Home » » बाबुराम राइ( राइ बबुरो)का १५ गीतहरू -(23-01-2014)

बाबुराम राइ( राइ बबुरो)का १५ गीतहरू -(23-01-2014)

NepaliTalim | 10:26:00 AM | 0 comments
1. गीत
सरगम बनेर आउ या राग बनेर आउ
मेरा आलाप हरुमा मिठा भाब बनेर आउ

जिबन डगरमा नया खाता खोल्दै
संकाको बस्तिमा बिस्वास घोल्दै
मधुर झन्कारमा संगसंगै बगौंला
तिमी सुर बने संधै म ताल बनौला
बाधा हरुमा जहिले सम्बाद बनेर आउ
मेरा आलाप हरुमा मिठा भाब बनेर आउ

हेरि रहुँ तिमी लाइ संधै यि नयनले
लेखि रहुँ गीत मिठा तिम्रै बयानले
मेरा साधना आखिर् तिमी नै हुने छौ
अन्तराले तिमी संधै मलाइ नै छुने छौ
कतै म लडे भने उठाउने हात बनेर आउ
मेरा आलाप हरुम मिठा भाब बनेर आउ

सरगम बनेर आउ या राग बनेर आउ
मेरा आलाप हरुमा मिठा भाब बनेर आउ

2. गीत
रिसाउने फकाउने खेलमा नै,हामी धेरै टाढिए छौं
थाहाइ नपाइ मुटु संग,धड्कन अलग पारिए छौं

तिम्रो घुर्की सम्झि रहें,आउँछौ भनि पर्खि रहें
तिमी आउने मोड तिरा,नजर लगाइ फर्कि रहें
आखिर् तिमी आएनौ,तिम्रो खबर् सुने मैले
निदायौ रे लामो निदं,भेट् नहुने अब कहिले
साँध सिमाना नकोरिंदै,कस्तो हामी बाँडिए छौं

बुझाइ हाम्रो नबुझे जस्तो,भाग्य हाम्रो खै कस्तो
बाग संग फुल् लाइ,बहारले छुट्टाएको जस्तो
दिप छुटेको दियो बनेर,कसोरि म एक्लै बलुँला
लाछिएको डालिमा,कस्को लागी अब म फुलुँला
अन्जानमा नै आज हामि,आफै संग हारिए छौं

रिसाउने फकाउने खेलमा नै,हामी धेरै टाढिए छौं
थाहाइ नपाइ मुटु संग,धड्कन अलग पारिए छौं

3. गीत
कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ
थाहा छैन् कता बस्छिन् कुन हो उन्को गाँउ

चाहानाको मुल हरु उर्लिदो हो छाल सरि
अप्सराझैं छिनकि उनि या छिन उनि परि
बादल रासि केस होल मृगिनी त्यो नयन्
कुन शब्दले उन्को रुपको गरौं मैले बयान
चिठ्ठी खबर पठाउँ भने के हो उन्को नाउ
कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ

फुले होलान् बैंस हरु यौबनका डलि भरि
मग् मगाउँदै सुबासिलो पवनमा सुबस छरि
कोमल् ओंठ मन्द मुस्कान् पत्थर बन्ने मयान्
सिर्जे होलन् प्रकृतिले मेरै निम्ति चयन
उन्नलाइ भेट्ने ठेगना त्यो कहाँ मैले पाँउ
कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ

कल्पनाकि मेरि रानी उन्लाइ भेट्न कहां जाँउ
थाहा छैन् कता बस्छिन् कुन हो उन्को गाँउ

4.गीत
तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ
जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ

हामि दुबै जुटिनुमा,कतै तिमि चुक्यो भने
एउटै सपना टुक्रीएर,दुइ चिराभै फाट्यो भने
निम्तो आफ्नो छोड्ने होला,पराइ घुम्टो ओढ्ने होला
मेरो पिरमा खै कसोरि,संगै साथ रुछु भन्छौ

बैरि लागि माया फुट्दा,तिमी कहाँ पुग्ने होला
याद हरुमा हाम्रो मुटु,कति सारो दुख्ने होला
उताइ बास जोड्ने होला,घाइते मलाइ छोड्ने होला
तिम्लाइ धोका दिनु भन्दा,मृत्यु बरु चुन्छु भन्छौ

तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ
जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ

5.गीत
"नपुगेका मेरा रहर् तिमी भित्रै देख्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक्छु मैले

संसारमा मेरा घाम जुन् तिमी नै हौ तारा
भोलि मैले मर्दा खेरि तिम्रै काँद साहारा
बाँचुन्जेलि तिम्रा निम्ति आँधि हुरि छेक्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक्छु मैले

तिम्रा रहर पुर्याउन कहिले कतै चुके होला
आँशु झर्दा तिम्लाइ छलि एक्लै पनि दुखें होला
तिम्रा खुसि मुस्कान ले मनको घाउ सेक्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक्छु मैले

नपुगेका मेरा रहर् तिमी भित्रै देख्छु मैले
तिम्लाइ खुसि बनाउन आगोमा नि टेक"

6.गीत
गौरब गर्छु मेरो नेपाल,म नेपालि भन्न लाइ
सयौं जुनि सम्म पाउँ, म नेपालि बन्न लाइ

बुद्ध मेरो शान्ति दुत,सगरमाथा सिरानि हो
जहाँ जाउँ संसार भरि,यहि मेरो चिनारि हो
पुर्खाले यो आर्जि छाडे,सम्हाल्नलाइ छैन पिर
बैरि आए छिनाउछु,ताक्छु पहिले उस्को शिर
बनाउ छु उर्बर माटो,फलाउँ छु अन्न लाइ

सयौं भाषा जाति धर्म,आफ्ना आफ्नै भेष
एकले अर्को सम्मान गरि,रमि बस्ने देश
सबै रंग् बोक्ने डाँफे,यहि भुमिमा हुन्छ
संसार कै सुन्दर झण्डा,अंकित घाम जुन छ
आफ्नै पाखुरिको मोल,पाउँ यहि गन्न लाइ

गौरब गर्छु मेरो नेपाल,म नेपालि भन्न लाइ
सयौं जुनि सम्म पाउँ, म नेपालि बन्न लाइ

7.गीत
खालि खालि रित्तोछ जिबन,तिम्रो साथ छुटे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

आखिर् झुटा साबित भए,तिम्रा सारा दिलासा हरु
आफ्नै भाग्य फुटे अनि,रहे बाँकि निरासा हरु
कहाँ गयि मागौ र बास,आफ्नै बस्ति उठे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

निष्टुरि रहेछ दैब पनि,तिम्लाइ मात्र छुट्याइ लाने
चोटै चोट्को खाटा छाडि,रहर मेरो लुटाइ लाने
रमाइ मलाइ हेर्दै होलान्,खुसि मेरा लुटे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

खालि खालि रित्तोछ जिबन,तिम्रो साथ छुटे पछि
जलेर खरानि खाक् सरि मन,जब दिल् टुटे पछि

8.गीत
फराकिलो बाटो थियो,र त तिमी छुट्यौ होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

स्वार्थि रहेछ तिम्रो माया,धन संग जोखिने त्यो
सुन चाँदि हिरा सामु,मात्रै रहेछ चोखिने त्यो
मखमलि सपन तिम्रो,कति यहाँ टुट्यो होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

किन्दैछौ रे आज तिमी,त्यो धनले तनको सुख
कुन बजारमा किन्छौ भन,गुमाएको मनको सुख
देखा वटि हाँसो भित्र,कति सुख खुट्यौ होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

फराकिलो बाटो थियो,र त तिमी छुट्यौ होला
यता तिर्खा नमरेर,उता तिमी जुट्यौ होला

9.गीत
माया यो भन्नुछ,नाता हो भन्नु छ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

हिजो थियौं हामी,आज सम्मन रयौं
भाबिकै खेल हो,एक अर्काको भयौं
तिमी मेरो बन्यो,तिम्रो म भन्नु छ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

कस्लाइ थाहा,भोलिको दिन के हुनेछ
जान लाइ सम्झिएर,संधै को रुनेछ
हुनै थियो आखिरमा,त्यो त भो भन्नुछ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

माया यो भन्नुछ,नाता हो भन्नु छ
बाँचुञ्जेलि त हो,सारा जो भन्नु छ

10.गीत
सुन्दै छु म तिम्रो बारे,आज भोलि हल्ला हरु
तिम्रो मनको खोट् आजा,बुझ्दैछु म बल्ल अरु

हतासिंदै अंगालिन,पराय लाइ भेट्दै छौ रे
म नहुँदा उसै संग,तिमीले प्यास मेट्दै छौ रे
बिर्से हुन्छ मलाइ अब,दिंदैछु म सल्ला बरु

भरोसा बाँध फुटाए छौ,बिस्वास् मेरो टुटाए छौ
बदनामको बजार भित्र,मेरो खुसि लुटाए छौ
एक्लो थिएं एक्लै सहि,एक्लै जिबन् चल्ला बरु

सुन्दै छु म तिम्रो बारे,आज भोलि हल्ला हरु
तिम्रो मनको खोट् आजा,बुझ्दैछु म बल्ल अरु

11.गीत
छाँति भित्र बास मागि,आँखा बाट बग्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

छलि रयौ जलन् होइन,यो सितल हो भनेर
बिस्वासले आज आफै लाइ पोल्यो,सन्तप बनेर
भरोसाको दहमा बिष घोलेर,सम्बन्धमा ठग्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

चोटै चोटको आलो घाउमा,चिसो छुरि दगाएर
तिमी गयौ पराय बनि,बदनामि दाग लगाएर
नाता साइनो नाम आज,दुनियामा सक्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

छाँति भित्र बास मागि,आँखा बाट बग्यो किन
एउटै थियो मैले बाँच्ने,मुटु पनि लग्यो किन

12.गीत
माया के हो थाहा पाएँ,नाता जब टुटे पछि
धड्कनको के नै अर्थ,मुटु संग छुटे पछि

अर्पी रयौ सुख सबै,आफु तिमि रित्तिएर
लुटि रहें निर्धक्क भै,सारा सबै मेरै भनि
कहाँ हास्न सकें मैले,आफ्नै खुसि लुटे पछि

दु:ख पिँडा सहि आफु,खुसी मलाइ दिएका थ्यौ
मन्द मन्द बिषको प्यला,मेरै निम्ति पिएका थ्यौ
जलि रहेँ पस्चतापमा,अभाग संग जुटे पछि

तिम्रो खुसि मागि रन्छु,आज कल तारा झर्दा खेरि
नबिझाओस् पाउ तिम्रो,सिखर तिमि चढ्दा खेरि
कहाँ बास माग्न सक्छु,जलाइ बस्ती उठे पछि

13.गीत
पिरतीको खेलमा येस्तो,बिध्वांसै गरायौ
कोमल मुटुलाइ तिमीले, गोलि चलायौ

एको होरो प्रहार गर्यौ, मैले सहि रहे
एक तर्फि युद्द बिराम, मैले मात्रै गरें
सम्झौताको हाता भित्र, भिजिलान्ते घुसायौ
बिध्वांसै गरायौ,माया बमले उडायौ

तोपै पड्काउ रकेट चलाउ,मलाइ डर छैन
तिमिले लड्ने मैदानमा, मैले लड्ने छैन
तिम्रो जितको खुसियालि, एक्लै मनाउ
खुसियालि मनाउन, आणबिक भट्टीनै खनाउ

14.गीत
देखाएर मिठा सपना,फेरि किन जलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

संगै यात्रा गर्छु भन्थ्यो,तिम्लाइ नपाए मर्छु भन्थ्यो
आफु लाइ भन्दा धेरै,तिम्लाइ माया गर्छु भन्थ्यो
बनावटि रहेछ कुरा,मेरो बिस्वास ढलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

मनमा बसि मनकै तलाउ,यि आँखामा छल्काइ दियौ
धुँवा बिना पोलि रहने,मनमा आगो सल्काइ दियौ
एउटा डालि भाँचि आज,अर्को तिरा पलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

देखाएर मिठा सपना,फेरि किन जलाइ गयौ
तिम्रै हुँ म भन्दै मेरो,दिलमा छुरा चलाइ गयौ

15.गीत
कहिले कहिं एउटा ताजले,मायाको घर बने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

सातै फेरो लाए पनि,अग्नि कसम खाए पनि
कस्को मान्छ झुक्न मन,हिराइ हिरा पाए पनि
बिस्वासको के नै अर्थ,जस्मा हिसाब गने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

जाने मैले धन् दौलतमा,मायाको बास हुन्न भनि
छाडे साथ तिम्रो आजै,भन्छु सम्झि रुन्न भनि
टुट्दो रहेछ मन आखिर्,खन्नु खैरो खने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

कहिले कहिं एउटा ताजले,मायाको घर बने पछि
छुट्दो रहेछ नाता साइनो,के हो औकात भने पछि

स्थाइ ठेगाना
नाम=बाबुराम राइ( राइ बबुरो)
तोपगाछि-५,झापा
हालको अस्थाइ ठेगाना
माहादेबटार-८,गोङ्गबु
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger