Home » » गजलका शेरहरु - (2069-09-17/01-01-2013) - Download

गजलका शेरहरु - (2069-09-17/01-01-2013) - Download

NepaliTalim | 5:03:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-17/01-01-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu



आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 01 तदनुसार मिति 1st- Jan- 2012 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
आज सम्मका श्रृंखलाहरु सुन्नुहोस्
 
कार्यक्रममा अन्तिममा बाचन भएको मेरो गजल र यसै गजल मार्फत सबै सबैलाई नयाँ बर्ष २०१३ को शुभकामना ब्यक्त गर्दछु ।
नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।।
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।।

समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस
पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।।

शान्तिको सन्देश बोकि, नयाँ विहानी उदाउनेछ
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।।

विगतजस्तो नहोस फेरी, अन्योल र निराकार
अब आउने जनताका, सर्कारहरुलाई सुभकामना ।।

राजनीतिका काला बादल, हटोस नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना ।।

प्रेमका पनि कुरा होस्, सोचेका जति पूरा होस
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger