Home » , » गजल-मेरा आस्था मेरा विश्वास (रन्जना न्यौपाने )-14-08-2014

गजल-मेरा आस्था मेरा विश्वास (रन्जना न्यौपाने )-14-08-2014

NepaliTalim | 1:53:00 PM | 0 comments
रन्जना न्यौपाने 
मेरा आस्था मेरा विश्वास,बाचेका छन् तिम्रा लागी ।
लुकाइ नयनमा आसु ,हासेका छन् तिम्रा लागी ।

जहाँ जाउ साथी तिमी ,सधैं उन्नती प्रगती गर्नु
टाढा भएनी मनले मनलाई,गासेका छन् तिम्रा लागी ।

उत्साहले भरिएका ,सपनालाई साकार पार्दै यहाँ
रमाउदै बुलबुल पनि ,नाचेका छन् तिम्रा लागी ।

पर्खाइे यो कस्तो आज,राम्रो लाग्छ सबै किन
आउछौ भन्दै पुष्पहरु ,भाचेका छन् तिम्रा लागी ।

धुन आयो मिठो मिठो,बहकने गरी मनहरु
मृत्‍यु सँग जिन्दगी ,साटेका छन् तिम्रा लागी ।

रन्जना न्यौपाने
चरिकोट,दोलखा

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger