Home » , » गजलकार राम प्रसाद गैरेका पाँच गजलहरू (08-January-2014)

गजलकार राम प्रसाद गैरेका पाँच गजलहरू (08-January-2014)

NepaliTalim | 10:55:00 PM | 0 comments
राम प्रसाद गैरे
१. गजल 
संबिधान जनताको अधिकार छुन पाए हुन्थ्यो 
देशका जनताले  पिडाहरु धुन पाए हुन्थियो 

धनि गरिब हटाएर समानता ले बिकाश हुन्छ 
जनताको आस्था हरु पुरा हुन् पाए हुन्थियो 

ताना तनमा नेताले फेरी धोखा दिने पो हो कि 
सोझो  परि ढुङ्गो खोज्दा  सुन पाए हुन्थियो 

कालो बादल हटाएर देशमा बिहानी ल्याउनु पर्छ 
उज्यालो छर्ने ज्योति दिने जुन पाए हुन्थियो 

राम प्रसाद गैरे पाल्पा रामपुर 

२.  गजल 
देशमा असान्ती छ सधै नेपालीको 
जाने सुन्ने नेता धेरै अझै नेपालीको 

तिनकै कारण आज भबिस्य केहि छैन
छाकै टार्न मुस्किल छ सबै नेपालीको 

आज गरीब जन्ता आसु पिउदैछन् 
अठोटभए हुन्छ सुधार पक्कै नेपालीको 

मानो मानी हुदा हुदै बिग्रियाको चाल
जाग उठ पालो आउछ ढुक्कै नेपालीको 

राम प्रसाद गैरे पाल्पा रामपुर 

३.  गजल 
अचम्मै छ मुस्कान तिम्रो जवानीले हेर्न सक्छ 
बाटै भरि लस्कर छन् जवानी ले बेर्न सक्छ 

धेरै खेल खेल छन् यहाँ सम्मलेर हिड्नु पर्छ 
अन्धो हुन्छन यो उमेरका ती केटा घेर्न सक्छ 

रातोछ  लवाई पनि खाली सिउदो देखे पछी 
छैन चाहना हुन् हुन् भन्दा पनि नटेर्न सक्छ 

उसको घरमा एउटी हुदा हुदै पनि तिमी तिर 
सर्कदै सारै राम्री छौ भन्दै विचार फेर्ने सक्छ 

राम प्रसाद गैरे पाल्पा रामपुर 

४.  गजल 
देशमा मुक्तिगामी  आन्दोलन तिम्रो मित हुनेछ 
तब जन्ता नै  तिम्रो विचारमा  समर्पित हुने छ  

अबसरबादको विरुद्ध चालिने तिम्रा पाइला 
अग्रिम गतिमा निडर निस्वार्थ अर्पित हुने छ 

बिहानीका किरण हरुले स्वागत गरिरहने छन 
चारै तीर बाट जनताहरु संगठित हुने छन् 

राता राता बेनर हरु बाट निमुखा हरुले आवाज 
उठाउने छन जसले समानत उत्तेजित हुने छन् 
राम प्रसाद गैरे पाल्पा रामपुर 

५. गजल 
यो देशमा भोकाको सरकार आएको छैन 
तेसैले होला जन्ता हरु यहाँ रमाएको छैन 

बहुदलको नाउमा धेरै चोटी बने सरकार 
गरिबको पेट भर्ने नीति बनाएको छैन 

युबा हरुको भावना बुझने खै काहाँ को छ 
बिरानो देशमा आखा आसुले ओभाएको छैन 

बनाउनु पर्छ देशमा रोजगार युबा हरु लाइ 
अन्धकारमा छ देश बिहानी उदाएको छैन 

राम प्रसाद गैरे पाल्पा रामपुर 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger