Home » , » गजल- सपनाहरु अधुरा हूँदैछन्,बिस्तारै बिस्तारै (रोहित राना )

गजल- सपनाहरु अधुरा हूँदैछन्,बिस्तारै बिस्तारै (रोहित राना )

NepaliTalim | 3:34:00 PM | 0 comments
सपनाहरु अधुरा हूँदैछन्,बिस्तारै बिस्तारै।
मन भरी कुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
..
उनिहरुका कोही नि,छैनन् रे यो धर्तिमा।
सायद टुहुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
..
हिजो सम्म नितान्त, नौनी नरम देख्थें।
अचानक छुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
..
संघर्षका पाइलाहरु,नचालेको पनि होइन।
गन्तब्य अपूरा हूँदैछन्,बिस्तारै बिस्तारै।
..
मौन बस्न रुचाउने उनि, चुप पनि बसेकै हो।
आज साँच्चै  सुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
रोहित राना
बुटवल-१३रुपन्देही
03-Jun-2012
यो साँझ यो सुबासको २०१२ मा उत्कृष्ट गजल छनौटमा नोमिनेटमा परेको गजल
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger