हुन्छ पुरानै सिलसिला धोकाको
फस्दै नफस्नु जालमा आँखाको
..
स्कूल जानुपर्नेमा काममा छन्
खै के होला भविष्य यि बच्चाको
..
हरेक वर्ष बजेट आउँछ देशमा
तर भर छैन जनतालाई रक्षाको
..
इतिहाँस पल्टाउँदा यस्तो सोच्छु
लाग्छ राजनीति बन्दैछ हिंशाको ।
..
तिमी चित्त किन दुखाउँछौ साथी
कसै कसैका मन हुन्छन् ढुंगाको
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
20-Oct-2014
20-Oct-2014
0 comments:
Post a Comment