समयका धारहरु बडो क्रुर हुन्छन्
त्यहि रेटिन्छन् जो बेकसुर हुन्छन्
..
दुःखीहरु लाई झन् दुःखनै थपिदिने
भगवान पनि साह्रै निष्ठुर हुन्छन्
..
पैसाको भोक मेटाउनको लागि
मान्छे किन यति आँतुर हुन्छन्
..
बिज्ञानले जतिनै प्रगती गरेपनी
मृत्युको अगाडी सबै मजबुर हुन्छन्
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
16-07-2015
0 comments:
Post a Comment