Home » » गजल संगम (2069-09-25/09-01-2013) - Download

गजल संगम (2069-09-25/09-01-2013) - Download

NepaliTalim | 5:27:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-09-25/09-01-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल

प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam  

 

आज मिति 2069 पौष महिनाको 25 गते तदनुसार 9th Jan 2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
पानिमा आगो लगाइदिन्छु म ।।
प्रेममा पागल बनाइदिन्छु म ।।

रातदिन मेरै सापना देख्नेगरी
तिमीलाई अति सताइदिन्छु म ।।

मौसम भोली बदलिन सक्छ
सबकुरा आजै मिलाइदिन्छु म ।।

तिमी रोएको हेरुँ म कसोरी
बरु जुनि भर हँसाईदिन्छु म ।।

आउ चाखेर हेर प्रेम नाशा
प्यारमा पूरै डुबाइदिन्छु म ।।

दुबैले जित्नुपर्छ प्रेमको युद्ध
यो लडाइँ पूरै सकाइदिन्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger