Home » » लक्ष्मी श्रेष्ठ का ५ मुक्तकहरू -२०७२-०६-१५

लक्ष्मी श्रेष्ठ का ५ मुक्तकहरू -२०७२-०६-१५

NepaliTalim | 3:52:00 PM | 0 comments
लक्ष्मी श्रेष्ठ 
१. मुक्तक 
बिना सुर ताल हुन्छु धुन हराए झै
पुर्णिामा कै रात बाट जुन हराए झै
तिमी छैनौं भने मेरो धड्कन हरुमा
लाग्छ रक्तकेसिका मै खुन हराए झै
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

२. मुक्तक
दु:ख चढ्नै नसक्ने त्यहा भिर बनाउछु
जन्मिन्छन् जो जति यहाँ वीर बनाउछु
पाएको छु भाग्य लेख्ने कलम मैले पनि
हेर्दै जाउ तिम्रो कस्तो तक्दिर बनाउछु
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

३.मुक्तक
चन्द्र सृर्य अन्कित झण्डा झुकाउन सक्छौ भने
हामी बिच आत्मिएता फुकाउन सक्छौ भने
जे जे गर्न सक्छौ गर ए!छिमेकी राष्ट्रहरु
मानविय गुण तिम्रो चुकाउन सक्छौ भने
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

४. मुक्तक
जुन दिन तिरस्कार मा जिउन सिकेकि छु
फाटेको मन सङ्गालेर सिउन सिकेकि छु
तिमी राम्रो मान वा नमान सानू मलाई
तेसै दिन देखि हल्का पिउन सिकेकि छु
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा

५. मुक्तक
अब हाम्रो छुट्टै पहिचान बन्दै छ रे
शोक मा जो थिए मुस्कान बन्दै छ रे
गलत सुन्दै छु म वा सत्य यही हो ?
हाम्रो देशमा नयाँ सम्बिधान बन्दै छ रे
लक्ष्मी श्रेष्ठ
क्षेत्रपा 2 दोलखा
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger