Home » , , » मेरा ५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

मेरा ५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:01:00 PM | 0 comments
 नमस्कार साथीहरु 
आज म आफ्ना करिव ५ मुक्तकहरु एकै ठाउँमा लिएर आएको छु । तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाबको अपेक्षा राखेको छु ।

१.मुक्तक एक
धड्कन रोकिन्छ रोकिन देउ ।।
गोलि ठोकिन्छ ठोकिन देउ ।।
मर्नेत हामी जस्ता सर्वसाधारण
मृत्यु तोकिन्छ तोकिन देउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


२.मुक्तक दुई
केहि फोटाहरुछन् जलाउनुपर्ने ।।
केहि यादहरुछन् मेटाउनुपर्ने ।।
लाएर मलमहरु, सिएर घाउहरु
अरुकै लागि आफू हाँसाउनुपर्ने ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


३.मुक्तक तिन
मलाई देशको माटोले बोलाईरहेछ ।।
हो क्रान्तिको बाटोले बोलाईरहेछ ।।
गरिवहरुका कोहि छैनन् नेपालमा
उम्लेको रगत रातोले बोलाईरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


४.मुक्तक चार
न त यहाँ पत्रकार सुरक्षित छ ।।
न त उस्को विचार सुरक्षित छ ।।
कलमहरु भाँच्ने होडबाजी देख्दा
लाग्छ बढी तरवार सुरक्षित छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५.मुक्तक पाँच
जिन्दगीको मैदानमा सबै एक्लो एक्लो ।।
मरेपछि चिहानमा सबै एक्लो एक्लो ।।
हाँस्नुपर्छ बाँचुन्जेल, अमर छैन कोहि
यमपुरी उध्यानमा सबै एक्लो एक्लो ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Date : 18-01-2013


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger