यादहरु पनि पालै पालो आउन थाले
आज फेरी बिगतले सताउन थाले
..
आफ्नाहरु नभएकोमा पछुतो छैन
यी सबै आफ्ना हुन्छन् कमाउन थाले
..
फूलले बिझाउन थालेपछी मुटु भित्र
काँडा टेक्दा पैताला मुस्कुराउन थाले
..
हो रहेछ बा जिन्दगी कठिननै रहेछ
मन परेकै जुक्ताले खुट्टा दुखाउन थाले
लक्ष्मी श्रेष्ठ
मंन्थली ८, चिसापानी, रामेछाप
गजलको कार्यक्रम बुलबुलको अंक ८१ मा बाचन भएको
गजल- यादहरु पनि पालै पालो आउन थाले (लक्ष्मी श्रेष्ठ) -2082-01-25
मुक्तक दोहोरी - शब्दको खेलाडी Vs सफर जिन्दगी -27-04-2026
शब्दको खेलाडी Vs सफर जिन्दगी
सुरुवाती मुक्तक :
धेरै दुःखी सक्यो मन भो फकाउन नआऊ अब
मारे जस्तो लाग्छ झन् भो फकाउन नआऊ अब
आखिर मैले तिमीलाई चाहेर निकै ठूलो गल्ती गरेँ
टुक्रियो यो निर्दोष बदन भो फकाउन नआऊ अब ।।
शब्दको खेलाडी ✍️
उत्तर :
दुखेको मनमा महलम लगाउछु के छ बिचार?
मायाले तिम्रो छेउछाउमा आउँछु के छ बिचार?
यदि मलाई हृदयदेखि नै चाहेका हौ भने तिमीले,
सधैभरि तिमीलाई खुसी बनाउछु के छ बिचार?
सफर जिन्दगी ✍️
उत्तर :
चर्किएको ऐना जस्तो मन् जोडी दिन्छ कसले अब
हाम्रो प्रेमको विरोधीको जाल तोडी दिन्छ कसले अब
आखिर तिमीलाई मन मुटुले माया गर्दा बदनामी पाएँ,
ओइलाइ गए मेरा प्रेमका बाग गोडी दिन्छ कसले अब?
शब्दको खेलाडी ✍️
उत्तर :
ऎना जस्तो चर्किएको हाम्रो मन हामी जोडौँ अब
हामी बिचको बिरोधीको जालो हामी तोडौँ अब
म रहुन्जेल तिमीलाई कसैबाट बदनाम हुन दिने छैन,
असल बाटो रोज्नुपर्छ ती विगत हामी छोडौ अब।
सफर जिन्दगी ✍️
उत्तर :
कसरी जोडिन्छ भनी देऊ ऐना सरी फुटेको मुटु
मिल्दैन हाम्रो जात भात अनी व्यर्थै टुटेको मुटु
भन्ने मात्र हो म छु भनी तर हेर आज रुँदा म,
कसरी फर्काउन सक्छौ खुसी अनी लुटेको मुटु।।
उत्तर :
टुटेको मनलाई जोडी आएकी छु हेर्नुस् त,
जात जातिय विभेद हटाएकी छु हेर्नुस् त,
अब सधै सधैलाई तिमी रुँदा आँसु पुछ्ने,
माया मिसाएर रूमाल पठाएकी छु हेर्नुस् त।
सफर जिन्दगी ✍️
उत्तर :
हिजो प्रेमको बाटो छेक्ने तिम्रै नजिकका देख्यौ र?
कमजोर बनाउने हाम्रो प्रेममा सकुनी चाल भेट्यौ र?
आँशु सुकेर नयन रितियो अब कदापि छैनन् बग्ने ,
हामीले बनाएको स्वर्णिम मायाको आँगनमा टेक्यौ र??
शब्दको खेलाडी ✍️
उत्तर :
हामीलाई कमजोर बनाउनेहरू आफैँ जल्नेछन्,
स्वर्णिम मायाको आँगन टेक्दा दनदनी बल्नेछन्,
आँसु सुक्यो तिम्रो नयनमा सजिन्छन खुसीका सपनाहरू,
हाम्रो प्रेमको बाटो छेक्नेहरू ठाँउको ठाँउ ढल्नेछन्।
सफर जिन्दगी ✍️
उत्तर :
मैले पर्खिने हरेक बाटो गल्लीहरूमा इन्तजार थियो
हाम्रो माया त कमजोर थिएन त्यहाँ सब गद्दार थियो
अब विश्वास बलियो हुनेछ यति चाहे तिमी संग,
सुन मेरी मायालु हाम्रो माया प्रेम चोखो अपार थियो।।
शब्दको खेलाडी ✍️
उत्तर :
तिमीले पर्खिने गल्लीहरूमा इन्तजार मेरै हुनुपर्छ,
गद्दार जसले गरेपनि तिमीले चुम्ने निधार मेरै हुनुपर्छ,
विश्वास,भरोसाले हाम्रो जीवन चलाउँ वाचा गर,
छुट्टिनु मर्नु परे नि मुनामदनको जस्तो प्यार हुनुपर्छ।
सफर जिन्दगी ✍️
उत्तर :
हरेक मेरो पर्खाइमा तिम्रै पाइलाहरूको आगमन होस
हाम्रो मिलनको परीक्षाहरु एक दिन स्वर्णिम बन्धन होस
बाचा कसम होइन प्रिये बुढा सुब्बाको भाकल गर्छु,
तिम्रै काखमा मर्नुनै परेमा दुई - मुटु एकै धड्कन होस्।।
शब्दको खेलाडी ✍️
उत्तर :
दुई मुटुको एकै धड्कन हुने रहर पूरा गरिदेउ
लगाउने छैनन् यो दुनियाँले नजर पूरा गरिदेउ,
बुढा सुब्बाको भाकल गरि,माग्न आउँनु घरमा,
जोडेर मेरो नाम पछि तिम्रो थर पूरा गरिदेउ।
सफर जिन्दगी ✍️
उत्तर :
मेरो मुटुमा तिम्रो धड्कन सगोल हुनेछ एक दिन
पापी नजरको अन्त्य गरेर तिमीलाई आउँछु लिन
खेर जाने छैन हाम्रो अनी हामीले भाकल गरेको,
जब तिमीलाई दुलही बनाउँछु अनी साँचो प्रेम चिन।।
शब्दको खेलाडी ✍️
उत्तर :
त्यो धड्कनकाे सगोल सफा हृदयमा सजाएर लानु
पापी नजर त्यस्तै हुन् बा-आमालाई फकाएर लानु
अनि मात्र विश्वास गर्छु,यी मठ मन्दिर भगवान् तिमीमा,
गरगहना चाहिदैन एक धर्को सिन्दूरले आफ्नो बनाएर लानु।
सफर जिन्दगी ✍️
उत्तर :
हृदय भरिको माया तिमीलाई रगतको सिन्दुर हाल्नेछु
जात भातले भरिएको कुसंस्कार जरै देखि उखाल्नेछू
विश्वास अनी अटुट बन्धनको डोरीले बाँधेर लानेछु म,
धनको गरीब भएर के भो मनको उज्यालो दियो बाल्नेछु
शब्दको खेलाडी ✍️
उत्तर :
तिम्रो औंठा काटेर मेरो सिउँदोमा रगत भर्नु,
समाजमा कुसंस्कार अन्त्य भएको अवगत गर्नु,
हाम्रो अटुट बन्धन चुडाउन हतियारले पनि सक्ने छैन,
हुनेछन् ब्रह्माण्ड चकित जहाँ प्रेमको ज्यति छर्नु।
सफर जिन्दगी ✍️
उत्तर :
रहरले भन्छ मलाई पनि तिम्रो सिउँदोमा मेरै हात होस
समाजको अघि झुक्दैन प्रेम तिम्रो मेरो एकै जात होस
हतियारले कहाँ डराउछौँ र लड्नेछौ युद्ध प्रेमको मिली,
ब्रह्माण्डको करोडौं तारा मिलेर भोलि शुभ प्रभात होस।।
शब्दको खेलाडी ✍️
उत्तर :
भएर बस्न पाउँ सधै तिम्रो अनि परिवारमा प्यारी,
समाजले जे सोचोस परिवारमा लागि हुनेछु संस्कारी,
जति लड्नु लडिसक्यौं प्रेमको मामिलामा समाजप्रति,
तिमीले श्रीमती बुवाआमाले स्विकार्नु भयो बुहारी,
सफर जिन्दगी ✍️
उत्तर :
हुनेछौ जीवन पर्यन्त तिमी मेरो कुलको संरक्षक सधैँ
परिआए खानदानको इज्जत राख्न प्रयास अथक सधैँ
मेरो कुल र पुर्खाहरूको आशीर्वाद सधैं शिरमा होस्,
भावी पुस्ता हुनेछन् भोलि तिम्रो नाउँमा नतमस्तक सधैँ।।
शब्दको खेलाडी ✍️
उत्तर :
इज्जत होस् घर परिवारमा अरू जेजस्तो मर्म स्वीकार्छु,
परापुर्वकालदेखि चलिआएको सबै कुल धर्म स्वीकार्छु,
यदि पुर्खाहरूको आशीर्वाद सधै मेरो शिरोपर भयो भने,
जिउँनलाई जीवन पर्यन्त गर्नैपर्छ कर्म स्वीकार्छु।
सफर जिन्दगी ✍️
उत्तर :
म जन्मेको यही माटोमा इज्जतले तिम्रो साथ मर्न पाउँ
मेरो संस्कार संस्कृति सँगै तिम्रो भएर बैकुण्ठ तर्न पाउँ
प्रकृतिको काखमा सधैं सुस्ताएर अँगालोमा सदैव,
पुर्खाहरूको एक एक सम्झनामा मिलेर फूल छर्न पाउँ।।
शब्दको खेलाडी ✍️
उत्तर :
संस्कार दिई जिउँन सिकाउने तिमी पाएँ बा-आमाको साटाेमा,
जन्मजातको हाम्रो इज्जत नबिलाओस् ढुङ्गा अनि माटाेमा,
डाफे मयूर झैँ प्रकृति र तिम्रो काखमा रमाउदै रमाउदै,
तिम्रै हात समाएर हिड्न पाउ हर गल्ली अनि बाटोमा।
सफर जिन्दगी ✍️
उत्तर :
सुम्निमा झै माया गर्ने जीवनसाथी पाएकोछु मैले
सातै जन्म नछुट्टिने अविरल माया लाएकोछु मैले
प्रकृतिको सातै रङले अब सजाउनेछु तिमीलाई म,
जुनी जुनी तिम्रै भएर जन्मिने कसम खाएकोछु मैले।।
शब्दको खेलाडी ✍️
उत्तर :
तिम्रो अविरल मायाबाट टाढीने दिन नआओस् जानीजानी,
यत्ति माया गर्ने जीवनसाथी पाउने म,कति भाग्यमानी,
माया नै मायाको रंगले सजिएर रङ्गिचङ्गी भएर जीवनभर,
पाएको यो जीवन तिमीसँगै बिताउँछु सारा जिन्दगानी।
सफर जिन्दगी
....
समाप्ति मुक्तक
टाढिने छैन तिमीबाट ढुङ्गा को भर माटो बन्छु म
जति दोबाटोहरु आए पनि नछुट्टिने पाटो बन्छु म
रंगीन हुनेछन् भविष्य हाम्रो विश्वास राखी बाँचेपछि,
तिम्रो हरेक संघर्षको लक्ष्य पुर्याउने बाटो बन्छु म।।
शब्दको खेलाडी ✍️
समाप्त
गजल- दुःख मेरै हो दर्द मेरै हो उनले दिएका यी चोट मेरै हो (शब्दको खेलाडी )
दुःख मेरै हो दर्द मेरै हो ,उनले दिएका यी चोट मेरै हो
संका मेरै हो रिस मेरै हो ,नभएका पनि खोट मेरै हो।।
..
कहदै छु म मेरा कहानी कोर्दै एउटा निरस गजल
कलम मेरै हो शब्द मेरै हो, मायाको चिनो कोट मेरै हो।।
..
पारी बनमा गुराँस फुल्दा कोसेली आउँथे थुँङ्गा
सुवास मेरै हो रङ्ग मेरै हो,सिंचाइ नगरेका बोट मेरै हो।।
..
नभएको होइन इच्छा बन्ने अटुट जीवनसाथी
आश मेरै हो सास मेरै हो,हैसियतले नपाएका भोट मेरै हो।।
..
मन मिले पनि अकुत धन नभए पछि साथमा
हार मेरै हो प्रहार मेरै हो,विकल्पमा टाढिने अठोट मेरै हो।।
शब्दको खेलाडी ✍️
विराटनगर 6
मुक्तकहरू - साथमा तिहार विशेष २ मुक्तकहरू पनि - राम शरण श्रेष्ठ
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी,रामेछाप
..
विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।
इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।
मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी
मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।।
17th Nov 2012
खै मान्छे आत्मा हो कि शरिर
कता जान्छ होला मरेर आखिर
के मृत्यु पछि पनि जिन्दगी होला
आत्मा मर्दैन भने किन लाग्छ पिर
राम शरण श्रेष्ठ
30-Oct-2014
हुनेछु यति बेखबर सोचकै थिएन ।
तिमी सँगको सफर सोचेकै थिएन ।
म आफ्नै धुनमा हिँडिरकेको थिएँ
देला गुलाबले ठक्कर सोचेकै थिएन ।
राम शरण श्रेष्ठ
30-Oct-2013
नकाब पछाडी अनुहार भिन्दै छ ।
बास्तबमा उस्को विचार भिन्दै छ।
जे देखिन्छ उ त्यस्तौ हुँदै हैन
पर्दा पछाडी सुरसार भिन्दै छ ।
राम शरण श्रेष्ठ
30-Oct-2013
नबनेका जोडिहरु होलान् कतिकति
कहाँ हुन्छ सचेजस्तै सधै सहमती ।
जिन्दगीका बाटाभरी सधै काँडै काँडा
समयले पनि सधै दिन्छ किन क्षती ।
राम शरण श्रेष्ठ
30-Oct-2013
चालकको लापरबाहिले दुर्घटना हुन्छ ।
अनि निर्दोशको मृत्यु सँग सामना हुन्छ ।
जाँड रक्सि खराब हुन् पिउँदै नप्यूनु
नत्र मृत्युको भयानक यातना हुन्छ ।
राम शरण श्रेष्ठ
30-Oct-2013
यो दुनियाँ रहुन्जेल पृथ्वी रहुन्जेल ।
चन्द्र सुर्य अनि जिन्दगी रहुन्जेल ।
यो समयले जुन कुनामा लगेपनी
नेपाली नै रहनेछु ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
30-Oct-2013
गजलकार एच.एल. गौतमको तिज विशेष गजल - 09-08-2023
गर्दै छौ त....के तयारी? यो सालको तिजमा...!!
वर्त पुजा राखी हौली...,वाधा अड़्चन हर्न...!
देवी देउता खुशी पारी, यो सालको तिजमा...!!
मेरी सानु कती राम्री, देखीन्छ्यौ खै कुन्नी ...!
सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!
भित्री मनमा गुम्सिएका, पिड़ा पन्छाएर...!
दु:ख पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!!
जे माग्ने छौ त्यही दीन, सम्भव भयो भने...!
ल्याई दीनेछु तारा झारी, यो सालको तिजमा...!!
रमाउने छौ मिली-जुली, आउने महान चाड़मा...!
एक जुट् भई नर र.. नारी यो सालको तिजमा...!!
[[2"केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!
गर्दै छौ त....के तयारी? यो सालको तिजमा...2"]]
सर्जक- एच.एल. गौतम
(अर्घाखाची) खनदह3!
हाल- भारत।।
NLK नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र Bank तथा ConnectIPS बाट भुक्तानी गर्ने?
CIT NLK Fatwari Entry and Payment Online through Connect IPS Ready to Upload । नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र बैंक तथा कनेक्ट आईपिएस बाट भुक्तानी गर्ने ? । NLK Office Scheme Collection Sheet Entry in Nepal । CIT Office Scheme Collection Sheet Entry in Nepal । NLK Office Scheme Collection Sheet Entry and Pay Online
Namaskar, Ajako Yo Video ma hami nagarik lagani kosh (Citizen Investment Trust) ko online phatwari Fatwari Kasari Bharne sathai Online Phatwari Print Garera Bank ma kasari paisa jamma garne tatha Online Connect IPS marfat nagarik lagako koshko kosh katti rakam kasari bhuktani garne full complete process sathai online fatwari bharne ra bhuktaniko demonstration example sahit dekhaunechhau.
Citizen Investment Trust Website (CIT NLK) : www.nlk.org.np
नागरिक लगानी कोषले अब कोषकट्टीको विवरण अनलाईन मात्र लिने भएको हुँदा कोषकट्टीको अनलाईन विवरण बुझाउनको लागि नागरिक लगानीकोषमा सहभागीहरुले अनिवार्य कार्यालय लगइन लिनुपर्ने हुन्छ । जसको लागि अनलाईन फारम भरी एक निवेदन सहित अट्याचगरी अनलाईन निवेदन दिन सकिन्छ र सो निवेदन स्विकृत भए पस्चात इमेलमा लगइन युजरनेम र पासवर्ड प्राप्त हुनेछ तत्पस्चात कार्यालय लगइन गरि फाँटवारी विवरण बुझउन अनलाईन भरि फाँटवारी विवरण कनेक्ट आईपिएस बाट या बैकमा उक्त फाँटवारीको भौचर डिपोजिट स्लिप प्रिन्ट गरी बैकमा चेक या नगद जम्मा गरि भुक्तानी गर्न सकिन्छ । यसरी भुक्तानी गरेको रकम नागरिक लगानीकोषले रुजु गरेपस्चात अनलाईन फाँटवारी बमोविम योगदानकर्ताहरुको खाता–खातामा स्वत जम्मा हुनेछ साथै अनलाईन फाँटवारी बुझाउनेहरुले नागरिक लगानीकोषमा कोषकट्टीको फाँटवारी विवरण कार्यालयमा हार्डकपि बुझाईराख्नुपर्दैन ।
यस भिडियो अन्तर्गत हामी के के गर्नेछौ ।
१. नागरिक लगानी कोषको अनलाईन म्यानुअल फाँटवारी भर्न सिक्नेछौं ।
२. नागरिक लगानी कोषको टेम्म्लेटमा एक्सलमा भरेको फाँटवारी अपलोड गरेर फाँटवारी भर्न सिक्नेछौं ।
३. नागरिक लगानी कोषको फाँटवारी भौचर कसरी प्रिन्ट गर्ने र बैंकमा कोषकटिट्ी रकम जम्मा गर्ने ।
४. नागरिक लगानी कोषको फाँटवारी भरेर अनलाईन भुक्तानी कनेक्ट आईपिएर बाट गर्ने ।
५. नागरिक लगानी कोषको भुक्तानी भई सकेको फाँटवारी कसरी प्रिन्ट गर्ने ।
६. नागरिक लगानी कोषको कार्यालय रिपोर्ट बाट कर्मचारीको कोष कट्टिी स्टेटमेन्ट कसरी हेर्ने ।
७. नागरिक लगानी कोषको अनलाई कर्मचारीको स्टेटमेन्ट कार्यालय रिपोर्ट स्टेटमेन्ट कसरी हेर्ने तथा रिपोर्ट हरु कसरी प्रिन्ट गर्ने ।
कर्मचारीको कोष कट्टी रकम नागरिक लगानी कोषमा Online बुझाउने प्रक्रिया,
CIT NLK phatwari Fatwari Kasari Bujhaune,
Citizen Investment Trust Online Fatwari Submission Process,
How to pay Online CIT NLK Retirement Scheme Fund through Online,
Ngarik Lagni Kosh Online Payment Process
Citizen Investment Trust Kosh Katti Online Payment Process,
CIT NLK Payment Online Payment through ConnectIPS,
ConnectIPS Corporate Pay to Nagari Kagani Kosh,
nagarik lagani kosh phatwari
phatwari kasari bujhaune,
nlk phatwari bujhaune prakriya,
nlk eservice bat phatwari bujhaune prakriya,
CIT NLK Fatwari Entry and Payment Online through Connect IPS-Ready to Upload
नागरिक लगानी कोषको कर्मचारी बचतबृद्दी अवकास कोषको कोष कट्टी फारम कसरि बुझाउने । नागरिक लगानी कोषको कोषकट्टी रकम जम्मा गर्ने फाँटवारी नमूना । नागरिक लगानी कोषको अनलाइन अवकाश कोषकट्टी कसरि भर्ने । नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने । नागरिक लगानी कोषको कोषकट्टी बैंक तथा कनेक्ट आईपिएस बाट भुक्तानी गर्ने । नागरिक लगानी कोषको कोषकट्टी फाँटवारी अनलाईन कसरी भर्ने र Bank तथा ConnectIPS बाट भुक्तानी गर्ने?
Watch Tutorial
नयाँ वर्षको शुभकामना गजलहरू -राम शरण श्रेष्ठ

गजल १
नयाँ वर्ष २०६९ को पुर्व सन्ध्यामा लेखिएको यो गजल आउँदै गरेको इसं २०१४ को पूर्व सन्ध्यामा फेरी पनि । यो गजल गजलका शेरहरुमा नयाँ बर्ष विशेषमा बाचन भएको थियो ।
Wish you Very Very Happy Upcoming New Year 2015
२.गजल
शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।
भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।
जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।
कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।
उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप
April 2012
यो बुलबुलको श्रृंखला १३७ मा २०६९ को नयाँ वर्ष विशेषको रुपमा बाचन थियो :
Click Here to Listen Bulbul episode 137
गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)
नागरिक लगानी कोषको अनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस लगइन कसरी लिने? Apply for Online Office Username and Password from Citizen Investment Trust
सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023
गाउ घर फर्की अब टोल बनाउँछु।
युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु।
बस्दिन म प्रवासमा फर्की आफ्नै देश,
कोका कोला पेप्सी जस्तै झोल बनाउँछु।
आफ्नै बन पाखाको कपास बटुलेर,
म शिरक बनाउँछु खोल बनाउँछु।
स्वदेशमै सबै थोक उत्पादन गरी,
किसानलाई सुहाउने मोल बनाउँछु।
जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो,
हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।
रोशन खड्का,
सहरे दोलखा।
२. गजल
तिमी मेरो जिन्दगीमा खोट बनि रह्यौ।
विना सित्ती मुटू भित्र चोट बनि रह्यौ।
फिरतीलाई तराजूमा जोखी हिड्यौ कठै!।
अनि आज बहु मुल्य नोट बनि रह्यौ।
खडेरीको झार जस्तै नासिदा जिन्दगी।
अर्कै एक बसन्तको बोट बनी रह्यौ।
विना काल मरौँ भने मर्न सकिएन।
जेन-तेन बाँच्नै पर्ने अठोट बनि रह्यौ।
जिन्दगीले दुख रोज्यों मैंले पनी तेही।
सुख भन्नू तिमी थ्यौ विछोट बनी रह्यौ।
@रोशन खड्का।
सहरे दोलखा।
३. गजल
म भन्दा'नी धनी केटा पायौ भने विहे गर्नू।
अन्त कतै चोखो मायाँ लायौ भने विहे गर्नू।
बाध्यताले गर्दा म त गाउँ छोडी हिडेको छु।
म नआई , सिँउँदो भर्न चायौ भने विहे गर्नू।
अति सुन्दर् रङ्ग थियो रेशमीले बनेको थ्यो।
अर्कैलाई त्यो पछ्यौरी ओ-ढायौ भने विहे गर्नू।
बाँसुरीमा मेरो धुन बज्दा नाच्थ्यौ रमाउँथ्यौ।
आज बेग्लै धुन् सित र-मायौ भने बिहे गर्नू।
हल्लाहरु सुनेको छु भाव-विह्वल् भा'की छ्यौ रे!
उसकै यादमा नयन् रु-झायौ भने विहे गर्नू।
गोधुलीमा डुबेको घाम् विहान् न'भै देखीदैन।
साच्चै *रोशन्*बाट धोका खायौ भने विहे गर्नू।
रोशन खड्का
सहरे दोलखा।
४. गजल
सुन्दर फूल फूली रहोस् तिम्रो दिल्को बगानमा।
थोरै ल्याई चढाई दिनू मेरो चिता चिहानमा।
डिग्री रह्यो सिरानीमै काम कतै भेटिएन।
विदेश् जाउँ भने सित्तै लादैन रे! विमानमा।
याद् आउँदा मेरी प्रिया हेर्दी हुन कहिले काहीँ।
एक तस्वीर छोडेको छु उनी सुत्ने सिरानमा।
बाह्र बर्षे आन्दोलनमा लड्दा लड्दै 'बाबा' विते।
आमा ढलीन् मझेरीमा लास आयो दलानमा।
व्यर्थै भयो फूल अक्षता चढाउनू देवतालाई।
ईस्वर हुँदा रहेनछन् मन्दिरको चट्टानमा।
रोशन खड्का।
सहरे दोलखा।
५. गजल
हात्को गुलाब् हातमै रह्यो तिमी आईनौ।
आशुँ झर्यो पातमै रह्यो तिमी आइनौ।
युगौँ देखी चोखो मायाँ साँचे पनी मैंले।
अछुत् मेरो जातमै रह्यो तिमी आईनौ।
प्रणयको शुभ्- संन्ध्या भेट्न आउँछु भन्थ्यौ।
आखिर् वात वातमै रह्यो तिमी आईनौ।
तिमीलाई भनी मैंले उपहार् साँचेको थे।
साथ्मा थियो साथमै रह्यो तिमी आईनौ।
हुलै हुलको विच्मा पनी एक्लै भएँ म,
दिन'नी मेरो रातमै रह्यो तिमी आईनौ।
रोशन खड्का।
सहरे दोलखा
६. गजल
संघार' नाघी घर भित्र पस भन्न सकिन।
उनिलाई आज मैले बस भन्न सकिन।
धेरै पछी अनायासै आगनीमैं भेटेथेँ।
आसुँ बनिन् नयनमा खस भन्न सकिन।
गला भरी पोते थिए सिउँदोमा सिन्दूर थ्यो।
तेसैले बाहु पासमा कस भन्न सकिन।
होलीकाको प्रसाद् भन्थी, हात्मा रातो रङ्ग थ्यो।
आउ प्रिय लाउ मधू:रस भन्न सकिन।
धेरै कुरा साचेको थेँ उनिलाई भन्छु भनी।
अचानक् मुटू काँप्यो क्रमश: भन्न सकिन।
रोशन खड्का
सहरे दोलखा
७. गजल
नौलो कथा बोकेको छ मेरो खास जिन्दगीले।
र त! लिन सकेन याहाँ अबकास जिन्दगीले।
यौटा साथी भेटेको थेँ उकालीमा उतै रह्यो।
उनिलाई त दिई रह्यो मधुमास जिन्दगीले।
बेग्ला बेग्लै बनेको छ उन्को मेरो जीवन् शैली।
महलमा र झुपडीको दियो वास जिन्दगीले।
बाँच्नै पर्दो रैछ आखिर जति मुटू दुखे पनी।
भट्टी भित्र दिन चर्या रोज्यो तास जिन्दगीले।
जब मलाई सड़क पनी घर जस्तै लाग्न थाल्यो।
फर्की हेर्न चाहेन याहाँ ईतिहास जिन्दगीले।
रोशन दोलखा
सहरे दोलखा।
८. गजल
'ऊ'जितेर गई म हारेर आएँ,
पथ्थरमा मुटु बझारेर आएँ ।
कमजोर प्यून कहाँ छु र म?
बोतललाई खाली पारेर आएँ।
भक्कानो परि नरुनू आमा,
बा-को हिसाब उतारेर आएँ।
वैरीले सिमा मिचेको ठाउमा,
राष्ट्रिय झण्डा सारेर आएँ।
हत्यारो 'रोशन' भनेनी भनून्।
यौटा देश द्रोही मारेर आएँ।
रोशन खड्का
सहरे दोलखा।
९. गजल
मान्छे मान्छेका कहानी बेग्लै हुदो रहेछ।
जीवन् सैली आनी-बानी वेग्लै हुदो रहेछ।
हिजो हाम्ले केही रात सँग्-सँगै काटेपनी।
धन् दौलतको सिरानी बेग्लै हुदो रहेछ।
धेरै मायाँ गर्दा रैछन् छोडी जाने मान्छेहरु।
तेसैले त जिन्दगानी बेग्लै हुदो हदो रहेछ।
प्रायः मेरो हातमा बोतल् हुन्छ। तास हुन्छ।
जी'रहनूको मर्दानी बेग्लै हुँदो रहेछ।
समयको गती संगै यात्रा गर्न नजान्दा।
गन्तव्यको निशानी वेग्लै हुँदो रहेछ ।
रोशन खड्का
सहरे दोलखा।
१०.गजल
जिन्दगी गुजार्न तेती सजिलो हुदैन।
विग्रेसी सुधार्न तेती सजिलो हुदैन।
यदि तिम्ले चोखो माया गरेकी छ्यौ भने।
अरुले विगार्न तेती सजिलो हुदैन।
मैले सारा जिवन् जगत् अर्पी सकेको छु।
तिमीले नकार्न तेती सजिलो हुदैन।
दुर्गन्धले भरिएको हाम्रो राजनिती।
सजिलै बढार्न तेती सजिलो हुदैन।
युवालाई वालुटार् पठाउँ भने पनी ।
यि नेता पछार्न तेती सजिलो हुदैन।
विना सित्ती शहरमा किन ढोल् पिटीन्छ?
*रोशन*लाई मार्न तेती सजिलो हुदैन।
रोशन खड्का
सहरे दोलखा।
रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023
बिहान बेलुका जसोतसो चुलो त बलिरहेको छ
बाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेको
संङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छ
दुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछ
बाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछ
देख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन कि
भित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छ
लाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुर
दिनको घाम अनि रातमा जुन पनि गलिरहेको छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
२. गजल
शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छ
बिहान बेलुका जसोतसो चुलो त बलिरहेको छ
बाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेको
संङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छ
दुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछ
बाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछ
देख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन कि
भित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छ
लाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुर
दिनको घाम अनि रातमा जुन पनि गलिरहेको छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
३. गजल
दिन ढल्यो आज उसै रात पनि ढल्दै छ
मन गल्यो आज उसै पन पनि गल्दै छ
जलोस जिन्दगीमा के( के जल्ने हो मेरो
खुन जल्यो आज उसै मुटु पनि जल्दै छ
काटे रगत रातो हुन्छ किन भयो बिभेद
श्रम चल्यो उसको बल्ल पानी चल्दै छ
आवज मेरो बन्द भयो सुन्ने कोहीँ भए
उसले सुन्यो बल्ल अब कसले सुन्दै छ
राख्नु छ भने ईमान सधै भरि यसै गरी
बगैंचामा फुलायो फुलहरु फेरि फुल्दै छ
निषेध गर्यो उसले, बनायो बन्धक हजुर
सबको खुल्यो ईतिहास बिस्तारै खुल्दै छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
४. गजल
जीवन भर्नु छ यहि हातले सुन्दर फुल झै
बगाएर पसिना देशमै बनाउनु छ मुल झै
नभएको हैन भएर पनि भिक मागिरहेछ
कैले बिकास हुन्छ जोडेर नदिको पुल झै
राखेर बाँझो खेत र बारी बन्द गरेर ढोका
लस्कर लागेर हिडेको छ बांदरको हुल झै
बनाउनु छ भन्छौ सम्बृद्वी यहाँ खै कसरि
हिड्छौ परदेश किन सम्झि आफ्नै कुल झै
बेचेर के पायो पसिना,जीवन उतै सकायो
अनि कहानी बनेर बस्यो मनमा चुलवुल झै
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
५. गजल
हेर्दा कोही कोही मानिस हैन दानव लाग्छ
यो वलिदानमा उसको भन्नू पर्दा के त्याग्छ
चिहानबाट पनि सलवलाएर यहाँ सबै सबै
मरेका भुत प्रेत आत्माहरू फेरि किन जाग्छ
य मनुवा मानवलाई किन भ्रम छर्दैछौ यहाँ
तिम्रा बक्रे बखानको पछि त कसले समात्छ
लाग्दो हो तिम्रो चाकडीको मालिक भगवान
तर परिवर्तन लाई गिजालेर के खिचडी पाक्छ
परिवर्तन गर्ने हो आंफै बाजा बजाएर आउदैन
त्यहीँ गर्व गर मनुवा ब्याज खाएर स्याज ताक्छ
कुर्लिनलाई कुर्ल कुर्लिनलाई पनि त छुट नै छ
यस्तै कुमतिमा यहाँ सारा जन्ता त्यसै भाड्छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
नेपाली रोचक अडियो कथा "प्यारोडक्स"।। "The Paradox" - Nepali Audio Story Book
नेपाली कथा बाचन
कथा शिर्षक : प्यारोडक्स
लेखनक : उल्लेख नभएको
साभार : सामाजिक संजाल फेसबुक
बाचन -चिसापानी नेपाल
The Audio Novel- Story - Paradox in Nepali
प्यारोडक्स कथा
*****
विद्यार्थीले शिक्षकसंग सोधे- सर प्यारोडक्सको अर्थ के हो?
शिक्षकले भने- यसको लागि एक उदाहरण दिन्छु। मानौ कि दुई व्यक्ति म कहाँ आए एक जना एकदमै सफा सुग्घर र अर्को एकदमै फोहरी। यदि मैले उनीहरूलाई नुहाउन भने अब तिमीहरू भन कि उनीहरू मध्ये कसले नुहाउँछ होला?
विद्यार्थीले भने- जो एकदमै फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, सफा सुग्घर व्यक्तिले नुहाउँछ किनकी उसलाई नुहाउने बानी परेको हुन्छ जबकी फोहरी व्यक्तिलाई सफाईको महत्व नै थाहा हुँदैन। अब भन कसले नुहाँउछ रे?
विद्यार्थीले भने- सफा सुग्घर व्यक्तिले, सर।
शिक्षकले भने- होइन, फोहरी व्यक्तिले नुहाउँछ किनकी उसलाई सफाईको आवश्यकता हुन्छ। सफा सुग्घर व्यक्तिलाई सफाईको आवश्यकता नै हुँदैन। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- जो फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, दुबैजना नुहाउँछन् किनकी सफा व्यक्तिलाई नुहाउने बानी हुन्छ भने फोहरी व्यक्तिलाई नुहाउने आवश्यकता हुन्छ। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- दुबै जना नुहाउँछन्, सर।
शिक्षकले भने- गलत, कोही पनि नुहाउँदैनन किनकि फोहरी व्यक्तिलाई नुहाउने बानी नै हुँदैन भने सफा सुग्घर व्यक्तिलाई नुहाउने आवश्यकता नै हुँदैन। अब भन को नुहाउँछ रे?
विद्यार्थीले भने- कसैले पनि नुहाउँदैनन्, सर।
एक जना विद्यार्थीले सोधे- सर, तपाई हरेक पल्ट फरक-फरक जवाफ दिनु हुन्छ तर हरेक जबाफ सहि झैं लाग्छन्। हामीले सही जबाफ के हो भनेर कसरी थाहा पाउने?
शिक्षकले भने- यही नै प्यारोडक्स हो। आज भोलि बास्तविकता के हो भन्ने महत्वपूर्ण हुँदैन। महत्वपूर्ण त न्यूज च्यानल र सोशियल मिडियाहरूले के लाई सही साबित गर्न चाहन्छन् त्यो नै महत्वपूर्ण हुन्छ।
अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book
Listen to Audio Book on YouTube
गजलको कार्यक्रम बुलबुल BULBUL (15-02-2023/2079-11-03) गजलकार शेखर बस्नेत सँगकाे अन्तर्वाता विशेष : Listen and Download
प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)
प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।
-२) मुक्तक-सरुभक्त
बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ
धर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छ
मान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छ
तर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ ।
-३) मुक्तक-सरुभक्त
नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।
-४) मुक्तक-सरुभक्त
बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्
उच्चता अनि महानता के हुन्, मनमा कतै सुझन सक्दैनन्
मौसम बदलिएझैँ गरी प्रेम पात्र बदली हिँडेपछि
बिहानीको चोखो शीत परी ती प्रेमले रुझन् सक्दैनन् ।
-५) मुक्तक-सरुभक्त
प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैँ
दिनरात साथ नछोडने मनको प्रिय मितझैँ
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैँ ।
-६) मुक्तक -सरुभक्त
प्रत्येक क्षण मुटुको ढुकढुकीमा तिमी आए जस्तो लाग्छ
सत्य भन्छु प्रत्येक सासमा तिमी छाएजस्तो लाग्छ
प्रेम गरेर मैले जीवनमा जे गुमाए पनि
बेहिसाब-बेहिसाब मैले आफैंलाई पाएजस्तो लाग्छ ।
प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।
-८) मुक्तक-सरुभक्त
तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।
-९) मुक्तक-सरुभक्त
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए ! नसाले बेहोस बनी प्रेमका कुरा गर्नेहरू !
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।
-१०) मुक्तक-सरुभक्त
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ
चरित्रले बेदाग मानौँ सुनकेशरी रानीझैँ
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैँ ।
-११) मुक्तक-सरुभक्त
प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न
ए ! नक्कली प्रेमको कुरा गरी आफैलाई भुलाउनेहरू !
विनाआस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।
-१२) मुक्तक-सरुभक्त
प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर
घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर
जीवनको घुम्तीभित्र सलाई नजिक देखे पनि
तिमी आफ्नो मनभित्र बासनाको रोटी बेल्ने नगर ।
-१३) मुक्तक-सरुभक्त
तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।
-१४) मुक्तक-सरुभक्त
प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।
-१५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।
-१६) मुक्तक-सरुभक्त
यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्
रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भै म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।
-१७) मुक्तक-सरुभक्त
जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन
बसेपछि मनमा त्यसले सौभाग्यको सीमा नाघ्दैन
जिन्दगीको प्रत्येक मोड ढुक्ढुकीहरूले भन्छन् यहाँ
प्रेम यस्तो बहार हो जुन आइ फेरि कतै भाग्दैन ।
-१८) मुक्तक-सरुभक्त
बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ
मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ
जिन्दगीको मुल्य खोज्दै बाहिर किन भौंतारिनु
प्रेम भए आफै भित्र दिव्य-अनमोल ताज छ ।
-१९) मुक्तक-सरुभक्त
प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु
मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु
जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि
मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु ।
-२०) मुक्तक-सरुभक्त
प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु
तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु
समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्
तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिँड्छु ।
-२१) मुक्तक-सरुभक्त
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।
-२२) मुक्तक-सरुभक्त
जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कति, एक-एक गरी छोडिन्छ
ए ! रूपको बजारमा आफैलाई बेची हिँडनेहरू !
प्रेममा सक्रान्ति भै जीवनको बाटो मोडिन्छ ।
-२३) मुक्तक-सरुभक्त
विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्
अरुका अधिकारहरू घुत्न सक्छन्, माया घुत्न सकदैनन्
उन्मादले ग्रस्त भै जति विशाल सेना खडा गरे पनि
मायालाई पराजित गर्न मायालु मनभित्र जुट्न सक्दैनन् ।
-२४) मुक्तक-सरुभक्त
प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्
प्रेमको इतिहासका अध्येताझैं बनिरहन्छन्
म कसरी सम्झाऊँ प्रेम आफैंमा एक दृष्टि हो
तर हरे ! अबुझहरू अँध्यारोका दीप गनिरहन्छन् ।
प्रेमभन्दा पवित्र यहाँ कतै कुनै तीर्थधाम हुँदैन
जिन्दगीको प्रत्येक सासमा आफैंसँग सोधिहेर
प्रेममा व्यर्थ अहंको पनि कुनै राम हुँदैन ।
-२६) मुक्तक-सरुभक्त
प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर
चुनौतीहरू आए भने आफैंदेखि भाग्ने नगर
घामछायाँ जिन्दगीका रङ्गहरू यस्तै हुन्छन्
युद्ध सम्झी प्रेमलाई तोपगोला दाग्ने नगर ।
-२७) मुक्तक-सरुभक्त
प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्
हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्
इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू
महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।
-२९) मुक्तक-सरुभक्त
कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ
दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ
समयको चक्र यहाँ जति उल्टो घुमे पनि
आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।
-३०) मुक्तक-सरुभक्त
ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु
हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु
के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी
म अनादिदेखि अनन्त मायामा आफ्नो उपस्थिति जनाइरहन्छु ।
-३१) मुक्तक-सरुभक्त
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।
-३२) मुक्तक-सरुभक्त
थोरैले साँचो माया गर्छन धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।
-३३) मुक्तक-सरुभक्त
प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू
साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू
बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए
मानवताको आकाशमा कहाँ चम्कन्थे साँचो प्रेमका ताराहरू ?
-३४) मुक्तक-सरुभक्त
बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ?
नसानसामा तातो रगतले मायाको घर बुन्न र ?
समयलाई साक्षी राखे, समय आफै बदली जान्छ
मनमा माया भए कतै, मायाले माया छुन्न र ?
-३५) मुक्तक-सरुभक्त
घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ
कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ
ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ
प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।
-३६) मुक्तक-सरुभक्त
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।
-३७) मुक्तक-सरुभक्त
प्रेम प्रेम हो उमेरको कुनै रहर होइन
प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन
प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !
प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।
-३८) मुक्तक-सरुभक्त
म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।
-३९) मुक्तक-सरुभक्त
प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन
प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन
कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?
प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।
-४०) मुक्तक-सरुभक्त
प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्
उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्
सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि
प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।
-४१) मुक्तक-सरुभक्त
स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ
नबुझेर होइन, सबै कुरा जानाजान छ
हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर
मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।
-४२) मुक्तक-सरुभक्त
प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर
दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर
प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन
त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर ।
-४३) मुक्तक-सरुभक्त
खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्
हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्
कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध
कि तिनका ढुकढुकीहरूमा मायाका असंख्य विश्वासहरू हुन्छन् ।
-४४) मुक्तक-सरुभक्त
आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म
समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म
विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि
आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।
-४५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।
-४६) मुक्तक-सरुभक्त
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
सरुभक्त
साभारः प्रेम यात्रा
खिजिदिम्बा ओखलढुंगाका गजलकार शेखर बस्नेतज्यूको दमदार गजल -निशूल्क पाए अनि अलकत्रा पान गरे..
निशूल्क पाए अनि अलकत्रा पान गरे ।
.............
ज्यूँदाहरुले देशमा केही गर्छन् भनेर
ठाउँठाउँमा मरेकाहरुले मतदान गरे ।
...........
जनमत लगेर रुखमा झुन्ड्याउनेहरुले
समाजसेवा गर्छु भनेर जमान गरे ।
.........
मान्छेले बाँदरलाई अमुल्य भोट दिए
त्यसपछी बाँदरले कुर्सी तानातान गरे ।
.........
शेखरले ज–जस्लाई गर्घन काटेर दियो
तिनीहरु सबैले मासुको दोकान गरे ।
शेखर बस्नेत
खिजिदिम्बा ओखलढुंगा, नेपाल ।
अनलाइनमा काम गरि कमाउने मौका - नेपाली अनलाइन कमाई गर्न सकिने वेबसाइट आयो (Earn Money without Investment in Nepal)
कसरी कमाई गर्न सकिन्छ ?
यस वेबसाईटमा खाता खोलेल विना लगनी विभिन्न कामहरु टास्क पूरा गरेवापत नेपाली पैसा कमाउन सकिन्छ । विशेषगरी अर्न सेक्सनमा गएर सर्भेहरु पूरा गर्नुपर्ने, सफ्टवेयर तथा मोबाइल एपहरु परिक्षण रिभ्यु गर्ने लगायतमा विभिन्न कामहरु पुरा गरेबापत रिवार्ड नेपाली रुपैयाँमा प्राप्त गर्न सकिन्छ त्यस्तै अफरवालमा गेम, सर्भे, भिडियो हेर्ने लगायतका विभिन्न टाक्स पूरा गर्न पाउनुहुनेछ र त्यसबापत रिवार्ड स्वरुप नेपाली रुपैयाँ प्राप्त हुन्छ ।
आफुले टास्क पुरा गरेर कमाएको पैसा न्युनतम रुपैया १० हुनासाथ फन्ड मेन्युमा गएर इसेवा, खल्ती, आइएमई पे, सेलपे, सजिलो पे मा निकाल्न सकिन्छ ।
गजल- छध्म भेष धारी कति हुन्छन हुन्छन
Muktak Mala मुक्तक माला -329 (2076-12-02) : Download
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(2076-12-02)
नमस्कार साथीहरु, आज मिति 2076 चैत्र 02 गते (15-March-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download
Download : Click Here to Download
Download : Click Here to Download
गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो
परदेश जाने यो मेरो ठहर भयो
जीवन धान्न यहाँ सधैं कहर भयो ।
लालपुर्जा साहुको बन्दकिमा पर्या छ
त्यसैले घुट्को पानी पनि जहर भयो ।
काम खोजौ यहाँ पाउन गाह्रो भयो
एक छाक सितो देख्न पनि रहर भयो ।
काम र दाम साम हुनेका लागि भयो
बेसिको गोठ मेरो लागि शहर भयो ।
आयका श्रोत बन्जर तार टाारी भयो
घडााको पानी अब नहर भयो ।
नाम : तेजनाथ दंगााल
ठेगाना : चाबहिल काठमाडौं
Note : Copyright Reserved with Writer



















