Home » , » गजलकार अजय पारषका ५ गजलहरू_24-March-2014

गजलकार अजय पारषका ५ गजलहरू_24-March-2014

NepaliTalim | 1:23:00 PM | 0 comments
1.गजल
जिन्दगीको सफर पनि कता कता मोडिन्छ ;
बहकिएर यो मन त्यही फूलसंग ठोकिन्छ ।।

म आफ्नै नजर बाट छुटिएर हराकोछु यार ;
सायद मेरो लास अब उन्कै बस्तीमा भेटिन्छ ।।

बडा जालीम छ यो जमना होस् गर्नु होला ;
अमृत देखाएर बोतलको जहर पिलाईन्छ ।।

अचेल फूललाई भमराको विस्वास रहेन ;
त्यसैले हो कि जीवन संगिनी नि  पनि बदलिन्छ ।।

कयौं रात टुहुराहरू पानी पिएर निदाएकाछन् ;
सरकार भने आफ्नै दरवारमा व्यस्त देखिन्छ ।।
अजय पारष
अछाम

2. गजल
यो मुटु जलाएर खरानी बनाउँछु ..!
म हाम्रो पिरती कहानी बनाउँछु ..!!

छातीमा टेकेर जाने ऐ निष्ठुरी ..!
तिम्लाई एकदिन दिवानी बनाउँछु ..!!

ज्युदै जलाई जलाई न मार यसरी..!
जन्म जन्म साथको जिन्दगानी बनाउँछु ..!!

युद्धको शंख त तिमीले बजायौ ..!
लडेर म प्रेमको निशानी बनाउँछु ..!!
अजय पारष
अछाम

3. गजल
दर्शनबाट जन्मिन्छ सुन्दर संसारको परिकल्पना ।
अनि मार्ग सुनिस्चित हुन्छ,विचारको परिकल्पना ।।

तिमी कता हराएकाछौं ? त्यो पापी दुनियाँमा ।
एकछिनकै सोच हो नगर बेकारको परिकल्पना ।।

के तिमी अल्यै नै थाकि सक्यौ मुटुलाई हेर त ।
गरीरहेछ जिवन भर लगातारको परिकल्पना।।

कोही गुलाब देखाएर मलाई रोक्न खोजि रहेकोछ ।
किनकी उन्लाई चाहेकोछ मेरो घरवारको परिकल्पना

4. गजल
यसरी नि चलिरहेछ सफर गिन्दगीको ;
पानी मुनिको जीवन बगर जिन्दगीको ।

हर साँझ पानी पिएर जूनमा निदाउँनेहरू ;
कल्यै बुझ्दैनन् आफ्नो रहर गिन्दगीको ।

चारैतिर झिलि-मिली उज्याल्यै देखिन्छन् ;
तर अँध्यारो छ मेरो शहर जिन्दगीको ।

के दोष थियो मेरो बिना कसूर बन्दी बनायौ ;
पिंजडाको सुगा भन्छ छैन भर जिन्दगीको ।

मलाई आफू भन्दा पनि देश प्यारो लाग्छ ;
छाति खोलि लड्छु म छैन डर जिन्दगीको ।।
अजय पारष ,
हाल अछाम
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger