कविकी आमा भवानी लामिछाने र लोक गायक हिरण्य भोजपुरेले संयुक्त रुपमा उक्त कृतिको बिमोचन गर्नुभएको थियो | कार्यक्रमको अध्क्ष्यता मैत्री सङ्घक अध्यक्ष्य पूर्ण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रममा साहित्यकर दिनार रनादीले लेखकको परिचय दिनु भएको थियो | त्यसैगरी साहित्यकार राजेन्द्र अर्यालले 'चामल खानेहरू र चौलानी पिउनेहरू' को समिक्षा गर्नु भएको थियो | कार्यक्रमको संयोजन तथा संचालन आविस्कार भारतीले र बाल कविता प्रतियोगिताको संचालन चाहिं इशान लुइंटेलले गर्नु भएको थियो |
कार्यक्रममा हिरण्य भोजपुरेसंगै उहाँको सहकर्मी तथा जीवन संगिनी उर्मिला श्रेष्ठको लोक गीत पनि समावेस थियो | कार्यक्रममा बालकविता प्रतियोगिता र नियमित कविता प्रतियोगितामा राम्रा राम्रा कविता बाचन गरिएको थियो | थुप्रै अप्रतियोगी कविता पनि कार्यक्रममा समाबेश थिए |
कविता संग्रहमा केही कविता अंग्रेजीमा पनि अनुवादित छन् | सो संग्रहलाइ "Porridge Eaters and Gruel Drinkers" शिर्षकमा Amazon.com भन्ने अनलाइन बिक्रेताको वेभपेजमा पनि उपलब्ध गराइएको छ |
देब्रेबाट दिनार श्रेष्ठ, राजेन्द्र अर्याल, सन्तोष लामिछाने, भवानी लामिछाने, हिरण्य भोजपुरे र पूर्ण श्रेष्ठ |
कार्यक्रममा बोल्ने क्रममा लेखकले नेपालीले लेखेका कुरा सबैले बुझ्न र पहुँच पाउन सकुन् भनेर केही कविता अंग्रेजीमा अनुवाद गरेको बताए | साथसाथै हामी सबैले नेपाली कविता, साहित्य पढ्ने लेख्ने गरेर हाम्रो भाषा, भावना र संस्कृतिलाइ जोगाइराख्नु पर्ने पनि बताए | आफु कुनै नाम चलेको व्यक्ति नभएपनि आफुले कविता संग्रहमा नयाँ कुरा पस्कन खोजेको र पत्रकार तथा सबै उपस्थित महानुभावहरूलाइ नयाँ व्यक्तिलाई पनि मौका दिन र नेपाली साहित्यको माया, चर्चा र जगेर्ना गर्न आव्हान गरे |
कार्यक्रमको अन्त्यमा नेपाली सेलरोटी र अन्य परिकारहरू सहितको खाना खाईएको थियो |
0 comments:
Post a Comment