Home » , » मेरा १० मुक्तकहरू (राम शरण श्रेष्ठ)- 06th March 2014

मेरा १० मुक्तकहरू (राम शरण श्रेष्ठ)- 06th March 2014

NepaliTalim | 9:49:00 AM | 0 comments
1.मुक्तक
मेरो कथाकी नायिका तिम्लाई बनाईदिएँ । 
अनि यो मुटु भरीभरी तस्विर सजाईदिएँ । 
सुरु अन्त तिमी बाटै हुन्छ सधै मेरो 
यसरी मैलै सिमा नाघेर मन पराईदिएँ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

2.मुक्तक
पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुलाईनै तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

3.मुक्तक
पखेटा काटेर उड्न लगाइन्छ ।
जिबितै मारेर निर्जिब बनाइन्छ ।
ति बिमारी जम्मै मरिसकेपछी
गाउँतिर बल्ल डाक्टर पठाइन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

4.मुक्तक
सक्छौ भने बिस्वास दिलाइदेउ । 
अनि आफैलाई सबित गराइदेउ । 
म त तिम्रै लागि समर्पितछु उस्तै 
सक्छौ मरिरहेको प्रेम बचाइदेउ । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

5.मुक्तक
म आउँदैछु बताउन तयारी कस्तो छ । 
पर्खाइमा छट्पटीको बिमारी कस्तो छ । 
म एउटा महायज्ञ सोचिरहेछु प्रेमको 
बताउन तिम्रोतिर पुजारी कस्तो छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

6.मुक्तक
कसैको दिल दुखाएर रमाउँछौ कती ।
बनेर चिल्ला भिखारी कमाउँछौ कती । 
केही आफै गरेर देखाउ ए नामर्दहरु 
खाली अरुकै पुच्छर समाउँछौ कती ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

7.मुक्तक
पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुलाईनै तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

8.मुक्तक
न सकिन्छ बढ्न अगाडी जिन्दगी ।
न सकिन्छ हट्न पछाडी जिन्दगी । 
म यस्तो मोडमा फसिरहेको छु 
भो खोज्दैछ लड्न कवाडी जिन्दगी । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

9.मुक्तक
अभिनय गर्छ पुजारी जस्तो ।
मलाई त लाग्छ भिखारी जस्तो । 
मुसुक्क हाँस्छ भेटी चढाउँदा 
देउताकै शिरमा सवारी जस्तो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

10.मुक्तक
न त मुटु फिर्ता दिन सक्छु मैले ।
न त बाचा फिर्ता लिन सक्छु मैले ।
कोही छैन मेरो बारे सोचिदिने
न त एक्लै एक्लै उभिन सक्छु मैले
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger