गजल बिम्ब (2070-12-13/27-03-2014) : Download

NepaliTalim | 10:31:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-12-13/27-03-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2070  चैत्र 13 गते तदनुसार 27-March-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजल बिम्ब (2070-12-06/20-03-2014) : Download

NepaliTalim | 5:34:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-12-06/20-03-2014)
Email : gajalbimba@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2070  चैत्र 06 गते तदनुसार 20-March-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

BULBUL 238 : (26-03-2014/2070-12-12) गजलकारहरू शबु शुधा र निर्मला थापा सँगको अन्तर्वाता बिशेष : Download

NepaliTalim | 11:46:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 238
Host : Achyut Ghimire  
Date : (26-03-2014/2070-03-12)

आजको बुधबारिया बुलबुलमा ताप्लेजुङका गजलकार शबु शुधा र नुवाकोटका निर्मला थापा सँगको अन्तवार्ता बिशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 चैत्र 12 गते तदनुसार 26th March-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 238) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 238

स्मृतिका पाना (2070-12-10/24-03-2014) : Download

NepaliTalim | 5:03:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
 (2070-12-10/24-03-2014)


नमस्कार साथीहरु,
आज मिति 2070 चैत्र महिनाको 10 गते तदनुसार 24-March-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 96- वहकिने मन (2070-12-10/24-03-2014) : Download

NepaliTalim | 4:28:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-12-10/24-03-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

नमस्कार,

आज मिति 2070 चैत्र 10  तदनुसार 24-March-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 96 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Episode : 87 (यो साँझ यो सुबाश-25-03-2014) - Download

NepaliTalim | 11:28:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(25-03-2014 /2070-12-11)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 चैत्र महिनाको 11 गते तदनुसार 25th March 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-87 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
कहाँ कसरि सुन्ने 'यो साँझ यो सुबाश' : 
नेपालका रेडियोहरु: 
रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
लगायतका रेडीयोहरु, 
Listen and Download

Download : Click Here to Download Episode 87

यो श्रृंखलामा बाचन भएको मेरो गजल
मुटु फेर्न पाए, जाति हुने थियो ।
कित तिमी आए, जाति हुने थियो ।

जून तारा टिपी, ल्याएकोछु मैले
उपहार समाए, जाति हुने थियो ।

सगरमाथा जस्तै, भयो यादहरुको
यादै नपठाए, जाति हुने थियो ।

प्रेमको ताजमहल, ढल्न लागेकोछ
छिट्टै आई बचाए, जाति हुने थियो ।

निको हुने छैन, अब औषधीले
बरु बिष पिलाए, जाति हुने थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
(यो गजल लयबद्द गरिएको छ )

मुक्तककार अबिरल सागर सौगात १० मुक्तकहरू_25-March-2014

NepaliTalim | 11:26:00 AM | 0 comments
मुक्तक (१) 
पिडा माथी पिडानै थपीदियो ।
पहिले भन्दा अचेल बढीदियो ।
उनले मलाई धोका दिए पछी ।
सराब पिउने बानी परीदियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (२)
न तलाई दियो न मलाई दियो ।।
मेरो जिवन नरक बनाई दियो ।।
र'त मनमा उमंग छैन जोस छैन।
आज समयले मलाई हराई दियो।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (३)
उस्तै छजिन्दगीको काहानी तिम्रो पनि मेरो पनि ।।
आसुले भिजेको छ सिरानी तिम्रो पनि मेरो पनि ।।
सधैभरी दु:खलाई आत्मा साथ गरी बाच्नु पर्ने ।।
यस्तै रहेछ भाग्यको लेखानी तिम्रो पनि मेरो पनि।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२८ फागुन २०७० —

मुक्तक (४)
कति गर्छौ कुरा ढाटेर अब ।।
पिरतीका कुरा बाटेर अब ।।
नदेखाउ झुठो माया मलाई ।
अरुसंग मनमुटु साटेर अब ।।
©Abiralsagar saugat
saljhandi-1 rupandehi
nepal

मुक्तक (५)
 गन्तव्यमा पुग्न साथ दिउला के भो र ।।
मित्रताको अमृतसंगै पिउला के भो र ।।
मन-मुटु को सहयात्री बनिसके पछी ।।।
सुख दु:ख बाडीचुडी लिउला के भो र ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक (६)
आँधि आउने छ अनि तुफान आउनेछ ।
हेरौ कस्लाई बचाउन भगवान आउनेछ।
शौचालयमा ईश्वर राखेका छन् अचेल ।
नजानुस है मन्दिर अब मसान आउनेछ ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१६ फागुन २०७० —

मुक्तक( (७))
शंका मात्र किन गर्छौ ढाटेको छैन प्रिय ।
अन्तकतै पिरती मैले गासेको छैन प्रिय ।
म'त सधै भगवान बुवाआमा सरी मान्छु ।
शौचालयमा ईश्वर राखेको छैन प्रिय।।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक ((८))
उकालो पछी पक्कै ओरालो आउनेछ ।
हेर्दै जाउ गरीबको पनि पालो आउनेछ ।
जब पसिनाको कमाइ किसानपाउदैनन्।
तब विरोधगर्दै सडकमा कोदालो आउनेछ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१५ माघ २०७०

मुक्तक ((९))
मेरो नि तिम्रो जस्तै पुरानो इतिहास थियो ।।
श्रीमती छोराछोरी सानो एउटा बास थियो ।।
अचानक पड्कियो बम गोला बन्दुकहरू ।।
घरमा आउदा यत्रतत्र छरिएको लास थियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही

मुक्तक ((१०))
चाहेर नि उनलाई भुल्न सकिन।
उनको जिबनमा फुल्न सकिन।।
न तिम्रो गल्ति थियो न त मेरो।।
खै कसको गल्ती भो बुझ्न सकिन।।
©अबिरल सागर सौगात
 सालझण्डी-१ रूपन्देही

श्रृंखला ४४- मुक्तक माला (23-12-2014/2070-12-09) : Download

NepaliTalim | 10:12:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
 (23-12-2014/2070-12-09) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 09 गते तदनुसार 23 March 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गजलकार अजय पारषका ५ गजलहरू_24-March-2014

NepaliTalim | 1:23:00 PM | 0 comments
1.गजल
जिन्दगीको सफर पनि कता कता मोडिन्छ ;
बहकिएर यो मन त्यही फूलसंग ठोकिन्छ ।।

म आफ्नै नजर बाट छुटिएर हराकोछु यार ;
सायद मेरो लास अब उन्कै बस्तीमा भेटिन्छ ।।

बडा जालीम छ यो जमना होस् गर्नु होला ;
अमृत देखाएर बोतलको जहर पिलाईन्छ ।।

अचेल फूललाई भमराको विस्वास रहेन ;
त्यसैले हो कि जीवन संगिनी नि  पनि बदलिन्छ ।।

कयौं रात टुहुराहरू पानी पिएर निदाएकाछन् ;
सरकार भने आफ्नै दरवारमा व्यस्त देखिन्छ ।।
अजय पारष
अछाम

2. गजल
यो मुटु जलाएर खरानी बनाउँछु ..!
म हाम्रो पिरती कहानी बनाउँछु ..!!

छातीमा टेकेर जाने ऐ निष्ठुरी ..!
तिम्लाई एकदिन दिवानी बनाउँछु ..!!

ज्युदै जलाई जलाई न मार यसरी..!
जन्म जन्म साथको जिन्दगानी बनाउँछु ..!!

युद्धको शंख त तिमीले बजायौ ..!
लडेर म प्रेमको निशानी बनाउँछु ..!!
अजय पारष
अछाम

3. गजल
दर्शनबाट जन्मिन्छ सुन्दर संसारको परिकल्पना ।
अनि मार्ग सुनिस्चित हुन्छ,विचारको परिकल्पना ।।

तिमी कता हराएकाछौं ? त्यो पापी दुनियाँमा ।
एकछिनकै सोच हो नगर बेकारको परिकल्पना ।।

के तिमी अल्यै नै थाकि सक्यौ मुटुलाई हेर त ।
गरीरहेछ जिवन भर लगातारको परिकल्पना।।

कोही गुलाब देखाएर मलाई रोक्न खोजि रहेकोछ ।
किनकी उन्लाई चाहेकोछ मेरो घरवारको परिकल्पना

4. गजल
यसरी नि चलिरहेछ सफर गिन्दगीको ;
पानी मुनिको जीवन बगर जिन्दगीको ।

हर साँझ पानी पिएर जूनमा निदाउँनेहरू ;
कल्यै बुझ्दैनन् आफ्नो रहर गिन्दगीको ।

चारैतिर झिलि-मिली उज्याल्यै देखिन्छन् ;
तर अँध्यारो छ मेरो शहर जिन्दगीको ।

के दोष थियो मेरो बिना कसूर बन्दी बनायौ ;
पिंजडाको सुगा भन्छ छैन भर जिन्दगीको ।

मलाई आफू भन्दा पनि देश प्यारो लाग्छ ;
छाति खोलि लड्छु म छैन डर जिन्दगीको ।।
अजय पारष ,
हाल अछाम

नयाँ बुलबुल - 26 : (22-03-2014/2070-12-08) : Download

NepaliTalim | 3:18:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 26
Date :(22-03-2014/2070-12-08) 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 चैत्र 08 गते तदनुसा 22-03-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -26) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download :Click Here to Download

टिकाराम सिंहका ६ गजलहरू_23_March_2014

NepaliTalim | 2:55:00 PM | 1comments
1.गजल  
आफन्त ठानेर होलाकी दुस्मनलाई पनि
घात गरेको यो मुटुले धड्कनलाई पनि

मस्त निदाउदा देखेको सपनाझै लाग्यो
तोडेर जाँदाखेरी उस्ले बन्धनलाई पनि

बिद्वानहरु यसरी बिद्वान भएका हुन
शिरोपर गरेर मुर्खका बचनलाई पनि

साहुले घरबार लीलामा गरेझै गरीबका
लीलाम गरियो आफ्नै जिबनलाई पनि

भेटिदैन "टिकाराम"बिलय भईसक्यो
तलास गरेनि धर्ती र गगनलाई पनि
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

2.गजल 
कमजोर नठान्नु कहिल्यै दुस्मनलाई पनि
घात गर्न सक्छ मुटुले धड्कनलाई पनि

मस्त निदाउदा देखेको सपना झै लाग्यो
तोडेर जाँद उस्ले पवित्र बन्धनलाई पनि

बिद्वानहरु यसरी बिद्वान भयका हुन
शिरोपर गरेर मुर्खहरुका बचनलाई पनि

गरीबहरुका घरबार लीलामा गरेझै साहुले
लीलाम गर्नुपर्दो रहेछ यो जिबनलाई पनि

अब 'टिकाराम'बिलय हुँदैछ सधैंका लागि
भेटिदैन छापा मरेर धर्ती र गगनलाई पनि
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

3.गजल 
मुक्ती पाउला नसोचेनी हुन्छ कालबाट
लास पनि आउन सक्छ अस्पतालबाट

चाहिने भन्दा बड्ता माया पाइयो भने
बुझेहुन्छ है बेचिदैछु भनी दलालबाट

कमिलाले हात्तीलाई नि सानो देख्छअरे
हेर्यो भने पहाड अनी अग्ला पर्खालबाट

मजदुरलाई शोषन गर्न खोज्यौभने यदी
चर्काउनेछन आन्दोलन रित्ता थालबाट

धनको घमन्ड गर्नेहरु यत्ती कुरा बुझ
कंगाल पनि भइन्छ है मालामालबाट
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

4.गजल 
यसरी यो समयसंग बादला लिनु छ
मेरा सारा दुस्मनलाई गुलाब दिनु छ

दु:खपर्दा भगवानलाई सम्झिन्छन अरु
मैले भने मेरा बाबाआमा सम्झिनु छ

घर भात्काउने हावाको अभियानबाट
मेरो घर जोगाउनु छ म जोगिनु छ

तिमीभने सिमा नाघी गयौ केही छैन
मैले अझै लाखौंजुनीसम्मा पर्खिनु छ

बाबाआमा र गुरुको अर्ती शिरमा राखी
खराब र दुश्कर्मदेखी टाढा पंछिनु छ
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

5.गजल 
हेर हेर उ त्यो तस्बिर तिम्रो अगाडि
किन देखिन्छ गम्भिर तिम्रो अगाडि

अरुबेला पत्थरजस्तै भए पनि अचल
हुँदैन मेरो यो मन स्थिर तिम्रो अगाडि  

म यसको रहस्य जान्न खोजिरहेकोछु
झुकाउछन फुलले शिर तिम्रो अगाडि

पठायौभने यदी बिछोडको पत्र तिमीले
म पठाउनेछु मृत शरीर तिम्रो अगाडि
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

6.गजल 
कसरी गयो उ अगाडि कुरा गर्दैमा
खेल्दै नखेलेको खेलाडी कुरा गर्दैमा

वास्तविकता नबुझी त्यसै आत्तिन्छ्यौ
जान्न म तिमीलाई छाडी कुर गर्दैमा

तिमी भने बडो विद्वान ठहरिने रे
म चाँही यहाँको गफाडी कुरा गर्दैमा

चराहरुले पनि मुद्दा हाल्न सक्छन
कसरी जलाउछौ ति झाडी कुरा गर्दैमा

आफ्नै देशको माया कस्लाई लाग्दैन र
छोड्न मुस्किल छ खाडी कुरा गर्दैमा
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

चार लाईन मुक्तक (2070-12-07/2014-03-21) : Download

NepaliTalim | 1:19:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-12-07/2014-03-21) 

नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 07 गते तदनुसार 21 March-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

दिपेन्द्र "अश्रुमाली" का ८ गजलहरू_23-March-2014

NepaliTalim | 1:15:00 PM | 0 comments
1.गजल

तिम्ले मैले गाउँने ,,,गित फरक रछ यहाँ ।।
एउटै हाँसो भए पनि ,जित फरक रछ यहाँ ।।

छुवा छुत जात धर्म,मान्ने हामी नभए नि ।      
तिम्रो मेरो बा आमाको,रित फरक रछ यहाँ ।।

आँखा आँखा जुधाएर,माया प्रिती बसे पनि ।
बुझ्दै जादा भित्र भित्रै,हित फरक रछ यहाँ ।।

तिमी परेउ पुर्ने रात्को,म परे ओउसी रात्को ।
त्यसैले बिहानिको , ,सित फरक रछ यहाँ ।।

भित्री मनमा छुरा राखी,मुसुक्क मुस्कुराउदै ।
माया जालमा फसाउने,प्रित फरक रछ यहाँ ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

2.गजल

भने हुन्छ खाडीमुलुक,नेपालीको बाँच्ने ठाउँ हो ।।
दु:ख धेरै भए पनि ,थोरै पैसा साँच्ने ठाँउ हो ।।

नँया ठाउँमा नयाँ कुरा , सिक्नधेरै पाए पनि ।
भित्र मन दु:खाएर,बाहिर बाहिर हाँस्ने ठाउँ हो ।।

बिदेसको कामले गर्दा, हातमा ठेला उठ्छ धेरै ।
नसोच्नु नेपालकिले,कान्छीसित नाच्ने ठाउँ हो ।।

मलेसिया साउदी  कतार ,जाने भनी नहेप है ।
नेपालको दु:खहरु , मिलाएर छास्ने ठाउँ हो ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

3.गजल
काम गर्न अल्छि मान्छन,भागवान मान्नेहरु ।।
मुर्तिलाई संसार ठान्छन ,,भगवान मान्नेहरु ।।

बाटोमा माग्नेलाई, , ना --ना थरी गाली गर्दै ।
धर्म गर्न मन्दिर जान्छन,,भगवान मान्नेहरू ।।

आधुनिक जमनाले,मान्छे गद्दार भयो भन्दै ।
लुकी लुकी रक्सी तान्छन ,भगवान मान्नेहरु ।।

मनमा हरेक अपराधको,, ,जाल बुनी राखेर ।
राम्रो हुने सफथ खान्छन ,भगवान मान्नेहरु ।।

बिज्ञानले संसारलाई,हात्मा आटाइ सके पनी ।
बोलबमको फेटा बान्छन , भगवान मान्नेहरु ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

4.गजल

छाडि जाने निस्ठुरिको, याद धेरै आउँछ किन ।।
उस्कै रूप उस्कै तस्बिर,आँखाभरी छाउँछ किन ।।

यो जूनिमा उस्लाई पक्कै ,नपाउने था हुँदानी ।
हरेक रातको सपनिमा,यो मनले  धाउँछ किन ।।

साचो माया प्रेम गरी,ढुकढुकिमा राख्छ जस्ले ।
उसैले जिन्दगी भर , चोटै चोट पाउँछ किन ।।

निर्दोसी आँखा बाट , आँसु सधैं बगाउनलाई ।
निस्ठुरिले झुटो माया,छिन भरमा लाउँछ किन ।।

बियोगले गर्दा मन , एकान्तको काखमा पुग्दा ।
न्याउलिले जिस्काउदै ,बिरही गित गाउँछ किन ।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

5.गजल

आफ्नै कुरा माथि पार्ने, बानी ब्यमानी ।।
सिषर चढाइ तल झार्ने ,बानी ब्यमानी ।।

एतातिर घामको कुरा,उता जुनको कुरा ।
गर्दै मनलाई ठाउँ सार्ने ,बानी ब्यमानी ।।

सबैलाई जित्छु भनी ,गफ बाड्दै हिडि ।
रङ्गमन्चमा सधै हार्ने ,बानी ब्यमानी ।।

छिमेकिको खेतमा ,गाई बस्तु चराएर ।
आफ्नो भने बार बार्ने,,बानी ब्यमानी ।।

भोलीलाई साच्नु पर्छ, भन्दै सधैं भरी ।
मनको ईक्षा चाहा मार्ने ,बानी ब्यमनी ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

6.गजल

पिरतिमा तट्पिएर, टोलाउँनुको मजा बेग्लै ।।
दु:खाइमा अश्रु धारा,बगाउँनुको मजा बेग्लै ।।

सुरुवातमा पिरतिको , मुना हुँदै गर्दा खेरी ।
रिसाएको प्रेमिलाई ,फकाउँनुको मजा बेग्कै ।।

दाउरा घाँस,गाई गोठाला,जादा सबै मिली ।
जेठा दाइले बासुरि ,बजाउँनुको मजा बेग्लै ।।

मन परेको मान्छेको , हरेक राम्रो कुराहरु ।
खुशी साथ अरुसामु,बताउँनुको मजा बेग्लै ।।

आफ्नो मन्को कुरा सबै, मन भित्रै राखेर ।
परिवारको मुहार , हासाउँनुको मजा बेग्लै ।।  
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

7.गजल
नदुखेको मनलाई ,दुखाउने मान्छे धेरै ।।
दिनु पर्छ भनेर , लुकाउने मान्छे धेरै ।।

साथी भाइ मिलेर,राम्रो काम गर्दा गर्दै ।
रिस र डाहा गरी ,छुटाउने मान्छे धेरै ।।

आफ्नो जती गल्तिलाई, पर्दाले छोपेर ।
अरुको गल्तिहरु ,सुनाउने मान्छे धेरै ।।

मुखले संसार दिदै,सब्लाई मख्ख पार्दै ।
हेर्दा हेर्दै खोस्टामा,सुताउने मान्छे धेरै ।।

चाहिदा नउनी हुँदै,चिप्लो घसी लिएर ।
फिर्ता दिदा रिसले,बुझाउने मान्छे धेरै ।।
 दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

8.गजल
सुख भन्दा दु:ख धेरै,,, भेटिन्छ जीबनमा ।।
कल्पनामै सारा संसार, देखिन्छ जीबनमा ।।

दु:ख सुख हाँसो खुशी,तछाड माछाड गर्दा ।
कैले काँडा कैले फूल,,, टेकिन्छ जीबनमा ।।

यहीधर्ती जन्मथलो, हामी सब्को भए पनि ।
खैकिन हो फरक भाग्य,लेखिन्छ जीबनमा ।।

बसौँ बर्ष काम गरी, कमाएको नाम पनि ।
एकै पलको गल्तिले , मेटिन्छ जीबनमा ।।

चाहाना र रहरको , बाध्यताले गर्दा होला ।
पैसा सँग सारा खुशी , बेचिन्छ जीबनमा ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु
हाल मलेसिया

मेरो रचना (2070-12-09/23-03-2014) : Download

NepaliTalim | 1:03:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन  
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-12-09/23-03-2014)

नमस्कार साथीहरू,

आज मिति 2070 चैत्र 09 गते तदनुसार 23-March-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

BULBUL 237 : (19-03-2014/2070-03-05) : Download

NepaliTalim | 3:23:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 237
Host : Achyut Ghimire  
Date : (19-03-2014/2070-03-05) 


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 चैत्र 05 गते तदनुसार 19th March-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 237) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2070-12-06/20-03-2014) - Download

NepaliTalim | 12:47:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2070-12-06/20-03-2014)


आज मिति 2070 चैत्र 06 गते तदनुसार 20-02-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger