Home » , » भिजन गुरागाईंका ९ मुक्तकहरू -22-Aug-2014

भिजन गुरागाईंका ९ मुक्तकहरू -22-Aug-2014

NepaliTalim | 9:27:00 AM | 0 comments
१.मुक्तक
स्वास्नी मान्छे खराब हुन्छन् धेरैले बुजेको छ 
त्यसैले त लोग्ने धराप हुन्छन् धेरैले बुजेको छ
जब आफ्नै कुराहरु सधै माथि पर्नुपर्छ प्रियसी को
अमृत प्याला पनि सराब हुन्छन् धेरैले बुजेको छ
भिजन गुरागाईं

२.मुक्तक
नदिनु धोका दिएपछि कसको के नै लाग्छ सानु
पराइको साथ लिएपछि कसको के नै लाग्छ सानु
हो पिलाउने रहर थियो अमृत प्याला मेरो पनि
आफै जहर पिएपछि कसको के नै लाग्छ सानु
भिजन गुरागाईं

३.मुक्तक
अवस्य मान्छे लाई उडाइदिन्छ विज्ञानले।
र हवाइजहाज पनि गुडाइदिन्छ विज्ञानले।
मलाई किन यसरी कस्छौ कसिलो बन्धनले ?
कस सानै बलले पनि चुँडाइदिन्छ विज्ञानले।
भिजन गुरागाईं


४.मुक्तक
प्रेम यस्तो खेल हो कतै हार त कतै जीत हुन्छ ।
खेल्न नजान्दा दुनियालाई साच्चै रमित हुन्छ ।
मित्रहरु हो बरु चुपचाप बस्नु केहि नबोल्नु अब ।
अरुको आलोचना गर्नुभन्दा नबोल्दै हित हुन्छ ।


५.मुक्तक
केके देखि हुमिदैछ्न् सारा परदेशमा
छैन कन्चन फेवा अनि रारा परदेशमा
बगाउने छु यहिदेशामा खोलि पसिनाको
नबगाउनु कहिँ कतै रगत धारा परदेशमा
भिजन गुरागाईं


६.मुक्तक
दुख पिडा अभाबका घाउ लगेर आए परदेश
झिटीमिटी सम्पतिमा साहु लगेर आए परदेश
तड्पीएर योमन सधै सम्झिराछ गाउ घरलाई
छुट्ने बेला बा आमाको पाउ लगेर आए परदेश
भिजन गुरागाईं

७.मुक्तक
परदेशीले छोडिजान्छ नपर्नु है भर सानु ।
झुटा कसम हजार खान्छ नपर्नु है भर सानु ।
लोभ-लाल्चा प्रलोभन माया जालमा फसाएर
झुक्याएर कोठी लान्छ नपर्नु है भर सानु ।
भिजन गुरागाईं


८.मुक्तक
जरुर केहि सिकिन्छ पनि आफन्त हरुबाटै
थाहै नपाई बिकिन्छ पनि आफन्त हरुबाटै
हरेक ठाउमा सजक रहनु होशियार रहनु सबैले
झुक्याई मुटु झिकिन्छ पनि आफन्त हरुबाटै
भिजन गुरागाईं


९.मुक्तक
कत्ति कुरा त जानीजानी भएको छ जीवनमा
आधाजसो हानिनोक्सानी भएको छ जीवनमा
अबत जसले जे गरेपनि सहन सक्ने भएको छु
चोट र अभाब भोग्ने बानी भएको छ जीवनमा
भिजन गुरागाईं
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger