Home » , » गजलकार अन्जान यात्रीका ६ गजलहरू_(13-03-2014)

गजलकार अन्जान यात्रीका ६ गजलहरू_(13-03-2014)

NepaliTalim | 2:55:00 PM | 0 comments
अन्जान यात्री
१.गजल 
आखाँमा सपना अनि जिन्दगी राखेर।
आएको छु घरजग्गा बन्धकी राखेर।१

मैले रिनको बदला तम्सुकमा पनि।
आमा बाबा र गाउलाई साची राखेर।२

यो मनमा नहुने भाबना उत्पन हुन्छ।
लेखेको छु गजल आफ्नै कहानी राखेर।३

न उन्नति भएछ न प्रगती भएछ।
आए बिदेसमा आफ्नो सम्पती राखेर।४
अन्जान यात्री
सिगौडी ३

२.गजल
कहिले कस्को नहोलार त्यो मुटु नदुखेको॥
देखि सायद यि नारिका अस्मिता लुटेको॥

यि दुष्टनेताको नियत नै यस्तो भएर होला॥
पटक पटक देशमा रगतको खोला बगेको॥

कस्तो दसा लगाएछन देशको यि पापिहरुले॥
ईतिहास छ मसंग भाईभाई लडाई गरेको॥

किन बिर्सेछन बुद्धको आज्ञा अनि चाहाना।
खै कसरि बिर्सु मान्छेको हातमा हतगडी बाधेको॥
अन्जान यात्री
सिगौडी ३

३.गजल
उ त्रसित भएछ तिम्रो दबाब देखेर।
सय प्रश्न अनि त्यसको जफाब देखेर।

उ साह्रै पिडा सहेर उभिरहेछ किन?
होला नक्कली जवानिको नकाब देखेर।

किनएकलौटे निर्णय भाको होला मान्छेमा।
मनि नाजुक भएछु मान्छेको निसाफ देखेर।

उसलाई पिडा दिएर मुटु जलाएर।
सलाई माग्यो उसंग तेजाब देखेर।
अन्जान यात्री
सिगौडी ३

४.गजल
आज आफ्नै भाग्य खोजिरहेछु निधारसंग।
के जफाव माग्ला र?नदिले किनारसंग।

झुपडिले कसरी ओत काट्छहोला रातमा।
के उतर छर मालिक अनि दरवारसंग।

देसलाई कसरी चलाउछौ सोध्छ बिदेसले।
उतर नै रहेनछ अबोध सरकारसंग।

भिमसेन र बुद्धको उपदेस पराय भएर।
देस सुम्पिने छन एकदिन उपहारसंग।
अन्जान यात्री
सिगौडी ३

५.गजल
तिमिले मलाई बन्धक बनाएर।
जलायौ मनमूटू आगो लगाएर।

तिमि खूशी संसारमा बाचेछौ अरे।
म अभाग्गी बनेछु भाग्य फुटाएर।

उनले परायको घुम्तो ओडी भनेर।
पठायो कसैले मलाई सम्झाएर।

मार्नेले माया मारेर गयपछी तिम्रो।
के गर्छस 'अन्जान'जिन्दगी बचाएर।
अन्जान यात्री
सिगौडी ३

६.गजल
कसैले त्यो नाजुकलाई बन्धनमा बाधेर।
गयो फेरि उसेको शिरको सिन्दुर पुछेर।१

तेरो धरातल भनेको पनि यहि चिता हो।
कहाँ पुग्ने आशामा छस जातभात बारेर।२

पहिले समन्ध जोडाई बिधुवा बनाई।
गर्यौ तिमि अत्यचारको सिमाना नाघेर।३

तिमिले ठिक गलत छुट्याउन सक्दैनौ भने।
के स्वर्गमा स्थान हुनेछ तिम्रो ढुङ्गा पुजेर।४

तिमि पनि त्यो समयको पर्खाईमा बसिराख।
आउनेछ सपना 'अन्जान'झै चादनी चम्केर।५
अन्जान यात्री
सिगौडी ३ 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger