Home » , » ज्ञात अज्ञात शहीदहरू प्रति शमर्पित मेरा २ गजलहरू -शहीद दिवश विशेष (राम शरण श्रेष्ठ)

ज्ञात अज्ञात शहीदहरू प्रति शमर्पित मेरा २ गजलहरू -शहीद दिवश विशेष (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:16:00 PM | 0 comments
(राम शरण श्रेष्ठ

यो मेरो गजल ज्ञात अज्ञात सबै सहिदहरुप्रति समर्पित छ 

देशको लागि, मरेर जाने, शहीद लाई सलाम छ
स्वतन्त्र देशलाई, गरेर जाने, शहीद लाई सलाम छ
..
शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहीद लाई सलाम छ
..
नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहीद लाई सलाम छ
..
झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहीद लाई सलाम छ
..
ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहीद लाई सलाम छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
(मिति : २०६७ माघ १३, बिहिवार )

गजल  2 
ति जिउँदा मान्छे हुन्  शहीदहरु ।।
मुक्तिका उज्यालाजून शहीदहरु ।।
..
आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन शहीदहरु ।।
..
अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन शहीदहरु ।।
..
ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन शहीदहरु ।।
..
सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन शहीदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2069 माघ

दुबै गजलहरू गजल शब्द शरोवरमा बाचन भएका छन्
शब्द शरोबर : (15-10-2069/28-01-2013) - Download
http://chisapaninepal.blogspot.com/2013/01/15-10-206928-01-2013-download.html
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger