Home » , » गजल-आभास सम्म थिएन हतारको (राम शरण श्रेष्ठ)

गजल-आभास सम्म थिएन हतारको (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:14:00 PM | 0 comments
(राम शरण श्रेष्ठ)
आभास सम्म थिएन हतारको
कस्तो आदत यो इन्तजारको 
....
किन गाउँतिरका समस्याहरुमा
अँखा पुग्नै सकेन अखवारको
...
नराम्रो कुरा जतिनै लुकाएपनि
हल्ला हावा झैँ फैलिन्छ बजारको
....
बिरामी आजै मरिसकेको छन्
भोलि आउनेछ डाक्टर सरकारको
...
म जस्तै खुशी हुँदा दुखी हुँदा
पिउने बानी छ मेरो यारको
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger