Home » , » रामचन्द्र चौधरीका ७ गजलहरू _(04-08-2014)

रामचन्द्र चौधरीका ७ गजलहरू _(04-08-2014)

NepaliTalim | 1:00:00 PM | 0 comments
Ram Chandra Chaudhari
१. गजल 
अचेल अलि सारै दबाव मा छ जिन्दगी |
थोरै भन्दा धेरै अभाव मा छ जिन्दगी ||

जता-ततै, तेरो मेरो मपाइको खाडल मात्रै |
यो तामझाम देखि तनाव मा छ जिन्दगी ||

कोहि गगन छोई सके, आफ्नो भने यहाँ |
तरंग बिहिनको यो बहाव मा छ जिन्दगी ||

आडम्बरी यो दुनिया बीच चल-खेल धेरै |
अनि त सबैमाझ नकाव मा छ जिन्दगी ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

२. गजल
सकिन त्यो तिम्रो बनावटी मुस्कान चिन्न म |
गल्तिहरु मेरै थियो दोष तिमीलाई दिन्न म ||

ति तिम्रा इच्छाहरु अनि चाहनाहरु पुरा गर्न |
आफ्ना दु:ख बेची सकिन खुशीहरु किन्न म ||

साथ छुट्यो, नाता टुट्यो हुँदाहुँदा अचेल यहाँ |
आफ्नै ठान्नेहरु माझ बिस्तारै भए भिन्न म ||

फेरी नि ति सम्झनाका पलहरु मनमा साँच्दै |
तिम्रो प्यारमा बाध्य छु मद्होस भै हिन्न म ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

३. गजल
माया र प्रित बिनाको छुट्टै संसार नहोला |
मैले जति हजुरलाई गर्ने कतै प्यार नहोला ||

खुशी छौ रे भुलेउ मेरो मायालाई पराईसामु |
तर मेरो जस्तो माया उसमा अपार नहोला ||

सुनकै बडेमान महल भए पनि उसंग हजुर |
म जस्तै माया गर्ने दिलको दरबार नहोला ||

टाढियो तिमि एकाएक यो जिन्दगीबाट सानु |
यो जीवनमा अब कुनै खुसीको बहार नहोला ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

४. गजल
बगैचा बीच फूल्ने सुन्दर फूल नहुँला हजुर |
तिमीले खोजेको घरानिया कुल नहुँला हजुर ||

तकदिर कहाँ मेरो मन्दिरमा चढिने फूलसरी |
मत मन्दिरमा फहराउने तुल नहुँला हजुर ||

खै के? कुन्नि प्यासहरु हजुरको लहराउँदो |
त्यो अतृप्त प्यासहरु मेट्ने मूल नहुँला हजुर ||

भूल गरेर कहिले कसैको चित्तहरु दु:खाउँदिन |
कतै मत स्वीकार्न मिल्ने भुल नहुँला हजुर ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

५. गजल
बर्षातमा रिमझिम झर्ने झरी हुनु तिमी |
आकाशमा निर्बाध उड्ने चरी हुनु तिमी ||

दु:ख, पीडाले अतालिएको छ समाज यहाँ |
दु:खहरु, पीडाहरु हर्ने परी हुनु तिमी ||

जता हे-यो भेदभावको खाडल मात्रै यहाँ |
तर समानताको प्रतिमूर्ति सरी हुनु तिमी ||

साँच्चै सबैलाई प्यार बाँड्ने फूल जस्तै |
हरेक आँगनी, डालिहरु भरी हुनु तिमी ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल


६. गजल
मिलन पछि, निकैनै दु:खद बिछोड थियो |
तिमि छुट्टिने बाटोमा घुम्ती - मोड थियो ||

तिमिसंगै खुशीले रमाएका पल मन भित्रै |
उमंगहरु त्यहाँ अनेकन जोड - तोड थियो ||

प्रितमय संसार थियो, झुमेको थियो तिमी |
त्यही बीच चुम्बनहरुको निकैनै होड थियो ||

थोरै मेरो थोरै तिम्रो प्रितमय मिलनहरुको |
आहा ! त्यो पलहरु साच्चैनै बेजोड थियो ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

७. गजल
कुना, कन्दरा हरेक आँगनबाट उठ्नु पर्छ अब |
एकतामा बाँधिन हरेक नेपाली जुट्नु पर्छ अब ||

सत्ताशिन अगुवा देश फुटाउने होडमा छ्न यहाँ |
तर नेपाली खबरदारी आवाज फुक्नु पर्छ अब ||

रोएकी छिन नेपाल आमा, रोएको छ नेपाल |
आऊन सबै मिली उनको आँसु पुछ्नु पर्छ अब ||

के पहाड, के हिमाल, के तराई सबैतिरबाट |
हातेमालो गर्दै एकताको माला उन्नु पर्छ अब ||
रामचन्द्र चौधरी
मुनुवा गा.वि.स. - ४, कैलाली, नेपाल

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger