Home » , » श्रृंखला 232 : वहकिने मन Bahakine Man (28-11-2016/2073-06-13) : Download

श्रृंखला 232 : वहकिने मन Bahakine Man (28-11-2016/2073-06-13) : Download

NepaliTalim | 11:32:00 AM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -232

DATE  - (28-11-2016/2073-06-13)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 मंसिर 232 तदनुसार 28-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 232 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download:Click Here to Download
Listen on YouTube



साताको ६ मुक्तक (2073-08-13)
यी साथीहरुले आगामी ४ प्रतिष्पर्धासम्म सहभागिता नजनाएर अरु साथीहरुलाई पालो दिनुपर्नेछ है ।
सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद ।
1)
आॅखामा आॅसु टिलपिल बनेर निस्कन्छन्।
मुटुको घाउ झन जटील बनेर निस्कन्छन्।
तिमिलाई काट्दा मलाई दुख्छ भन्नेहरु नै
दिलमा बसेर पछि खिल बनेर निस्कन्छन्।
जनक सिग्देल
गजरकोट 6 तनहुँ
2)
नसोँच आज भारी नपाउला भोलि !!!
देवीको रुप हुन् नारी नपाउला भोलि !!!
छोरो मात्र जन्माउनु पर्छ भन्ठान्नेले,
घर भित्र्याउन बुहारी नपाउला भोलि!!!
RIMPLE THAPA
Nayabazar, Kathmandu
3)
म बगेको खोला सम्झी रहन्छु।
काहाँ जान्छ होला सम्झी रहन्छु।
त्यसरी नै एकदिन हराउने त रैछ,
यो मान्छेको चोला सम्झी रहन्छु।
-बिष्णु गौतम
भद्रकाली-४ कुसुमटार
सिन्धुली
हाल-मलेसिया
4)
कि त हामी बिचको दुरि कम गरौँ भन्छे
हैन भने सबै नाता खतम गरौँ भन्छे
घरमा माग्न आइसके ए मेरो हजुर
जसरी नि यस्पाली घर जम गरौँ भन्छे
हेमन्त आँसु
दत्तु 9 दार्चुला
हाल : किर्तिपुर काठमाडौ
5)
सिन्दुर पोते अनि चोली नभनिदेउ सानु
लिएर आउ आज-भोली नभनिदेउ सानु
श्रावण मंसिर एउटै रैछ हामी परदेशीलाई
यो साल पनि खै त डोली नभनिदेउ सानु
ध्रुब के सी
सल्यान
6)
तिम्रो याद आउने बाटो बार्न मन छ प्रीय ।
यो दिलबाट अन्तै बसाईँ सार्न मन छ प्रीय ।
मनमा बस्यौ खत् बनेर हटाउन सक्या छैन,
आँशु बनाई आँखाबाट झार्न मन छ प्रीय ।
~विनीता दाहाल
भोजपुर, चरम्बी
हाल, इटहरी

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger