Home » » निर कमल खड्काका ४ गजलहरु : (20-01-2016)

निर कमल खड्काका ४ गजलहरु : (20-01-2016)

NepaliTalim | 3:12:00 PM | 0 comments
१.गजल
मर्नु पर्ने जिन्दगीको आश लाग्दो रैछ
छाडी जाने मान्छे त्यो खाश लाग्दो रैछ 

मजबुरीको कुम्लो बोकी परदेशीनु पर्दा 
सुख सयलको पर्देश पनी बनबाश लाग्दो रैछ

उदासीमा दिन कट्दा एकान्तले सताउदा
सम्झनाका ती रातहरु मघुमाश लाग्दो रैछ

जस्लाई मुटु दिए उसैले परिचय माग्दा
आफैलाई आफ्नो जीवन उपहाश लाग्दो रैछ
निर कमल खड्का

२.गजल
बिना उदेश्य जब ढलछन सालिकहरु
छ? जबाफ जब बोलछन सालिकहरु

कति भ्रममा छन यी चेतना बिहीनहरु
देश मुहार फेर्छ रे जब जल्छन सालिकहरु

बनाईएको छ सारा बिवेक शून्य यहाँ
मागेको सब पाईन्छ रे जब गल्छन सालिकहरु

हुरी बनी श्वर्णीम युग ल्याउने छन यी
एउटाको रक्षा गर्न अर्को जब चलछन सालिकहरु
निर कमल खड्का


३.गजल
हेराई तिम्रो पराई लाग्छ अचेल
बाध्यताको माया गराई लाग्छ अचेल

मेरै दुखमा रोएको भन्छौ 
बहानाको आशु झराई लाग्छ अचेल

देखावटी जे जे भने पनी तिमीले
चाहनाको बसाई सराई लाग्छ अचेल

मिठा कुरामा भुलाउन खोज्छौ फेरी
बेसुरको काग कराई लाग्छ अचेल

भबिष्यको कल्पना बुनी रहदा तिमीले
सपनाको खोली तराई लाग्छ अचेल
निर कमल खड्का


४.गजल
आधुनिक जमाना हो माया किन्न आउ
पहिले अरु कोही भए मलाई छिन्न आउ

पैसा बोकी धाउछन माया किन्न यहा
तिम्रै बाटो कुर्छु अरुलाई माया दिन्न आउ

पैसाको बलमा जिती जान्छन शरिर 
तिम्रो लागी साचेको माया छ भिन्न आउ

बजार हो हरदिन माया बदलिन सक्छ
तिमीलाई मनमा सजाउने कोहो चिन्न आउ

पुग्नु पर्ने बाटो अलग होला तिम्रो 
केबल एक रातको सफर संगै हिन्न आउ
निर कमल खड्का

   
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger