Home » , » गजलकार राज श्रेष्ठ तिर्थका ५ गजलहरू (२० श्रावण २०७१)

गजलकार राज श्रेष्ठ तिर्थका ५ गजलहरू (२० श्रावण २०७१)

NepaliTalim | 8:56:00 AM | 0 comments
१. गजल 
थाहै हुन्न कतीबेला कस्ले यो मन छुन्छ,
माया भन्ने गरिँदैन यो त आँफै हुन्छ!

ओंठहरु चुपचाप हुन्छन,मनहरु कुरा गर्दा,
एउटा मनले कुरा गर्दा,अर्को मनले सुन्छ!
 
मन आखिर मन नै हो पिडाहरु लुकाएर,
मुहर मा हाँसो छर्दै, भित्र भित्रै रुन्छ!

माया यो सपना हो बिउँझनै पर्छ आखिर,
तर पनि मन भरी, हजार सपना बुन्छ!

मन हरु दुखे पनि आँखा हरु हाँसी दिन्छ,
दु:ख पिडा आसुँ सारा ,मन भित्रै थुन्छ !

थाहै हुन्न कतीबेला कस्ले यो मन छुन्छ!
माया भन्ने गरिदैन यो त आँफै हुन्छ !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

२. गजल
भो कुनै अलमल नगरि आउ !!
दिल अदल बदल नगरि आउ  !!

जमाना खराब छ,टोलछिमेकमा,
भो कुनै खलबल नगरि आउ !!

छुट्टीन्न साथ होस् सयौं बाधा,
भो कुनै हल चल् नगरि आउ !!  

नहोला फैसला तिम्रो पक्ष मा,
भो कुनै छलफल नगरि आउ !!

लामो छ यात्रा यो छोटो समय,
भो खेर पल पल नगरि आउ !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

३. गजल
बरदान होस् हाम्रो माया,कुनै अभिशाप नहोस् !!
बलिरहोस् प्रेम को दियो,जलेर सखाप नहोस् !!

मनको कुरा खोल्न सकुँ,साँचो सत्य बोल्न सकुँ,
सधैं तिम्रो पूजा गरुँ, मन मा कुनै पाप नहोस् !!

बन्धन सारा तोड्न सकुँ,अटुट नाता जोड्न सकुँ,  
हाम्रो चोखो सम्बन्ध बिच,कुनै दुरी नाप नहोस !!

तिमी मुटु,तिमी आत्मा,तिमी जिउने आधार मेरो,
दुखायेँ भने तिम्रो मन,मलाई कहिल्यै माफ नहोस् !!

मनलाई सोध सवालहरु,जवाफ तिमी भित्र नै छ,
स्वीकार,अस्वीकार सबै मन्जुर,कुनै करकाप नहोस् !!

तिम्रा पिडा लिन सकुँ, अशिम खुशी दिन सकुँ,
राज सँग को सम्बन्धले, कुनै पस्चाताप नहोस् !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

४. गजल
अली कती माया त्यो दिएर हेर !
अली कती माया यो लिएर हेर !!

मायामा जिउनुको मज्जा बेग्लै,
अलि कती मायामा जिएर हेर !!

शराब हो माया तर खराब हैन,
अली कती माया यो पिएर हेर !!  

काटेको जिबन,त्यो फाटेको मन,  
अली कती माया ले सिएर हेर !!

जलन प्रेमको,हुन्छ अती शितल,
अलीकती मायामा सल्किएर हेर !!
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप

५. गजल
यँहा प्यारमा तिमी पनि छौ,मपनी छु !!
इन्तजार मा तिमी पनि छौ,मपनी छु !!

जिन्दगी एउटा यस्तो खेल भइदियो कि,
जितहार मा तिमी पनी छौ,मपनी छु !!

पुण्य हैन शायद ठुलै अपराध भो प्रेम,
कारागार मा तिमी पनी छौ,मपनी छु !!

हाँशो भो माया सबको चासो भो माया,
अखबार मा तिमी पनी छौ,मपनी छु !!

प्रेमदीप जल्दैथियो हुरीआइ निभाइदियो,
अन्धकार मा तिमी पनी छौ,मपनी छु !
राज श्रेष्ठ तिर्थ
चिसापानी-६ रामेछाप 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger