Home » , » दिपेन्द्र "अश्रुमाली" का ८ गजलहरू_23-March-2014

दिपेन्द्र "अश्रुमाली" का ८ गजलहरू_23-March-2014

NepaliTalim | 1:15:00 PM | 0 comments
1.गजल

तिम्ले मैले गाउँने ,,,गित फरक रछ यहाँ ।।
एउटै हाँसो भए पनि ,जित फरक रछ यहाँ ।।

छुवा छुत जात धर्म,मान्ने हामी नभए नि ।      
तिम्रो मेरो बा आमाको,रित फरक रछ यहाँ ।।

आँखा आँखा जुधाएर,माया प्रिती बसे पनि ।
बुझ्दै जादा भित्र भित्रै,हित फरक रछ यहाँ ।।

तिमी परेउ पुर्ने रात्को,म परे ओउसी रात्को ।
त्यसैले बिहानिको , ,सित फरक रछ यहाँ ।।

भित्री मनमा छुरा राखी,मुसुक्क मुस्कुराउदै ।
माया जालमा फसाउने,प्रित फरक रछ यहाँ ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

2.गजल

भने हुन्छ खाडीमुलुक,नेपालीको बाँच्ने ठाउँ हो ।।
दु:ख धेरै भए पनि ,थोरै पैसा साँच्ने ठाँउ हो ।।

नँया ठाउँमा नयाँ कुरा , सिक्नधेरै पाए पनि ।
भित्र मन दु:खाएर,बाहिर बाहिर हाँस्ने ठाउँ हो ।।

बिदेसको कामले गर्दा, हातमा ठेला उठ्छ धेरै ।
नसोच्नु नेपालकिले,कान्छीसित नाच्ने ठाउँ हो ।।

मलेसिया साउदी  कतार ,जाने भनी नहेप है ।
नेपालको दु:खहरु , मिलाएर छास्ने ठाउँ हो ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

3.गजल
काम गर्न अल्छि मान्छन,भागवान मान्नेहरु ।।
मुर्तिलाई संसार ठान्छन ,,भगवान मान्नेहरु ।।

बाटोमा माग्नेलाई, , ना --ना थरी गाली गर्दै ।
धर्म गर्न मन्दिर जान्छन,,भगवान मान्नेहरू ।।

आधुनिक जमनाले,मान्छे गद्दार भयो भन्दै ।
लुकी लुकी रक्सी तान्छन ,भगवान मान्नेहरु ।।

मनमा हरेक अपराधको,, ,जाल बुनी राखेर ।
राम्रो हुने सफथ खान्छन ,भगवान मान्नेहरु ।।

बिज्ञानले संसारलाई,हात्मा आटाइ सके पनी ।
बोलबमको फेटा बान्छन , भगवान मान्नेहरु ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

4.गजल

छाडि जाने निस्ठुरिको, याद धेरै आउँछ किन ।।
उस्कै रूप उस्कै तस्बिर,आँखाभरी छाउँछ किन ।।

यो जूनिमा उस्लाई पक्कै ,नपाउने था हुँदानी ।
हरेक रातको सपनिमा,यो मनले  धाउँछ किन ।।

साचो माया प्रेम गरी,ढुकढुकिमा राख्छ जस्ले ।
उसैले जिन्दगी भर , चोटै चोट पाउँछ किन ।।

निर्दोसी आँखा बाट , आँसु सधैं बगाउनलाई ।
निस्ठुरिले झुटो माया,छिन भरमा लाउँछ किन ।।

बियोगले गर्दा मन , एकान्तको काखमा पुग्दा ।
न्याउलिले जिस्काउदै ,बिरही गित गाउँछ किन ।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

5.गजल

आफ्नै कुरा माथि पार्ने, बानी ब्यमानी ।।
सिषर चढाइ तल झार्ने ,बानी ब्यमानी ।।

एतातिर घामको कुरा,उता जुनको कुरा ।
गर्दै मनलाई ठाउँ सार्ने ,बानी ब्यमानी ।।

सबैलाई जित्छु भनी ,गफ बाड्दै हिडि ।
रङ्गमन्चमा सधै हार्ने ,बानी ब्यमानी ।।

छिमेकिको खेतमा ,गाई बस्तु चराएर ।
आफ्नो भने बार बार्ने,,बानी ब्यमानी ।।

भोलीलाई साच्नु पर्छ, भन्दै सधैं भरी ।
मनको ईक्षा चाहा मार्ने ,बानी ब्यमनी ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

6.गजल

पिरतिमा तट्पिएर, टोलाउँनुको मजा बेग्लै ।।
दु:खाइमा अश्रु धारा,बगाउँनुको मजा बेग्लै ।।

सुरुवातमा पिरतिको , मुना हुँदै गर्दा खेरी ।
रिसाएको प्रेमिलाई ,फकाउँनुको मजा बेग्कै ।।

दाउरा घाँस,गाई गोठाला,जादा सबै मिली ।
जेठा दाइले बासुरि ,बजाउँनुको मजा बेग्लै ।।

मन परेको मान्छेको , हरेक राम्रो कुराहरु ।
खुशी साथ अरुसामु,बताउँनुको मजा बेग्लै ।।

आफ्नो मन्को कुरा सबै, मन भित्रै राखेर ।
परिवारको मुहार , हासाउँनुको मजा बेग्लै ।।  
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

7.गजल
नदुखेको मनलाई ,दुखाउने मान्छे धेरै ।।
दिनु पर्छ भनेर , लुकाउने मान्छे धेरै ।।

साथी भाइ मिलेर,राम्रो काम गर्दा गर्दै ।
रिस र डाहा गरी ,छुटाउने मान्छे धेरै ।।

आफ्नो जती गल्तिलाई, पर्दाले छोपेर ।
अरुको गल्तिहरु ,सुनाउने मान्छे धेरै ।।

मुखले संसार दिदै,सब्लाई मख्ख पार्दै ।
हेर्दा हेर्दै खोस्टामा,सुताउने मान्छे धेरै ।।

चाहिदा नउनी हुँदै,चिप्लो घसी लिएर ।
फिर्ता दिदा रिसले,बुझाउने मान्छे धेरै ।।
 दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु 
हाल मलेसिया

8.गजल
सुख भन्दा दु:ख धेरै,,, भेटिन्छ जीबनमा ।।
कल्पनामै सारा संसार, देखिन्छ जीबनमा ।।

दु:ख सुख हाँसो खुशी,तछाड माछाड गर्दा ।
कैले काँडा कैले फूल,,, टेकिन्छ जीबनमा ।।

यहीधर्ती जन्मथलो, हामी सब्को भए पनि ।
खैकिन हो फरक भाग्य,लेखिन्छ जीबनमा ।।

बसौँ बर्ष काम गरी, कमाएको नाम पनि ।
एकै पलको गल्तिले , मेटिन्छ जीबनमा ।।

चाहाना र रहरको , बाध्यताले गर्दा होला ।
पैसा सँग सारा खुशी , बेचिन्छ जीबनमा ।।
दिपेन्द्र "अश्रुमाली"
खोटाङ छोरम्बु
हाल मलेसिया
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger