Home » » गजल- ....लाग्न सक्छ -20-09-2015

गजल- ....लाग्न सक्छ -20-09-2015

NepaliTalim | 4:20:00 PM | 1comments
सबै ठिक सबै बेठिक लाग्न सक्छ
मेरो सत्रु उस्लाई मित लाग्न सक्छ
..
नचिने सम्म हरेक मान्छेका अनुहार
हेर्दा खेरी साहै सरिफ लाग्न सक्छ
...
मेरो प्रेम कथा पढ्यौ भने तिमीले
प्रेममा ज्यूदो सहिद लाग्न सक्छ
...
होसियार हुनु यो जमाना सँग पनि
यहाँ नखाएको विष लाग्न सक्छ
..
तिमी अब श्रृंगार गरेर ननिस्कनु
बाटोमा हेर्नेहरुको भिड लाग्न सक्छ
..
उस्का फोटाहरु नजलाई राखेको छु
पूरै विर्सन केही दिन लाग्न सक्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
20-Sep-2015

Share this article :

1 comments:

Unknown said...

हरकदम जीवनमा म उदाश बनिरहे।
रत यो दुनिया सामु बदमाश बनिरहे।

जस्ता आए उस्तैका लागि सदैव म।
धर्ती बनिरहे अनि आकाश बनिरहे।

खै खाँदा उठ्दा बस्दा र सुत्दा पनि ।
किन सोझीकै यादमा हताश बनिरहे।

यो दुनियाले पत्याउदै पत्याएन मलाई।
र पनि सोझीको म सधै खास बनिरहे ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger