
तराई पहाड हिमालहरु, शान्तिका पक्षमा छन्
..
युद्धका थुप्रै डोबहरु ति, अझैं पुरिएका छैनन्
अबका दिन र रातहरु, शान्तिका पक्षमा छन्
..
प्रगतिको बाटो तिर, पाईल चाल्न एकजुटभै
भएभरका अभाबहरु, शान्तिका पक्षमा छन्
...
धर्म जातको नाममा हुने, विभाजन विरुद्ध ति
गीता नमाज कुरानहरु, शान्तिका पक्षमा छन्
..
युद्धमा ईतिहाँसहरु, एक पल्ट पल्टाई हेरौ
के बन्दुकका अभ्यासहरु, शान्तिका पक्षमा छन्
..
बम बोकेका विचारहरु, अब त्याग्न जरुरी छ
बुद्ध जिसस र रामहरु शान्तिका पक्षमा छन्
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
23-Feb-2015
1 comments:
वाह सर सुन्दर मार्मीक देश प्रेमी गजल
Post a Comment