Home » , » गजलकार बिमल बाबु अर्यालकाे २ गजलहरू (2 Ghazals by Bimal Babu Aryal)-26-01-2018

गजलकार बिमल बाबु अर्यालकाे २ गजलहरू (2 Ghazals by Bimal Babu Aryal)-26-01-2018

NepaliTalim | 2:25:00 PM | 0 comments
१. गजल 
हाँसोहरु  साटीएर गाढीएको  गाढा माया !1!
मुस्कानहरु मातिएर मस्किएको  सारा माया ,

आधा जीबन उनकै लागी सफर आधा बाकी,
पानी जस्तै छल्केर जोगीएको आधा माया!2!

हराएका’छन् अधुरा अनि अपुरा’छन् सपनाहरु
निराशाहरु जलाईएर उम्रीएको आशा माया!3!

भरोसा कसरी म  गरू भईदीन्छ हरपल परीर्तन,
बन्दीन्छ खप्टीएर ओझेलीएको छाया माया !4!

सजीएर फूलीदीन्छ  बनाईदीन्छ  सुगन्धित मन्,
बग्दीन्छ झोक्कीएर बतासीएको टाढा माया!5!
 बिमल बाबु अर्याल


२. गजल
आफ्नै आखाँहरूको बिश्राम काँहा होला?
धडकन  ढुकढुकीको आराम काँहा होला?

भन्नलाई  के भयो र ? त  जा भन्दीदा भो,
सम्मानले यो जगमा  काम काँहा होला ?

आफ्नै थियो रात र'त लाग्दै थियो आश,
अन्धकारमा नहुने छलछाम काँहा होला?

बसन्त गयो शिसीर आउदैछन् भू-तलमा,
एकादेशको स्वर्गीय  याम  काँहा होला?

तन्त्र' मन्त्र' यन्त्रले तिम्रो प्राप्ति गणतन्त्र,
सोध्न पर्छ जादू हेर्ने घाम  काँहा  होला?
 बिमल बाबु अर्याल

Note :
Copyright Reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger