Home » , » गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ६ गजलहरू (6 Ghazals by Ganesh Prasad Paudel Bahurupi) -08-11-2016

गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ६ गजलहरू (6 Ghazals by Ganesh Prasad Paudel Bahurupi) -08-11-2016

NepaliTalim | 1:51:00 PM | 0 comments
१.गजल
गजल् चोरहरु गजलकार बने  ,
तिनैका पत्रिकामा समचार बने ।

जस्ले जिन्दगी पोखे मसी बनाएर ,
दुनियाँसामु तिनै निराधार बने ।

कठोर परिस्थितिमा फूल फुलेर ,
कोही खुकुरी कोही तरवार बने ।

जो सहजै तरिन्थे खोला खोल्साहरु ,
बढेर  महासागर अपार बने ।

थोरै थोरै गरि मिच्दै मन सिमाना ,
 शत्रुहरु  पनि खातिरदार बने ।

हिजो अस्ति नरम नौनी हातहरु ,
अचानक कसरी हतियार बने ।

जब मौलिकता मर्यो गाउँघरमा ,
सारङ्गी अनि मादल गितार  बने ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

२.गजल
आएन फर्केर बालापन मेरो ,
दाह्री जुँगा फुल्यो झनझन मेरो ।

सुनेर हाँस्छन् ति केटाकेटीहरु ,
जवानीको मीठो गनथन मेरो ।

प्राण नै त्यागेर लालायित हुन्छ ,
प्रेम सागरमा तनमन मेरो ।

मलाई नाङ्गो देख्थ्यो दुनियाँ अन्धो ,
उन्को मीठो सुवास् पहिरन मेरो ।

ध्यामग्न हन्थेँ उन्को मन् आँगनमा ,
उन्को शरीर् थियो तपोबन मेरो ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

३.गजल
सपनाको महल नयनभरि ,
देखियो हरपल नयनभरि ।

गाजलले छेक्यो दृश्यावलोकन ,
को थियो र असल नयनभरि ।

घुमिरहन्छिन् दिनरात यसरी ,
मायालु ति चंचल नयनभरि ।

मौसम झैं परिवर्तित सपना ,
नभएर  अटल नयनभरि ।

हिलो छिचोल्दै सुन्दरता पोखेर ,
फुले फूल कमल नयनभरि ।

उसले राखेर गयो मृत्युु पश्चात्
मीठा मीठा गजल नयनभरि ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७

४.गजल
प्रकृतिले गर्यो बबालको संगत ,
माछापुच्छ्रे र फेवातालको संगत ।

बाघसँग तिम्रो जम्काभेट् हुनुपर्छ ,
अनि बल्ल बिर्सन्छौ स्यालको संगत ।

मृत्यु देखेर डराउने मनुष्यले ,
कहाँ गर्न सक्छ र कालको संगत ।

जिन्दगीको कथा बुझेन त्यो धनीले ,
गरेर सधैं धनमालको संगत ।

खाली र शुन्यतामा पनि केही पाएँ ,
जबदेखि गरेँ कंगालको संगत ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
रापाकोट-७ स्याङ्जा

५.गजल
छवि बेचेर नाङ्गियो छविलाल ,
कहिले महान थियो छविलाल ?

रगतको पाइला टेकि सत्तामा ,
अँह ! भएन बलियो छविलाल ।

के टिक्ला र टिकेहरुको भरमा ,
अब पक्का लखेटियो छविलाल ।

जनभावना कुल्चेर हिंडिस तँ ,
अब राम्ररी चिनियो छविलाल ।

सिनोमा धोतीले किरा हालिदियो ,
हेर ! कसरी कुहियो छविलाल ।
गणेश प्रसाद पौडेल " बहुरुपी"
 स्याङ्जा रापाकोट-७

६.गजल
जिन्दगी यो दुखिरहेछ प्यार गरेदेखि ,
दिल दिन कसैलाई  हतार गरेदेखि ।

रित्तियो गोजी पसिना बेचेर भरिएको ,
कहिले गाउँ कहिले बजार गरेदेखि ।

सम्बन्धमा पनि हिसाबकिताब खोजियो ,
समयले नै सम्बन्धको व्यापार गरेदेखि ।

व्यापारी नै बनायो माया पिरतीले पनि  ,
मनले मनसँग कारोबार गरेदेखि ।

छल कपट गर्यो चाउरीएको छालाले ,
मायालुले नानाथरी श्रृङ्गार गरेदेखि ।

तर्किन्छे तरुनी तेलमा पानी तर्के जस्तै ,
बुढाले माया लाउने बिचार गरेदेखि ।

सडकमै रह्यो माया बटुवा झैँ बनेर ,
लैजाउ या छोडौँ मन दोधार गरेदेखि ।
 गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७

Note :
All Copyright Reserved with Writer
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger