Home » , » मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)- 29-Aug-2014

मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)- 29-Aug-2014

NepaliTalim | 3:21:00 PM | 0 comments
1. मुक्तक  
सुरुमा मुसुक्क मुस्काउनु भो  
हँसाउनुभो अनि फसाउनु भो 
पूरै प्राण कब्जा गरिसकेपछी त
अनि जिन्दगीभर रुवाउनु भो 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
05-06-2014

२. मुक्तक   
बेफ्वाँकमा उस्ले शंका गरेर । 
आज गएको छ हमला गरेर । 
तबसम्म लडिरहेछु म पनि 
अतिन्जेल उम्कला दंगा गरेर । 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
25-06-2014


३. मुक्तक  
भट्टीमा बुद्ध सोच्नै सकिन्न
अब फेरि युग्द सोच्नै सकिन्न 
अत्माले शान्ती मागिरहेछन
शन्ती अबरुद्द सोचै सकिन्न
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
29-06-2014

४. मुक्तक  
प्रेम गर्न पनि सिकायो उसैले । 
बाचाहरु पनि बँधायो उसैले । 
जिन्दगी सुन्दर देखाएर अन्तत
हँसाउन सिकाई रुवायो उसैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
30-06-204

५. मुक्तक  
देउता जस्तै हुन्छन् कोहि कोहि त
मुटुमै बास चुन्छन् कोही कोही त  
मनको तार मन सँग जोडिदिएर 
सँगै हाँस्छन् रुन्छन् कोही कोहि त 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
01-07-2014

६. मुक्तक  
जब जब मनहरु मनलाई छुन्छन् ।
भावनाका बस्तिहरु मन भित्र हुन्छन् ।
आउनुस सुनाउनुस भएभरका कुरा
हेरौला सिर्जनाले कोको हाँस्छन् रुन्छन । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
15-07-2014

७. मुक्तक
यो मुटु फेरबदल गर्न सकिन्न । 
सकिन्न अन्तै पहल गर्न सकिन्न । 
घरमा छलफल गरी कुरा मिलाउँ
हाम्रो प्रेम असफल गर्न सकिन्न । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
23-07-2014
  
८. मुक्तक  
उस्लाई भुल्न सक्ने सम्भबनै छैन । 
मलाई जिन्दगीले ठग्ने सम्भबनै छैन । 
ए भाग्य सक्छौ भने खोसेर देखाउ
अब यो राम बाट बच्ने सम्भबनै छैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
25-07-2014

९. मुक्तक  
मित्रतामा कुनै पनि स्वार्थ हुन्न बुझ्नुहोला
साथी कस्तो चाहियो आफैलाइ सोध्नुहोला
दु:खको समयमा हात दिने को को थिए भनेर
चिन्न असल साथिहरु मन भित्र खोज्नुहोला ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
03-08-2014

१०. मुक्तक  
फेरी कुनै न कुनै बाहाना खोज्नु छ । 
लालाबाला भोकैछन् खाना खोज्नु छ । 
ए सरकार यो बस्तिमा राहत पठाइदे
घरखेत बगायो पालको छाना खोज्नु छ । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
04-08-2014

११. मुक्तक  
पहिला तिमी बाट मन अलग्याइयोस 
अनि त्यो मुटु र धड्कन अलग्याइयोस
ए बाबा पैसाकै घमण्ड कति गछर्यौ मैसाप
लौ पख्यौली सम्पतिको चलन अलग्याइयोस 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
04-08-2014


१२. मुक्तक  
मलाई वारी बाट आज पारी गरिएको छ ।
बिर्सिदिनु भनि आदेश जारी गरिएको छ । 
उस्को साथीले भन्छे अब केही दिनमै उस्को
धुमधाम शुभ बिबाहको तयारि गरिएको छ । 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
05-08-2014


१३. मुक्तक   
सुरुसुरुमा प्रेमको मिठो सर्बत पिलाउनु भो । 
त्यसपछी क्लियोपेट्रा झै हर्कत देखाउनु भो । 
म बिचरा जब पूरै प्राण सुम्पिसकेको के थिएँ
तत्काल मेरो मृत्युदण्डको जरुरत सुनाउनु भो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
06-08-2014

१४. मुक्तक  
बाटो, सपना र गन्तब्य बर्बाद बनाएँ मैलै ,
हो साथी जब पत्थर सँग दिल लगाएँ मैले ,
प्रेमले सर्बस्व सखाप पर्छ थाहा हुँदा हुँदै ,
उज्यालो मिल्लाकी भनि आफ्नै घर जलाएँ मैले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
05-08-2014

१५. मुक्तक  
यहाँ दोष तिम्रो अलिकती पनि छैन । 
मुटु दुखेको कतै ओखती पनि छैन । 
हौ तिमी नै रोग तिमीनै संजिबनी 
तर छैन बचाउने सहमती पनि छैन । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
07-08-2014

१६. मुक्तक  
गएकोथेँ पूर्व तिर पस्चिम पुगिएछ । 
कहाँ कहाँ थाहै पाइन खुबै चुकिएछ । 
फर्किआए घर पुग्दा रातै पर्यो बरै
थाहा भयो जिन्दगीको बाटो भुलिएछ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
08-08-2014

१७. मुक्तक  
मन पराउने हजार हुन्छन् मेरा पनि थिए । 
गुलाब दिए चिठ्ठिदिए फिर्ता पठाइ दिएँ । 
जस्को पछि पछि लागेँ आज सम्म मैले 
अन्तै गईन पराई भईन एक्लै एक्लै जिएँ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
07-08-2014

१८. मुक्तक  
गरिबको दुख देख्दा ईश्वर भागी हिड्यो । 
सरकारले के देलाखै उल्टै मागी हिड्यो ।
श्रमिकले दिनरात परिश्रम गर्छन्
पैसाजति धनिकैपो पछि लागि हिड्यो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
09-08-2017

१९. मुक्तक  
लाग्छ उत्सब मनाउन मेरो मलामी आयौ तिमीले । 
फेरी किन चिहानमा रातो गुलाब चढायौ तिमीले । 
गल्ती सिर्फ त्यति थियो तिमीलाई मायाँ गरिरहेँ 
धन्यवाद मलाई मृत्युदण्ड दिई आफु बचायौ तिमीले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
12-08-2014

२०. मुक्तक  
के कुरा गर्नु खै मायाँ भन्ने आँधीको । 
मनाउ उत्सव तिमी मेरो बर्बादीको ।
बिक्रिमा पठाइदियो मेरो मुटु कलेजो 
यस्तो हर्कत थियो मेरो प्रिय साथीको 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
16-08-2014

२१. मुक्तक  
यता धुरु धुरु रुँदा ताली थियो उता । 
मेरो हैन उस्कै माया जाली थियो उता । 
अन्तिममा हैसियतमा कुरा नमिलेको
धन भन्ने चिज शक्तिशाली थियो उता । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
19-08-2014

२२. मुक्तक  
तिमीलाई यो मुटुमा सजाई राखेको छु । 
यादहरुको ताजमहल बनाई राखेको छु । 
यो दुनियालाई थाहा नदेउ हल्ला होला
चुपचाप हाम्रो माया बचाई राखेको छु । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
20-08-2014

२३. मुक्तक   
भगवान ले भगवान पठाए जगतमा । 
त्यसैले बा र आमा बनाए जगतमा । 
त्यो भन्दा ठूलो पुण्य कहीँ पनि मिल्दैन  
आमा बा को चरण समाए गजतमा । 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
25-08-2014

२४.मुक्तक 
बेकारको सुरुवात गरिरहेछौ
मेरो समय बर्बाद गरिरहेछौ 
छैन मलाइ प्रेम गर्नु छैन 
फजुल कुराम पस्चाताप गरिरहेछौ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
24-08-2014

२५. मुक्तक   
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप ।
           

Thank you 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger