Home » » शब्द शरोबर : (15-10-2069/28-01-2013) - Download

शब्द शरोबर : (15-10-2069/28-01-2013) - Download

NepaliTalim | 9:48:00 AM | 1comments
SHABDA SHAROBAR
Host : Bimal Marmik

Time : Tuesday 9.15pm
Date : (15-10-2069/28-01-2013)
Fm: Radio Manaslu 103.9mhz 

नमस्कार साथीहरु
आज मिति 2069 माघ 15 तदनुसार 28-Jan-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।आज शहिद दिवस विशेष गजलहरु लिएर आएका छौं । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
गजल  1
देशको लागि, मरेर जाने, शहीद लाई सलाम छ
स्वतन्त्र देशलाई, गरेर जाने, शहीद लाई सलाम छ

शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहीद लाई सलाम छ

नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहीद लाई सलाम छ

झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहीद लाई सलाम छ

ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहीद लाई सलाम छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

गजल  2
ति जिउँदा मान्छे हुन्  शहीदहरु ।।
मुक्तिका उज्यालाजून शहीदहरु ।।

आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन शहीदहरु ।।

अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन शहीदहरु ।।

ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन शहीदहरु ।।

सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन शहीदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

1 comments:

navapaluwa.blogspot.com said...

अत्यन्तै स्नेहपूर्वक मेरो गज़ल प्रसारण गरिदिनुभएकोमा प्रिय शब्द सरोवर तथा संचालक मित्रहरु प्रति हर्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger