Home » » बिभिन्न एफ एम हरूमा बाचन भएका मेरा ७ गजलहरू (राम शरण श्रेष्ठ)-16-02-2015

बिभिन्न एफ एम हरूमा बाचन भएका मेरा ७ गजलहरू (राम शरण श्रेष्ठ)-16-02-2015

NepaliTalim | 12:33:00 PM | 0 comments
१. गजल 
नसुनेझैं गर्छ... शिंहदरवारले ।  
यो वस्तिलाई विर्सेछ सर्कारले ।

आफ्नो गाउँ लाइ आफै बनाउन 
जाग जनता.. भन्दैछ हतारले ।

आज पिइन्छ खुब पिइन्छ पक्कै 
बषौं पछि बोलाएको छ यारले ।

गुणस्तरले भन्दा बढी प्रभाव 
बिक्रीमा पर्दोरैछ उपहारले ।

गरिबको सन्तान डाक्टर भएमा 
यहाँका रोगी बाँच्थे उपचारले ।

धेरै पाठ पढाएकोछ 'राम'लाई 
कसैको धेकैधोका अनि प्यारले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21-June-2013
स्मृतिका पानामा बाचन भएको : स्मृतिका पाना (2071-05-09/23-08-2014)

२. गजल 
 मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

10-Feb-2012
Sirjanako Suseliharuma Bachan Bhayeko


३. गजल 
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमाइ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो 'रामले' अब हजुरलाइ आफ्नो 
बनाउँछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
(मनको आँखाबाट मनको आँखाहुँदै मुटु सम्म दस्तक दिनेहरुलाई सलामी यो गजल मार्फत )

४. गजल 
मिलिरह्यो हरदिन ठक्करहरु
रहरमै सिमित भो रहरहरु

तिमी हामी पूजा गछौं र पो
भगवान बनेकाछन् पत्थरहरु

सहरमैछ सुविधार पैसापानी
गाउँतिर आउँदैनन् डाक्टरहरु

तिमी बिना त सोचेकै थिएन
अब कसरी गरौखै सफरहरु

यो दुनियाँ पनि सुन्दर लाग्नेछ
फूलका आँखा बनाए नजरहरु
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

गजल बिम्ब (2071-08-11/27-11-2014) 



५. गजल 
छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न
..
आफैलाइ देउता भन्दा पनि ठुलो
सम्झने पुजारी कति हुन्छन हुन्छन
..
माया एउटा संग हुन्छ हुने बेला
नजरको जुहारी कति हुन्छन हुन्छन
..
कौडी झार्दैनन आपदको बेला
धनवान् भिकारी कति हुन्छन हुन्छन
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ
चिसापनी रामेछाप
01-01-2015
यो साँझ यो सुबासको १२८ औं श्रृंखलामा बाचन भएको गजल -13-01-2015

६ गजल 
उ आगो बनेको, हुनाले सखापभो ।
र माया गरेको, हुनाले सखापभो । 
.................
उ मान्छे हिजोसम्म साह्रै मिजासी
घमन्डै बढेको, हुनाले सखापभो ।
...............
म रोगी हजुरको, दबाई हजुरनै
भनेरै बसेको, हुनाले सखापभो । 
...............
उज्यालो दिने काम गर्दा म गर्दै 
दियौभै बलेको, हुनाले सखापभो । 
...............
बनायो खडेरी, यता 'राम' दाई 
मनैपो टुटेको हुनाले सखापभो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
सुत्र : बहरे मुतकारिव 

७. गजल 
बोईजत यो देशको कति गर्छौ नेता
सिध्याई ढुकुटी पेट कति भर्छौ नेता
...
भो अब पुग्यो झुठा आस्वासन हरु
जनतामा भ्रमैभ्रम कति छर्छौ नेता
..
आफूलाई ठान्छौ कानुनकै बाउ
विरुद्ध बोले स्वर कति हर्छौ नेता
..
न गर्छौ आफू न गर्न दिन्छौ
पाउमै बिदेशिको कति पर्छौ नेता
..
न देशको मतलब न जनताको
नैतिकतामै तल कति झर्छौ नेता
..
चाहिन्छ देशलाई एक सच्चा भक्त
बनाउन देश पछि कति सर्छौ नेता
२०१० नेभोम्बर,
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप



Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger