Home » » Muktak Madhurima (2069-09-26/10-01-2013) - Download

Muktak Madhurima (2069-09-26/10-01-2013) - Download

NepaliTalim | 9:37:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm

Host : Ramu Acharya
Date :  (2069-09-26/10-01-2013)
 

आज मिति 2069 पुष 26 गते तदनुसार 10-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।            
Listen and Download

Download : Click Here to Download
Listen all Previous Episodes  
२०६९-०९-२६ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Lb Sagar
मेरो पनि त ,रमाउने दिन आउने छ ।
हातमा हात ,समाउने दिन आउने छ ।
र्हदै जॉउ एक दिन ,पक्कै पनि यहॉ।
तिम्रो जस्तै खुशी ,मनाउने दिन आउने छ ।
कैलाली ,फुलवारी

02-Ram Sharan Shrestha
मायाँको उस्ले हिसाब राखेको रहेछ ।।
अनुहार माथि नकाब राखेको रहेछ ।।
के था पापि मन होला भनेर मलाई
सुरुदेखिनै मन खराव राखेको रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
बाट सुन्न र डाउनलोड गर्न सकिन्छ तथा आजसम्मका श्रृखलाहरु मुक्तक मधुरिमा ब्लग
http://muktakmadhurima.blogspot.com/ बाट सुन्न सकिन्छ
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
Your Blog Description here!


03-सनम गोले
विदेसमा बसी खोज्दै छु भाग्य ।
टुक्रिएको रहेछ जोड्दै छु भाग्य ।
भत... भत्ति पोल्ने ताप पचाएर
शितलताको मसीले कोर्दै छु भाग्य ।
-सनम गोले
दामन मकावनपुर हाल मलेशिया


04-Ashish Danai
खै त नेता संबिधान कहाँ छ
राजनितीको निदान कहाँ छ
दिन्छु भन्यौ कुरेर बसिरह्यौ
सहमतिय बिहान कहाँ छ ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima


05-Rai Munkmen Ramesh मुक्तक
हो अधुरो वचन हतपत खोल्ने गर्दैनन
जताभाबि अपच शब्द ओकोल्ने गर्दैनन
अरु हैन यति भने थाह् छ मलाइ पनि
गरेर देखाउने हरु अवागै बोल्ने गर्दैनन
-राई"मुक्मेने"रमेश
हाल साउदी
धन्यवाद...


06-Laligurash Narayan Shrestha मुक्तक
हानथाप गरेपछी संबिधान कहिले बन्ने।
पापैपाप गरेपछी संबिधान कहिले बन्ने।
बिदेशीले सीमा मिच्दा नेताहरु आफ्नै कुर्चि
नापानाप गरेपछी संबिधान कहिले बन्ने।
-लालीगुराँस नारायण श्रेष्ठ
हाल नयाँ दिल्ली भारत।

07-Bishnu K Gautam
पुर्णिमाको उज्यालो जुन देखेसी उता सर्यौ
पराइको ढकमक्क सुन देखेसी उता सर्यौ
चौरासी व्यन्जन भित्रै रमाउन पाएपछि
मेरो घरमा पानि र नुन देखेसी उता सर्यौ
२०णु गौतम
मल्म-4,बाग्लुङ


08-Jaya Bhabuk
दुशीत हुदैछन झर्ना ईनार पानी पीऊन गारो छ!
रोजगार छैन श्वदेश मा जीवन जीऊन गारो छ!
दुनीयॉ ले भन्छन केही गर्छु यही
शोरोत सॉधन छैन काम गर्ने पारा लीऊन गारो छ!
-जयराम िव. क. (जयॉ भॉवुक )
धधवार 7 बर्िदयॉ
हाल मलेिसयॉ जोहोर
धन्यावाद शुभ - रात्री....


09-Baral Suryamani
किन चेलीको अस्मिता दिन दहाडै लुटिन्छ यहाँ?
किन कानुनै नभए जस्तो निरीह कुटिन्छ यहाँ?
हत्या आतंक बलात्कारको कुनै सिमाना पो हुन्न कि?
किन निमुखाको कोपिला मै फुल्ने अधिकार चुडिन्छ यहाँ?


10-Saroj Dhital
अबोध महिला बसभित्र लुट्छन् रे आज भोली,
छोरी किन जन्माईस भनि चुट्छन् रे आज भोली।
जलाएर छोरी आमा पुरुर्षाथ गरेँ भन्छन..
दुई दिनमै दोषिकैदी छुट्छन् रे आजभोली||
डाँछी 3 काठमाडौँ

11-Nabodit Nabaraj
चिरेर गयौ मुटु असर उस्तै छ उस्तै |
र पनि मैले हेर्ने नजर उस्तै छ उस्तै |
छाडेर जाउँ कहाँ बिरानो लाग्छन सबै
तिमी बिनाको शुन्य शहर उस्तै छ उस्तै |
-नबराज नबोदित
मोरंग शनिस्चरे नेपाल


12-Raju Poudel
चटनि खायौ जिब्रो पड्कायौ नुन बिर्सियौ ।।
दुख पर्दा लगाएको गुन बिर्सियौ ।।
हिजो सम्म म तिम्रै राधा हु भन्ने ले ।।
आज किन बासुरिको धुन बिर्सियौ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

13-Mohan Bihani
यसपालीको माघमा बिहे गर्छु भन्छ काले,
मेरा बाले दिएनन् भने मर्छु भन्छ काले।
सक्दैन रे बस्न एक्लै तडपीएर सधै भरि,
उस्कै हातले मेरो सिउँदो भर्छु भन्छ काले।
-मोहन बिहानी
भक्तिपुर सात सर्लाही
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु
सुन्न तथा डाउनलोड गर्न
http://mohanbihani.blogspot.com/

14-Bikalpa Babu
उ मुटुकै छेउ आएर गइ
सारा खुशीहरु चोरेर लइ
दुइचार दिन समिपमै बसि
सदाका लागी बिरानो भइ
bikalpa babu
saptagandaki college bharatpur


15-Dipak Karakheti . मुक्तक
सपनिमा रोहेर के भो त बिपनिमा त हाँस्दै, छु नि
कर्मनै धोएर के भो त धैर्यताको माला गास्दै, छु नि //
हरेक पल पलको रुहाइ लाई सहेर, पनि
सहज परीबेस बनेर दु:ख लाई त मास्दै, छु नि //
-दीपक काराखेती
धुवाकोत गोर्खा
हाल:-अबु-धबी (UAE)


16-Nashib Bayadi
तिम्रो दिलभित्र पस्दा, कति पिडा सहे हुला
क्षितिजमा पर्खि बस्दा,कति पिडा सहे हुला
तिम्रो दिन तिम्रै रात,तिम्रो झल्को तिम्रै याद
पलपल आशु खस्दा,कति पिडा सहे हुला ।।
(नशिब बयाडी "नशा") "फूलवारी,कैलाली"

>गीत > कहिले काही मुटु दुखेछ भने मैले सम्झिय भनि सम्झिनु .......सौगात सायरको आवाजमा .........


17-Bibek Dulal मुक्तक
अपहाज बिचार उछालेर मख्ख नपर
आफ्नालाई दिनहु खसालेर मख्ख नपर
आफैलाई चिन्यौ भने धेरै अघि बढ्नेछौं
शत्रुको घरबार बसालेर मख्ख नपर
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .


18-kapila lamichhane
तिमिले खोलि तरेर गयौ!
अर्कैको डोलि चढेर गयौ!!
कुल्चिदै मेरो सपनालाई,
माथमा होलि भरेर गयौ!!
कपिल लामिछाने
दाङ, तुल्सिपुर।
हाल दोहा कतार।
(नेपालि लेखन सहयोग-दिप मिलन)

19-Rakshe Deep Milan
आँउदै छु डोली लिएर प्यारी!
मखमलि चोलि लिएर प्यारि!!
तिमि र म मिलेर भर्नलाई,
ममताको झोलि लिएर प्यारि!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार

20-Amrit Shrestha
म त मर्नेछु तिमी बाच्नु है सानु
यो जीबन उसैको लागि साच्नु है सानु
मलामिले घरमा सन्खको धुन बजाउदा
हर्स अनि बिस्मातले नाच्नु है सानु
(Amrit Shresatha pokhara kaski)

21-ज्योति खतिवडा अनिश्चित
मेरो देश रुँदै छ बाबा आशुँ बरबरी
म पुछ्न चाहान्छु भन्नुहोस् न कसरी ।
तिर वीरको चित्कार अझै सुन्दै छु म
मेरो देश बचाईदेउ भन्दै काप्दै थे थरथरी ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा ।

21-Shanti Adhikari मुक्तक
सम्हाल आफुलाई भेल छ ठुलो ।
तिमीलाई फसाउने खेल छ ठुलो ।।
देखाईमा तिम्रै हो नजिकको मित्र ।
उस्ले तिमी माथि गर्ने झेल छ ठुलो ।।
शान्ति अधिकारी
बांके


22-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
मेरो केटी जिस्काउनेको बंगरा झार्छु
न जिउनु नत मर्नु दोसाँधमा पार्छु
....ले मेरो केटीलाई आखा लाउछस ?
म घरमा आएसी गोली हानी मार्छु !
****ATM आत्मा !
hetauda makwanpur .hal- doha qatar www.radiomeroaatma.tk

23-श्रीकान्त बराल कहेराज़
डुब्न लागे अब मलाइ बचाउ भन्छ देश
असहमति अब धेरै नबल्झाउ भन्छ देश
बाझाबाझ को राजनीतिले निकास निस्किदैन
अब फेरी अर्को बुद्ध आउ भन्छ देश
कृष्णमन्दिर चोक

24-तिलक निस्कर्ष
तिम्रो मेरो बाटो फरक,दिन अनि रात फरक
तिमि अन्तै म अन्तै आ आफ्नो साथ फरक
फेरी मेरो गोरेटोमा किन आउछौ तिमि आज
बुझ तिम्ले अतीतलाई अब हाम्रो बात फरक
रत्ननगर ७

25-प्रेम सौगात
तिम्रो पिडा मलाइ घोच्ने कस्तो तिखो झिर भयो
के गरेर बसेकी छौ मलाइ सारै पिर भयो
आँखा भित्र आँशु तिम्रो टिलपिलाउदै होला,
यै आँशुको अझै नियतिले माया तारे भिर भयो
प्रेम सौगात
टांडी ,चितवन

26-Arpan Chhetri
भुंईकॊ धुलॊ उठाएर नुन भन्नु गल्ती मेरॊ
जलप रैछ पग्ली जाने सुन भन्नु गल्ती मेरॊ
लड्दा खेरी उठाएथ्यौ हातै समाई तिम्ले
खेल रैछ फसाउने गुन भन्नु गल्ती मेरॊ
-अर्पण छेत्री
दमक-5, झापा
हाल- जॊहॊर बारु, मलेसिया

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger