Home » » कोही गर्दैछन्, खुब हमलाहरु

कोही गर्दैछन्, खुब हमलाहरु

NepaliTalim | 10:43:00 AM | 0 comments
कोही गर्दैछन्, खुब हमलाहरु । 
भाँड्नलाइ सब यि एकताहरु ।  

केके चित्त बुझेन, आज आएर 
आन्दोलनमा देख्दैछु मोर्चाहरु । 

सरकारी हाकिमका, काला कर्तुत
हो छेकिदिन्छन्, मिलेर पर्दाहरु । 

देशका दुष्मन, नकाब लाएर 
बसेकाछन् जमाएर अखडाहरु ।

कहिल्यै बुझेनन् जनताका कुरा
बसिरहेछन् कुर्चिमा अन्धाहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
18-Aug-2013
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger