मेरा ५ मुक्तकहरू

NepaliTalim | 10:16:00 AM | 0 comments
1.मुक्तक

भाग्याको परिक्षामा सामेल सब मान्छे ।
हतारमा भेटिन्छन् अचेल सब मान्छे ।

..................................................
सबैलाई जिन्दगीले ठगिरहेकै हुन्छ
समयको दासत्वमा ओझेल सब मान्छे ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


2. मुक्तक
पाइलै पिच्छे सम्झौंता रहेछ जिन्दगी ।
लड्दा लड्दै सकिँदै गएछ जिन्दगी ।
..............................................
तिमी छैनौ जितहरु हार जस्तै लाग्छन्
यादहरुको संग्राहलय बनेछ जिन्दगी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३. मुक्तक
हुन्छन् घमण्डी मान्छेहरु धेरै ।।
अहमताकै बन्दी मान्छेहरु धेरै ।।

फरक हुन अभिमान र स्वाभिमान
सोच सामन्ती मानछेहरु धेरै ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 


4. मुक्तक
यो मुटुबाट निस्कासित गर्दैछु ।
अधिकार तिम्रो बर्जित गर्दैछु ।
.................................
मुटु ढुङ्गा बनाउँदैछु अब म
प्रेमको सिमा सिमित गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, ६, रामेछाप


5. मुक्तक
दिलको सबै कित्ता, पास गरिदिएँ मैले ।
मुटु मेरो तिमीलाई, खास गरिदिएँ मैले ।
.................................................
राजिनामा प्राण पनि, चढाएर आजदेखी
आफुलाई तिम्रो नै, दास गरिदिएँ मैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger