Home » » बिभिन्न एफ एमहरूमा प्रशारण भएका मेरा ५ गलहरू (राम शरण श्रेष्ठ)

बिभिन्न एफ एमहरूमा प्रशारण भएका मेरा ५ गलहरू (राम शरण श्रेष्ठ)

NepaliTalim | 11:45:00 AM | 0 comments
१. गजल एक
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। 
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।

लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य असैबाट 
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।

छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा 
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।

एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने 
कसैप्रति सच्चाप्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

गजलका शेरहरूमा प्रशारणा भएको
गजलका फूलहरू -9 : (20-09-2013/2070-06-04) प्रशारण भएको


२. गजल  दुइ
मेसिन जस्तै जस्तै शरिरहरु 
तर पनि थपिन्छन् पिरहरु 

कहाँ सुरक्षित छन् र यहाँ 
भगवान बस्ने मंन्दिरहरु 

शान्ति फर्काउन लडेका ती
शालिकमा बदलिए वीरहरु 

स्वभिमानको लागि नारा दिइन्छ 
अन्तमा काटिन्छन् शिरहरु

नेपाली बेरोजगारहरुको लागि
खाडीमा कुरिरहेछन् जागिरहरु

श्रमिकको पसिनामा टेकेर यी
मज्जा लुटिरहेछन् अमिरहरु

बिच सफरमा छोडिजानेको
बाँकी त्यै याद र तस्विरहरु
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेृछाप
एनएफएमको त्रिबेणीमा बाचन भएको गजल


३. गजल तिन
भएरै निरास कति बस्नुहुन्छ
माइतिकै पास कति बस्नुहुन्छ

मिलेरै गरौला सफर भोलीदेखी
थुपार्दै आश कति बस्नुहुन्छ ।

लेखौला मिलेर कथा जिन्दगीको
पढ्दै उपन्यास कति बस्नुहुन्छ ।

रहरमै रहेका रहर र समय
गरेर नास कति बस्नुहुन्छ

कहिल्यै नझुक्ने यो 'राम' पनि
भैदियो दास कति बस्नुहुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
New Bulbul Episode 40

४. गजल चार
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप
गजलका फूलहरु श्रृंखला ४९ मा बाचन भएको छ ।

५. गजल पाँच 
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Bulbul Episode 256  मा सुरूमा बाचन भएको
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger