Home » , » मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ) -04-Feb-2015

मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ) -04-Feb-2015

NepaliTalim | 12:51:00 PM | 0 comments
साथीहरू मेरा केही मुक्तकहरू .
1. मुक्तक   
कि त प्रेमको पनि हदबन्दी तोकिनु पर्छ
कि त याद पठाउन आजै बाट रोकिनु पर्छ
आफैंलाई क्लियोपेट्रा सोच्ने ए मेरो मान्छे
हेरौ अब तिमीले पनि कहाँ कहाँ ठोकिनु पर्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
01-02-2014

२. मुक्तक   
बक्तब्यमा भनिएथ्यो डराउनु पर्दैन । 
बोल्छ सरकारले केहि पनि गर्दैन । 
अब यसरी सोचेर चित्त बुझाउँला 
ठिकैछ भगवान, काल नआइ मर्दैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
01-Sep-2014

३. मुक्तक  
यो कस्तो अत्माघाती कदम चाल्नुभो
मन भरी ईर्ष्या अनि दुस्मनी राख्नुभो
केवल मलाइ परास्त पार्नकै लागि पो
हरे आफ्नै घर जलाएर आगो ताप्नुभो 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
11-Sep-2014

४. मुक्तक  
ज्योती चाहिएकोछ आँखा हरु लाई 
केही त खान देउ ती भोका हरु लाई 
भोलि को सुनौलो भबिस्यको लागि
आज स्कुल पठाऔं बच्चा हरु लाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
14-Sep-2014

५. मुक्तक  
पहिला मुटु र तस्विरमा राख्नुभो 
मलाईनै सम्झिने जागिरमा राख्नुभो 
त्यसपछी सल्लाहभो एकृकृत हुने 
त्यसपछी मलाई शिरमा राख्नुभो ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
24-Sep-2014

६. मुक्तक  
कोही कोही किन धेरै मुस्कुराउँछन
सताउन घरिघरि याद पठाउँछन्
हे भगवान कसरीपो पिछा छोडाउने 
लैला र मजनुको कथा सुनाउँछन्
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
26-Sep-2014

७. मुक्तक
जिन्दगी एकातिर, मन एकातिर 
शरिर एकातिर, धड्कन एकातिर
यसरी समयले, छुट्याईदिएको छ 
तिमी एकातिर, जीवन एकातिर 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

केही परिमार्जन,
जिन्दगी एकातिर मन एकातिर 
तिमी एकातिर जिवन एकातिर 
समयले यस्तो बनाईदिएको छ 
मुटु एकातिर धड्कन एकातिर 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
26-Sep-2015

८. मुक्तक  
प्रेम माग्यो अर्कैले मुटु कसैलाई दिएपछी
नशा किन नलाग्नु र मस्त भई पिएपछी
तेस्रो आयो र भन्यो तिमी बिना मर्छुहोला
कस्को हुन सकिन्छनर जिन्दगीनै सकिएपछी
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

९. मुक्तक  
खै मान्छे आत्मा हो कि शरिर 
कता जान्छ होला मरेर आखिर 
के मृत्यु पछि पनि जिन्दगी होला 
आत्मा मर्दैन भने किन लाग्छ पिर 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

१०. मुक्तक  
अनावस्यक मोजले जिन्दगी विगार्छ
यो पैसाको भोकले जिन्दगी विगार्छ 
कयौले जिन्दगी गुमाएकाछन् कठै 
दाइजोको लोभले जिन्दगी विगार्छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
11-Nov-2014

११. मुक्तक  
हाँस्न नै विर्सियौ कि तिमीले पनि 
लाग्छ फेरी सम्झियौ कि तिमीले पनि 
अतित अतित नै हो दुखाउँछ मात्रै 
मैलेझैं सराव पियौ कि तिमीले पनि 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

१२. मुक्तक  
सम्झनामा बाकी थियो तस्बिरहरुको पहाड 
यहाँ सबैले बोकि हिंड्छ्न पिरहरुको पहाड 
हाँस्न बिर्सिएका हरु कति होलन कति होलान 
चढ्नै पर्छ आखिर हरेकले तक्दिरहरुको पहाड 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप



१३. मुक्तक   
कोही मुटुमा सुटुक्क अवतरण भयो 
विशेष मान्छेको ठाउँ अधिकरण भयो 
के भयो मलाई बुझ्न खोज्दा खोज्दै
हिजो त मन मुटुनै अपहरण भयो 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
15-12-2014

१४. मुक्तक  
पहिला बाँकि रहेको आश जानेछ 
अन्तमा उस्कै यादमा शास जानेछ
जिन्दगी नाटकको एक अंष मात्रन हो 
पूर्णविरामझैं चितामा लास जानेछ 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
12-01-2015

१५. मुक्तक  
यहाँ अझैं पनि खतरा धेरै छन् ।
विष कन्या जस्ता अप्सरा धेरै छन् ।
ए बाबा आफैं लुटिन जोरि खोजिराछ्यौ
फसाउने नियतका नखरा धेरै छन् ।
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
14-01-2015

१६. मुक्तक  
ए पराईमा आफूलाई सजाउनेहरु 
सम्झिएरै जिन्दगी त्यो चलाउनेहरु 
जिन्दगी प्रेम भन्दा बाहिर पनि छ 
ब्युँझनुहोस् जिन्दगीदेखी अघाउनेहरु 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
27-01-2014

१७. मुक्तक  
सोचेकै हुनुपर्छ जरुरी छैन 
जून तारा छुनुपर्छ जरुरी छैन 
तिम्रा पनि त सपनाहरु होलान 
मेरोलागि रुनुपर्छ जरुरी छैन 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
28-01-2014

१८. मुक्तक  
बिकारहरुको होममा जग्य, जारी राख्नुस ।
मान्छे जस्तो हुनलाई सभ्य, जारी राख्नु ।
खुट्टा तान्नेहरु हजार हजार, भेटिएलान 
जीन्दगीको युद्धमा गन्तब्य, जारी राख्नु । 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
28-01-2014

१९. मुक्तक  
तनाब कस्तो हुन्छ मलाई सोध
अभाब कस्तो हुन्छ मलाई सोध
तिमी सुनको महलमा अमृत पिउँछौ 
सराब कस्तो हुन्छ मलाई सोध 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
29-01-2015

२०. मुक्तक  
बाटो मोडिनकै लागि बनेको होला 
मन तोडिनकै लागि बनेको होला
नबनेका जोडिहरु देख्दा यस्तो लाग्छ 
प्रेम छोडिनकै लागि बनेको होला
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
29-01-2015

२१. मुक्तक  
काँडाहरुमा पनि आस राखियो 
अनि मन खुबै बिन्दास राखियो 
तिमी जहर मात्र पिलाउन खोज्छ्यौ
औषधी बनाएर निकास राखियो ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
02-022015

२२. मुक्तक  
मौसम जस्तो बद्लिन सकिन्न 
मनमा राखियो बिर्सिन सकिन्न 
मुटु फेर्न कोसिस नगरेको हैन 
लाग्छ उ बिना सकिन्न सकिन्न 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
03-02-2015

२३. मुक्तक   
अब्यक्त प्रेम गरिरहेछन् कोही 
सधैंनै जलेर मरिरहेछन् कोही
सम्झेर आउ ए जानेहरु हो 
यहाँ एक्लो परिरहेछन् कोही 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
03-02-2015

२४.मुक्तक 
गएको मान्छे फर्कने आश छैन 
समयले पनि पर्खने आश छैन 
यो कलियुगमा सबै छन् स्वार्थी
अमृत कसैले छर्कने आश छैन 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
04-02-2015

२५. मुक्तक   
नदुख्नु पर्ने दुखेछ हजुरलाई 
नपुग्नु पर्ने पुगेछ हजुरलाई 
बगिरहेकैछु प्रितिको खोला भै
नसुक्नु पर्ने सुकेछ हजुरलाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
04-02-2015

Thank you 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger