठो माया अरु बाटै पाइ भनेर बाटो लाग्यौ !!
-बिकाश न्यौपाने,बारा,हाल uae

04-Pramod Dhakal pramod dhakal (spandan)
padampur 8
मेरी काली लाइ आज सपनी मा देखे
उनकै याद मा यौटा मुक्तक लेखे
जाडो ले गर्दा रोएकी रैछिन
आफ्नो गाला ले उनको गाला लाइ सेके.

05-Deepak Ghimire
पूर्णिमाको मेरो जुन लिएर गईन उनि
अन्धकार मलाई सौगात दिएर गईन उनि
बिछोडको वियोगमा आँसुले जुन सागर बन्यो
तेही सागरमा डुंगा खिएर गईन उनि
दीपक घिमिरे 'अल्पभासी'
sunwal-1 nawalparasi
(now-maitidevi kathmandu)

06-Bikalpa Babu मुक्तक
तिम्रो यादले आज भोली पिएर सुके
एक्लै एक्लै जिन्दगीमा जिएर सुके
चोट थप्यौ मुटु माथी टुक्राएर गयौ
संगाली टुक्रा मुटुको सिएर सुके
-bikalpa babu
gitanagar-1,ujjwolnagar ,chitwan


07-Samiksha Adhikari
बिहानीका नौला किरण छायौ जिन्दगीमा !
सगैँ जिउन,मर्न भनी आयौ जिन्दगीमा !!
तिमलाई रुन दिने छैन यही जुनीको कसम..,
भाग्यमानी ठान "समी" पायौ जिन्दगीमा !!
-समीक्षा अधिकारी

08-Narayan Kafle
मुक्तकको यो नशा कस्तो मनै रुने गरी ।
के लेखेथ्यौ साथी तिम्ले दिलै छुने गरी ।
कल्पना मै सिमित हो की वास्तविकता हुन् ।
मोती दाना बर्षाएर मूहार धुने गरी .....।।।।
नारायण काफ्ले , बिर्तामोड ,झापा ।हालः U.A.E.

09-Krishna Paudyal
प्रेमको अठोट बन्धन कँसेर गल्ती गरें।
सम्झनाको भुमरिमा पसेर गल्ती गरें॥
यस्तो होला भन्ने पत्तै थिएन मलाई।
निष्ठुरिको माया जालमा फँसेर गल्ती गरें॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी हाल मुम्बई बाट


10-Pushkar Sharma
कहिले न मिल्ने दुइ किनारा भै छुटिदा,
यो आखाको नानि अश्रुधारा भै छुटिदा,
उत्सब मनाउ तिम्ले चाहे झैँ भाको छ ,
पागल म एक्लै बेसाहारा भै छुटिदा,
-PUSHKAR SHARMA
(DAUD 07 DOTI, Haal laxminagar new delhi)

11-Tilak Niskarsha
एउटा मुटु तिम्रो यादमा रुदैछ अझै पनि
छिन् छिनमा बेहोसी उ हुदैछ अझै पनि
गइन उनि हात हल्लाई पराइ डोलीमा,
निष्ठुरी को तस्बिर लाइ उ छूदैछ अझै पनि
(तिलक निष्कर्ष -रत्ननगर ७)

12-Ram Sharan Shrestha मुक्तक
चाह्यो भने देवतानै हुन सक्छ मान्छे पनि ।।
चुचुरो र चन्द्रमानि छुन सक्छ मान्छे पनि ।।
मान्छे बन्ने कोसिसमा, हित गर्नु मान्छेकोनै
यसरी सब पापहरु धुन सक्छ मान्छे पनि ।।
-राम शरण श्रेष्ठ
चिसापानी–६,रामेछाप


13-Deepak Kafle
तराईका देशभक्त थारुलाई सलाम
नेरुको सम्मान गर्ने भारुलाई सलाम
प्युनै हुन्न भन्नेको त मै पनि त बिरोधी हुँ
रेडबुलको सम्मान गर्ने दारुलाई सलाम
-सुरुंङा २ झापा

14-Muktak
हाम्रो माया गुलाबको , रंग भन्दानी गाढा हुन्छ
आफ्नो सम्झे आफ्नै माया, पराइ सम्झे टाढा हुन्छ
कसरि जिउने जिबन यो त भोगाई मा निर्भर छ
फुल सम्झे फुल हो माया नत्र भने काँडा हुन्छ
श्रीकान्त बराल "कहेराज", कृष्णमन्दिर चोक

15-Surya Chemjong मुक्तक
मलाई माया गरेर छुने मेरी आमा
आँधी हुरी चल्दा ओत हुने मेरी आमा
छोडी गयौ कहाँ आज एक्लै रुवाएर
ए!मलाई चोट लाग्दा रुने मेरी आमा

16-Sanjay Timilsina
मुसुक्क हाँसी इशाराले बोलाएको याद आयो
तिमीलाई हेर्दा हेर्दै टोलाएको याद आयो
मुखले केही नबोलेनी इशारा नै काफी थियो
तिम्रा ती नयनहरु लोलाएको याद आयो...
-Sanjay timilsina
Sindhupalchok.

17-Preety Sharma
कोमल यो मन मेरो ,चोट दियौ दुख्दैछ !!
छिट्टै नदि बन्न अब ,आखामा आशु सुक्दैछ !!
मेरो दुखमा रमाउनेलाई मनैदेखि धन्यवाद !!
ओठमै हासो सिमित राख्न ,पीडाहरु लुक्दैछ !!!!
सुजिता पौडेल ''प्रीति''chainpur jyamire
*************
 
Thank you,
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger