Home » , » राम चन्द्र तामाङ(राम उदासी) का ५ गजलहरू -27-02-2015

राम चन्द्र तामाङ(राम उदासी) का ५ गजलहरू -27-02-2015

NepaliTalim | 9:31:00 AM | 0 comments
१. गजल
पानी थापीरहे कहिले भरिएन।
गाग्रो चुहिएको अन्दाजै गरिएन।

ठग्यो धेरै धेरै मलाई बिधाताले।
आफु नजरमा उनको परिएन।

हावा चल्यो जोड जोडले फुल्नेबेला।
बाध्यो बन्धनले पीरमा झरिएन।

सुक्यो आशाहरु मनमा पलाएका।
टुट्यो मनमुटु आखिर मरिएन।
 राम चन्द्र तामाङ(राम उदासी)
 पाचथर रानीटार

२. गजल
रुख नै बिनाको लहरा जीवन मेरो।
तारे भीर अनि पहरा जीवन मेरो।

शिसिर छ याम पात बनी झरेको छु।
सुसाउने छागा छहरा जीवन मेरो।

जीवनको रङ उडेको छ धुवा सरी।
पुरानो चुहीने टहरा जीवन मेरो।

राँको छ हातमा हावाको बेग तिब्र छ।
औसीको रातको सहारा जीवन मेरो।

राम उदासी
 पाचथर रानीटार

३. गजल
 हावाको त्यो पहिलो झोकाले मन छोयो।
फुटि जाने पानीको फोकाले मन छोयो।

आफु पिन उस्तै छु रित्तो रित्तो यहाँ।
सडकका नाङ्गा र भोकाले मन छोयो।

चढ्दैछिन् मेरी आमा अजङको पहाड।
पुरानो पछ्यौरीको पोकाले मन छोयो।

नाघ्दैछु संघार,छेक्छ प्रियको आँसुले।
कलाश सजिएको ढोकाले मन छोयो।

माया त छ मुटु भरि बन्धकी हुदैछु।
यो नियतीको तितो धोकाले मन छोयो।
राम उदासी
पाचथर रानीटार

४. गजल
संझनाका खोली सबै बगाएर जाउ।
जादा जादँ ढोका पनि लगाएर जाउ।

दुःख पिडा मेरो साथी बनी सकेको छ।
खुसि,चैन र मुस्कान भगाएर जाउ।

पोखिदेऊ गुनासाका सारा छालहरू।
बाकी नरहोस बात टुङ्गाएर जाउ।

खुसिको पलमा रुनु हुन्न मुस्कुराउ।
अत्तर फैलाई मगमगाएर जाउ।

राम उदासी
पाचथर रानीटार

५. गजल
गाउ घरमा बसाई सर्नेको ताँती छ।
आज गाउ छाड्ने मेरो आत्मिय साथी छ।

एकनासे खरको छानो,सानो गोरेटो।
मेरो घर अलि तल उसको माथी छ।

बर पिपल उहि तर चौतरा खाली।
सगै गुच्चा खेलेका यादहरु काफी छ।

थाहा छैन,उसलाई पनि उस्तै होला।।
गाउमा त बियोगले चर्केको छाती छ।

 राम उदासी
पाचथर रानीटार

All Copyrights Belongs to Writer of Above Gazal

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger