Home » » एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक (Muktak Sawal Jawaf -S.P Ashaphal and Shikha D.C.) -23-11-2016

एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक (Muktak Sawal Jawaf -S.P Ashaphal and Shikha D.C.) -23-11-2016

NepaliTalim | 1:05:00 PM | 0 comments
एस.पि. असफल र शिखा डि.सी. बिच भएको सवाल जवाफ मुक्तक
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 

एस.पि. असफल 

धेरै भयो तिमीलाई मैँले  मन पराएको ,,
तिम्रै कल्पनामा हुन्छु सधै म हराएको ।
हिम्मत गरि तिमीलाई भन्दैछु है शिखा,,
आजसम्म थिए म भन्नलाई डराएको ।।

शिखा डि.सी. 

आगो त दुबै तिर बलिराकै रैछ ।
यता जस्तै उतापनि चलिराकै रैछ ।
मन पराए के भयो त संगै भैदिउला ,
आज सम्म एक्लै दिन ढलिराकै रैछ ।।

एस.पि. असफल

कतै तिमी  मेरै निम्ति जन्म लिएकी हौं कि ??
माया गर्छु भन्दै मलाई गफ दिएकी हौं कि ??
झुठो हैन साचो माया गर्छु शिखा तिमीलाई ,,
ख्याल ठट्टा गरे जस्तो सम्झिएकी हौं कि ??

शिखा डि.सी. 

मिल्ने भए देखाई दिन्थे चिरेर यो छाती ,,
ख्याल ठट्टा हैन हजुर गर्छु माया खाटी ।
तिम्रो माया मेरो माया जोखिएछ भने ,,
हुनेछ सधै तिम्रो भन्दा अलिकति माथी ।।

एस.पि. असफल

सहर छोडी गाउँमा बसाइँ  सर्छ्यौ भने ,,
सुखदुःखमा सँगसँगै जघाँर तर्छ्यौ भने ।
यहि मंसिरमा तिम्रो सिँउदो भर्न आउछु,,,
साँच्चै तिमीले मलाई माया गर्छ्यौ भने ।।

शिखा डि.सी. 

तिमि संगै झयाउरे गीत गाइदिन लाइ तैयार,,
साँझ बिहान साग सिस्नो खाइदिन लाइ तैयार ।
मैले जस्तै तिमीले पनी माया गर्छौ भने ,
पटुकि र गुन्यो चोली लाइदिन लाइ तैयार ।

एस.पि. असफल

काली गाईको दूधसँगै भात मुछि खान,,
तयार भयौं  शिखा तिमी मेरो बनी जान ।
परी जस्तै शिखालाई भित्र्याउने दिन त,,
छुट्टै हुन्छ जस्तो लाग्यो मेरो पनि सान ।।

शिखा डि.सी. 

बसेकि छु म पनी मनको साथी तिम्लाई मानी,,
बन्न लाइ कुंनैदीन एस पि को दिलको रानी ।
अरु केहि छैन चाहा यति  भए  पुग्छ मलाई  ,
गल्ती होला अनजानमा  नरूवाउनु जानि जानि ।।

एस.पि. असफल

बुहारी होइन छोरी बनी बा -आमालाई पाल्नु पर्छ,,
गाईलाई कुडो म दिउला तिमिले गोबर फाल्नु पर्छ।
सहर बजारको सुख सहेलमा  हुर्के बढेकी तिमी ,,
मेरो घर  त माटाको छ बेलाबेलामा टाल्नु पर्छ ।।

शिखा डि.सी. 

दुःख अनि सुख तिमी सँगै साट्ने छु म ,,
तिम्रो साथ पाए जस्तो कठिन आट्ने छु म ।
सहरमा चिल्ला गाडिको यात्रा गर्नु भन्दा ,,
तिम्रै हात समाएर नौ डांडा काट्ने छु म ।।

एस.पि. असफल

कति छिट्टै गर्यौ तिमीले यो मनमा राज,,
सुखदुःख बुझ्ने  जीवनसाथी पाए आज ।
दुलहीको मुख हेर्ने मान्छेको ताती देखि,,
घुम्टोले मुख छोपेर किन मान्छ्यौ लाज ।।

शिखा डि.सि.

तिम्रो नामको सिन्दूर अनि चुरा भए पछि ।
संग संगै जुनि काट्ने कुरा भए पछि ।
चाहा छैन अब मलाई कुनै सुख सयल ,
तिम्रै बन्ने त्यो सपना पूरा भए पछि ।।

सम्पूर्ण साहित्य प्रेमी मनहरु बाट अमुल्य सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा ।।
बिनम्र अनुरोध ::मुक्तकिला भाव मात्रै हुन जथाभावी कमेन्ट नग्रनु होला  ।।
शिखा डि.सी. 
दाङ 
हाल: काठमाडौ 
:::::::::::;;:;;;;;;;:
एस.पि. असफल
भाटखोला:९
स्याङ्जा 
हाल:बिरानो मुलुक
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger