Home » » गजल-बेल कार्की "पवन" : बिना चिन्तन मनन, बाहिर बाट देखिदैन -23-01-2016

गजल-बेल कार्की "पवन" : बिना चिन्तन मनन, बाहिर बाट देखिदैन -23-01-2016

NepaliTalim | 12:32:00 PM | 0 comments
बिना चिन्तन मनन, बाहिर बाट देखिदैन 
मन मुटु र धड्कन, बाहिर बाट देखिदैन  
.. 
सानै चोटमा रुने, आँखाको छ बानी 
गह भित्रको क्रन्दन, बाहिर बाट देखिदैन 
..
गोप्य हुन्छन्  कुरा,  पर्दा भित्र हरदम 
यो पुरानो चलन, बाहिर बाट देखिदैन 
..
भित्र भित्रै देशमा , के गर्दैछ सरकार 
को गर्दैछ शासन, बाहिर बाट देखिदैन 
..
कुरा सिधा छ, एक उदाहरण दिन्छु
जस्तै श्वास पवन , बाहिर बाट देखिदैन 
..
आँसुको कलम बाट:
बेल कार्की "पवन"
शंकर पोखरी ३ पर्वत।।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger