Home » » Muktak Madhurima (2069-10-04/17-01-2013) - Download

Muktak Madhurima (2069-10-04/17-01-2013) - Download

NepaliTalim | 1:58:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-10-04/17-01-2013)
 
आज मिति 2069 Magh 04 गते तदनुसार 17-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।              
Listen and Download

Download : Click here to download
Listen all Previous Episodes:

Thank you
२०६९-१०-०४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-मुक्तक
देशको लाचार हालमा खै के लेखु,
जनताको हर सवालमा खै के लेखु।
दण्डहीनताको पराकष्टा छ सत्तामा,
महानायकको अनिकालमा खै के लेखु।
--मोहन बिहानी
भक्तिपुर सात सर्लाही www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com


02-Dk Bidrohi -डि .के . बिद्रोही
चिसो भट्टी चलाउन लाई आगो जोरजाम गर्दै छु म
कडा स्पात गलाउन लाई आगो जोरजाम गर्दै छु म
हेर्दै गर्नु यो झिल्को ले सल्के पछि के के गर्छ !
लुट को स्वर्ग जलाउन लाई आगो जोरजाम गर्दै छु


03-Prem Dhami
खुसी राख्न सक्ने,दम छ मसँग आउँछ्यौ?
सधै बहार अनि,रमझम छ मसँग आउँछ्यौ??
कसम ढाटेको होईन मैले विश्वाश गर मैया
जे चाहन्छ्यौ त्यो अनुपम छ मसँग आउँछ्यौ????
prem dhami, dahabagar-6 bajhang
haal:kathamandu


04-Khadga G Magar
के भनौ खै नयां नेपाल,अत्याचारले सिमा नाघ्यो
गांउ गांउ सारा बस्ति,बलत्कारले सिमा नाघ्यो //
भय छायो चारैतिर , संत्रास रअशांतिको
लुट्पात र हत्या हिंसा,नरसंहारले सिमा नाघ्यो//
-खड्ग जी.एम.
उरहरी दांग
10/01/013
frm qatar

05-Baral Suryamani
जाडो बढेको छ कठ्याँग्रीने , लाउने छैन कसैको।
आकाश चिहाउछ छानो बाट, छाउने छैन कसैको ।।
तराईमा शित लहर पहाडमा चिसो धेरै ।
एक-सरो लुगा छ जीउमा, तताउने छैन कसैको ।।


06-Raju Poudel
अस्ति चादि बनेर टलक्क टलकने लाइ ।।
हिजो गुलाब बनेर ढलक्क ढल्कने लाइ ।।
लाखौ कोसिस गर्दा पनि निभाउनै सकिन ।।
आज एक्कासि आगो बनेर दिल भित्र सल्कने लाइ ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar


07-Rajib Rimal मुक्तक :
महाकाली सुस्तामा देश बेचियो ।
कांगडा र टिस्टामा देश बेचियो ।
आज सिङ्गो मुलुकनै लिलाम हुँदैछ,
हिजो किस्ता किस्तामा देश बेचियो ।
Rajib Rimal ,western regin campush-wrc.,pokhara

08-Rai Munkmen Ramesh मुक्तक
कोहि छन कि.?अवतार लिने केर्दै बस्दैछु
तितो मिठ्ठो रचनाको स्वाद फेर्दै बस्दैछु
हाँस्दै मुसुक्क आँखा फुकालेर?आकाश तर्फ
अनेकले धर्तिमा झारेको जून हेर्दै बस्दैछु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..


09-Jaya Bhabuk
मायॉको पनी यहॉ आकार हुदो रै छ!
मायॉ गर्ने िवभीन्न पर्कार हुदो रै छ!
मायॉ लाउने हरू धेरै भए पनी यहॉ ,
कसै कसैको मात्र मायॉ साकार हुदो रै छ!
जयराम िव.क (जयॉ भॉवुक )धधवार 7 बर्िदयॉ..
हाल मलेिसयॉ जोहोर


10-Bishnu K Gautam
दुइ मुटु एक हुन्छ
त्यस पछि अनेक हुन्छ
स्वतन्त्र हुन्छ यो मायाँ
न कानुन न बिधेक हुन्छ
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
हाल:बुटवल


11-अजान श्रेष्ठ (अभागी)
तिम्रै लागी भनी आएँ ।।
पुरै बाटो खनी आय ।।
कति माया गर्थे उनिलाइ
प्रेमको आशा गनी आएँ ।।।
-अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा ।


12-दिपक काराखेती . मुक्तक
त्यो सुन्सान ठाउमा भेट्न पाम, तिमी सँग
त्यो हरभरा प्रकिर्तिमा रम्न पाम, तिमी सँग //
हो देउराली भनज्याङम कसम, सँगै खाएको
सयौजुनी सम्ममा बाच्न पाम, तिमी सँग//
-दीपक काराखेती
धुवाकोत गोर्खा }हाल:-अबु-धबी (UAE)


13-Arpan Chhetri
जातॊ देखी तर्सी तिमी घट्टा नभन्नु नि
व्यस्तताले दार्ही पाले जट्टा नभन्नु नि
सधै त जिस्काई भन्थे मेरी मनकी रानी
आज चाही साच्चै भने ठट्टा नभन्नु नि
-अर्पण छेत्री
दमक-5, झापा
हाल- मलेसिया


14-Bibek Dulal मुक्तक
असिन पसिन हुदै तिम्रा स -साना रहरहरुमा म पनि कुद्छु
घास दाउरा गर्दा खेरी तिमीसित दर्के झरीमा म पनि रुझ्छु
तर कठै कुन साइतले उडायो हाम्रो नबिर्सने परिचयलाई आज
भलै सामुन्ने पर्दा बोल्दिनौ तिम्रो यो बाध्यता म पनि बुझ्छु .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ .


15-Umesh Acharya
गधाहरु देश चलाउँछन्,हामी उल्लु ट्वाल्ल पर्छौँ
थाहा छैन तरै पनि हामी किन गर्ब गर्छौँ
महङ्गिले आकाश छुँदा बेरोजगारी बढि रा छ
यस्तै हुँदै गए हामी,पक्कै भोक्-भोकै मर्छौँ
Vermont USA

16-तिलक निस्कर्ष
यो मुटुको हर पिडा आहतमा थियौ तिमि
नशा नशा अनि दिलको चाहतमा थियौ तिमि
दुइ जना पिरतीको डुंगा मा डुब्दा संगै ,
म डुबेको डुब्यई भय राहत मा थियौ तिमि .....
रत्ननगर ७


17-Durga Rimal
पिउनु हुन्न सबले भन्छन् "हन" कस्तो असर गर्छ ?
मज्जा आउँछ सबलाई थहाँ छ भन कस्तो असर गर्छ ?
भुलाउँछ दुःख यसले जती पियो उती धेरै,
अौषधी हो पागल पनको झन कस्तो असर गर्छ ?
Durga Rimal "BS" Albury, Australia.


18-Rakshe Deep Milan
स्मृतिमा तिमि छौ र त म जिबित छु!
जीवन तिमि हौ र त म जीबित छु!!
अब भुल्ने र सम्झने कुरा नगर,
हामि एक भ यौ र त म जीबित छु!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि
हाल दोहा कतार्a

>गीत >मुटु भरि तिम्रै नाम छ केर्न सक्दिन म तिमीले झैँ मनको देउता फेर्न सक्दिन म
......कल्याण गुरुङ को शब्द ,राजकुमार बगरको संगीत मा अन्जु पन्तको आवाजमा .....


19-Jyoti Khatiwada Anischit
त्यो फुलको डाली अन्तै लर्कीदैछ आज
नजर उनको अर्कै तिर कर्किदैछ आज ।
म त नितान्त एक्लो अनि शुन्य भएँ सानु
तिम्रो याद पनि विचैबाट फर्किदैछ आज ।
अनिश्चित ज्योति खतिवडा
झापा सुरुङ्गा ।

20-Ram Chandra Basyal
कस्को बिश्वाश गर्नु यहा,आफ्नैले सब लुटेपछि।
कसलाई खोट लाउनु यहा,आफ्नै कर्म फुटेपछि।।
खुकुरिको धारमा जिबन,उस्ले जहर प्याला भर्दा।
खोइ कसरि टाल्नु यो मन,चिरा परि टुटे पछि ।।
-रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:यु.ए.ई.दुबई }


21-Komal Bhatta ..
अन्याय र अत्याचारको दरबारले दुख्छ
लुटाहारले सजाएको घरबारले दुख्छ
हत्या र हिँसाले रक्तरन्जीत बनाएको
षड्यन्त्र र खुराफातको तलबारले दुख्छ
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

22-श्रीकान्त बराल कहेराज़
हाम्रो देश सिसा जस्तै चर्किदैछ आज
फेरी उही कुसासन फर्किदैछ आज
हत्याराको हितमा बोल्छ सरकार पनि
विधिको साशन पनि मर्किदैछ आज
कृष्ण मन्दिर चोक

23-Rupesh Fatra रुपेश अनमोल फत्र
पान्थर लिम्बवान
उन्को यादले हरपल् सताई रहन्छ
कहिले काहि एकोहोरो बनाई रहन्छ
उनी बाट आज म धेरै टाढा हुनू पर्दा
बिछोडले मेरो मुटु जलाई रहन्छ


24-Ashish Danai मुक्तक
कसम खा-एर मायाँ लाईदैन प्रिय
सिउदो भ-रेर मायाँ लाईदैन प्रिय ।।
मायाँ त भित्री, मन देखीनै हुनुपर्छ
भिख झै मा-गेर मायाँ लाईदैन प्रिय ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-०९-२८
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima


25-Dev Birahi
सुन जस्तै गरी मेरो मन गालेर गई!
आफ्नै ठानेको थीए मलाई नै फालेर गई!
वैमानी रै छ त्यसको मायॉ
पराईको नई सीन्दुर हालेर गई!
देव िवरही
हापुर 7 दाङ्
हाल मलेिसयॉ जोहोर....


26-कपिल लामिछाने
कहिले काँही तिम्रो याद आएपछी गजल लेख्छु।
धेरै धेरै तिम्रो माया लाएपछि गजल लेख्छु!!
एकान्तमा टोलाउछु, तिमिलाई सम्झिएर,
अनि थोरै सराब खाएपछि गजल लेख्छु!!
-लेखक कपिल लामिछाने
दाङ्ग तुल्सिपुर
हाल दोहा कतार
(नेपालि अनुबाद - दिप मिलन)

27-ß-kash Neupane
दिल मा आगो झोस्यौ,जल्दै छु म आज भोलि,
पिडा को राप दियौ,बल्दै छु म आज भोलि !!
तिमी र तिम्रा याद हरु भुलाउने वाहाना मा,
हरेक साझ हरु मा, ढल्दै छु म आज भोलि !!
-बिकाश न्यौपाने बारा हाल uae

28-Artimus Siru
आशा र खुशी खोज्दा खोज्दै दु:खको सागरमा पुगेछ जीवन !
अरुको भलो सोच्दा सोच्दै दु:खको सागरमा पुगेछ जीवन !!
समाजमा अशल मान्छे बन्न खोज्नु व्यर्थै रहेछ !
असल मित्र रोज्दा रोज्दै दु:खको सागरमा पुगेछ जीवन !!
सुमित्रा अधिकारी
(गोरखा)


29-Ram Sharan Shrestha
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।। राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
बाट सुन्न र डाउनलोड गर्न सकिन्छ तथा आजसम्मका श्रृखलाहरु मुक्तक मधुरिमा ब्लग
http://muktakmadhurima.blogspot.com/ बाट सुन्न सकिन्छ
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
Your Blog Description here!


30-Amrit Shrestha
यो यौटा प्रेमको नासो भनौ कसरी ?
नयन भरि आसुलाई हासो भनौ कसरी ?
न बाचेर हस्न सके न हासेर बाच्न
पवित्र यो मायालाई पासो भनौ कसरी ?
( Amrit shrestha pokhara kaski)

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
(from Muktak Madhurima Page)
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger