Home » , » गजल-यसरी नि चल्छ (08-01-2013)_ अजय पारष

गजल-यसरी नि चल्छ (08-01-2013)_ अजय पारष

NepaliTalim | 1:02:00 PM | 0 comments
यसरी नि चल्छ बरै सफर गिन्दगीको ;
पानी मुनिको जीवन बगर जिन्दगीको ।

हर साँझ पानी पिएर जूनमा निदाउँनेहरू ;
कल्यै बुझ्दैनन् आफ्नो रहर गिन्दगीको ।

चारैतिर झिलि-मिली उज्याल्यै देखिन्छन् ;
तर अँध्यारो छ मेरो शहर जिन्दगीको ।

के दोष थियो मेरो बिना कसूर बन्दी बनायौ ;
पिंजडाको सुगा भन्छ छैन भर जिन्दगीको ।

मलाई आफू भन्दा पनि देश प्यारो लाग्छ ;
छाति खोलि लड्छु म छैन डर जिन्दगीको ।।

अजय पारष ,
हाल अछाम
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger