Home » , » टिकाराम सिंहका ६ गजलहरू_23_March_2014

टिकाराम सिंहका ६ गजलहरू_23_March_2014

NepaliTalim | 2:55:00 PM | 1comments
1.गजल  
आफन्त ठानेर होलाकी दुस्मनलाई पनि
घात गरेको यो मुटुले धड्कनलाई पनि

मस्त निदाउदा देखेको सपनाझै लाग्यो
तोडेर जाँदाखेरी उस्ले बन्धनलाई पनि

बिद्वानहरु यसरी बिद्वान भएका हुन
शिरोपर गरेर मुर्खका बचनलाई पनि

साहुले घरबार लीलामा गरेझै गरीबका
लीलाम गरियो आफ्नै जिबनलाई पनि

भेटिदैन "टिकाराम"बिलय भईसक्यो
तलास गरेनि धर्ती र गगनलाई पनि
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

2.गजल 
कमजोर नठान्नु कहिल्यै दुस्मनलाई पनि
घात गर्न सक्छ मुटुले धड्कनलाई पनि

मस्त निदाउदा देखेको सपना झै लाग्यो
तोडेर जाँद उस्ले पवित्र बन्धनलाई पनि

बिद्वानहरु यसरी बिद्वान भयका हुन
शिरोपर गरेर मुर्खहरुका बचनलाई पनि

गरीबहरुका घरबार लीलामा गरेझै साहुले
लीलाम गर्नुपर्दो रहेछ यो जिबनलाई पनि

अब 'टिकाराम'बिलय हुँदैछ सधैंका लागि
भेटिदैन छापा मरेर धर्ती र गगनलाई पनि
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

3.गजल 
मुक्ती पाउला नसोचेनी हुन्छ कालबाट
लास पनि आउन सक्छ अस्पतालबाट

चाहिने भन्दा बड्ता माया पाइयो भने
बुझेहुन्छ है बेचिदैछु भनी दलालबाट

कमिलाले हात्तीलाई नि सानो देख्छअरे
हेर्यो भने पहाड अनी अग्ला पर्खालबाट

मजदुरलाई शोषन गर्न खोज्यौभने यदी
चर्काउनेछन आन्दोलन रित्ता थालबाट

धनको घमन्ड गर्नेहरु यत्ती कुरा बुझ
कंगाल पनि भइन्छ है मालामालबाट
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

4.गजल 
यसरी यो समयसंग बादला लिनु छ
मेरा सारा दुस्मनलाई गुलाब दिनु छ

दु:खपर्दा भगवानलाई सम्झिन्छन अरु
मैले भने मेरा बाबाआमा सम्झिनु छ

घर भात्काउने हावाको अभियानबाट
मेरो घर जोगाउनु छ म जोगिनु छ

तिमीभने सिमा नाघी गयौ केही छैन
मैले अझै लाखौंजुनीसम्मा पर्खिनु छ

बाबाआमा र गुरुको अर्ती शिरमा राखी
खराब र दुश्कर्मदेखी टाढा पंछिनु छ
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

5.गजल 
हेर हेर उ त्यो तस्बिर तिम्रो अगाडि
किन देखिन्छ गम्भिर तिम्रो अगाडि

अरुबेला पत्थरजस्तै भए पनि अचल
हुँदैन मेरो यो मन स्थिर तिम्रो अगाडि  

म यसको रहस्य जान्न खोजिरहेकोछु
झुकाउछन फुलले शिर तिम्रो अगाडि

पठायौभने यदी बिछोडको पत्र तिमीले
म पठाउनेछु मृत शरीर तिम्रो अगाडि
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट

6.गजल 
कसरी गयो उ अगाडि कुरा गर्दैमा
खेल्दै नखेलेको खेलाडी कुरा गर्दैमा

वास्तविकता नबुझी त्यसै आत्तिन्छ्यौ
जान्न म तिमीलाई छाडी कुर गर्दैमा

तिमी भने बडो विद्वान ठहरिने रे
म चाँही यहाँको गफाडी कुरा गर्दैमा

चराहरुले पनि मुद्दा हाल्न सक्छन
कसरी जलाउछौ ति झाडी कुरा गर्दैमा

आफ्नै देशको माया कस्लाई लाग्दैन र
छोड्न मुस्किल छ खाडी कुरा गर्दैमा
टिकाराम सिंह 
खगेनकोट-९,मंसिरी जाजरकोट
Share this article :

1 comments:

Dhangiri phadera aaphanta said...

Sundar gazal sir

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger