Home » , » मुक्तककार अबिरल सागर सौगात १० मुक्तकहरू_25-March-2014

मुक्तककार अबिरल सागर सौगात १० मुक्तकहरू_25-March-2014

NepaliTalim | 11:26:00 AM | 0 comments
मुक्तक (१) 
पिडा माथी पिडानै थपीदियो ।
पहिले भन्दा अचेल बढीदियो ।
उनले मलाई धोका दिए पछी ।
सराब पिउने बानी परीदियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (२)
न तलाई दियो न मलाई दियो ।।
मेरो जिवन नरक बनाई दियो ।।
र'त मनमा उमंग छैन जोस छैन।
आज समयले मलाई हराई दियो।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२९ फागुन २०७०

मुक्तक (३)
उस्तै छजिन्दगीको काहानी तिम्रो पनि मेरो पनि ।।
आसुले भिजेको छ सिरानी तिम्रो पनि मेरो पनि ।।
सधैभरी दु:खलाई आत्मा साथ गरी बाच्नु पर्ने ।।
यस्तै रहेछ भाग्यको लेखानी तिम्रो पनि मेरो पनि।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
२८ फागुन २०७० —

मुक्तक (४)
कति गर्छौ कुरा ढाटेर अब ।।
पिरतीका कुरा बाटेर अब ।।
नदेखाउ झुठो माया मलाई ।
अरुसंग मनमुटु साटेर अब ।।
©Abiralsagar saugat
saljhandi-1 rupandehi
nepal

मुक्तक (५)
 गन्तव्यमा पुग्न साथ दिउला के भो र ।।
मित्रताको अमृतसंगै पिउला के भो र ।।
मन-मुटु को सहयात्री बनिसके पछी ।।।
सुख दु:ख बाडीचुडी लिउला के भो र ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक (६)
आँधि आउने छ अनि तुफान आउनेछ ।
हेरौ कस्लाई बचाउन भगवान आउनेछ।
शौचालयमा ईश्वर राखेका छन् अचेल ।
नजानुस है मन्दिर अब मसान आउनेछ ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१६ फागुन २०७० —

मुक्तक( (७))
शंका मात्र किन गर्छौ ढाटेको छैन प्रिय ।
अन्तकतै पिरती मैले गासेको छैन प्रिय ।
म'त सधै भगवान बुवाआमा सरी मान्छु ।
शौचालयमा ईश्वर राखेको छैन प्रिय।।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
नेपाल

मुक्तक ((८))
उकालो पछी पक्कै ओरालो आउनेछ ।
हेर्दै जाउ गरीबको पनि पालो आउनेछ ।
जब पसिनाको कमाइ किसानपाउदैनन्।
तब विरोधगर्दै सडकमा कोदालो आउनेछ।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१५ माघ २०७०

मुक्तक ((९))
मेरो नि तिम्रो जस्तै पुरानो इतिहास थियो ।।
श्रीमती छोराछोरी सानो एउटा बास थियो ।।
अचानक पड्कियो बम गोला बन्दुकहरू ।।
घरमा आउदा यत्रतत्र छरिएको लास थियो ।।
©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही

मुक्तक ((१०))
चाहेर नि उनलाई भुल्न सकिन।
उनको जिबनमा फुल्न सकिन।।
न तिम्रो गल्ति थियो न त मेरो।।
खै कसको गल्ती भो बुझ्न सकिन।।
©अबिरल सागर सौगात
 सालझण्डी-१ रूपन्देही
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger