सागर भण्डारी "बिभोर" |
पीडा दिएकै छन् सधै गरीबलाइ दुनियाले
दबाएकै छन् यहाँ कमजोरलाइ बलियाले
दबाएकै छन् यहाँ कमजोरलाइ बलियाले
पर निर्भर्तामा पनि के बाच्नु निरीह भएर
पेटकै युद्धमा जीवन् बिताउछ भरियाले
पेटकै युद्धमा जीवन् बिताउछ भरियाले
ती सत्तामा बस्नेहरु देश नै खाएर अघाए
यसरी खून चूसे जस्तै चुस्छ उडुस उपियाले
यसरी खून चूसे जस्तै चुस्छ उडुस उपियाले
आफै मरे सरी हुन्छ जब स्वाभिमान झुक्छ
पराधीनताले घोंच्यो घोंचे झैं तीखो सियाले
पराधीनताले घोंच्यो घोंचे झैं तीखो सियाले
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
दर्पुक 1 पाल्पा
0 comments:
Post a Comment