Prajjwal Adhikari |
तिम्रो प्रेमको बिरुवा मेरो दिलमा सारु लाग्यो
कती राम्री मान्छे तिमी देब्रे आँखा मारु लाग्यो।
स्याउ फलेछन लटरम्मै बैसालुती गालाभरी
पिरतिको झटारोले दुइचारवटा झारु लाग्यो।
जिन्दगीको डल्याठोले दु:ख फोर्ने तिमी भये
छर्नलाई प्रेमको बिउ एक हल गोरु नारु लाग्यो।
नजिक जान्छु टाढा भाग्छेउ एस्तै दु:ख दिन्छेउ भने
चामल फुकी मोहनिले मायाजालमा पारु लाग्यो।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।
२.गजल
गोबर फाल्न आँउछ कि आँउदैन?
चुलो बाल्न आँउछ कि आँउदैन?
पक्कि हैन माटोको घर छ मेरो
भत्केको टाल्न आँउछ कि आँउदैन?
माया मात्र गरेर हुँदैन है सानु
बाख्रा पाल्न आँउछ कि आँउदैन?
जानुपर्छ मेल धान मकै कुट्न
ढुटो चाल्न आँउछ कि आँउदैन?
मम पिजा खाएर हुर्केकी तिमी
गुन्द्रुक उमाल्न आउछ कि आउदैन?
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।
३.गजल
तिम्रो शहरको धुरी हुँदैन
मेरो गाउमा छुरी हुँदैन ।
ढिडो गुन्द्रुकनै मिठो मलाई
म:म अनी पानी पुरी हुँदैन ।
ऐचोपैचोमै चल्छ यो जिबन
चोर्नु पर्ने मजबुरी हुँदैन।
दूर गाउमा हुर्केको मान्छे
तिम्रो जस्तो चुरिफुरी हुँदैन।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।
४.गजल
पर्दैन जान्न गोबर फाल्नलाई
पर्दैन जान्न चुल्हो बाल्नलाई ।
मलाई माया गर अरु चाहिदैन
पर्दैन सिक्न बाख्रा पाल्नलाई ।
शहरमा पक्की महल छ मेरो
पर्दैन जान्न भत्क्या टाल्नलाई ।
बास्मती चामल खाने हो सानु
पर्दैन सिक्न ढुटो चाल्नलाई ।
मम पिजा र तन्दुरी खाउला
पर्दैन जान्न सिस्नो उमाल्नलाई ।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।
५.गजल
भन्न त आफुलाई उ छिमेकी हु भन्छ
माटो हाल्न पर्ने बोटको सधै जरो खन्छ ।
रोटी बेटिको नाता हाम्रो कहाँ तोडिन्छ र
भन्दा भन्दै स्वास फेर्न नाक हाम्रो थुन्छ ।
हसिलो मुहारले मन्त्रमुग्ध पारी गयो
ऐले भने नदेखिने माकुरिजाल बुन्छ ।
यस्तै पारा हो भनेत बुझिराख मित्र
मित्रतामा अब मलाई बार लगाउने मन छ ।
प्रज्वल अधिकारी
लम्जुङ चन्द्रेश्वर ७ जलुकेनि
हाल काठ्माण्डौ ।
0 comments:
Post a Comment