झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
0 comments:
Post a Comment